मान डाँगी
नेपालगञ्जमा म एउटाका कामको सिलसिलामा एकजना साथीको कार्यालयमा बसिरहेको थिएँ । त्यति नै बेला एकजना लगभग ५० बर्ष कटेका पुरुष आए । उनले ईण्डीयाबाट छोरीको बिहेमा आउदै गर्दा बाटोमा लुटीएको बताए । आँखाभरी आँसु गदै उनले भने, छोरीको बिहेको लागि ल्याएका कपडालत्ता, दुख गरेर कमाएको सबै पैसा लुटीयो । उनले अगाडी थप्दै भने, अव घर (बुटवलभन्दा अलिक माथि, पाल्पा जाने बाटोमा) जाने गाडी भाडा पनि छैन ।
मलाई उनको पीडा आफ्नै जस्तो लाग्यो । एकजना बृद्धले त्यसरी आफ्नो दुख ब्यक्त गर्दा सायद तपाई पनि भावुक बन्नु हुन्छ होला । म पनि भावुक बने ।
मैले बृद्धलाई सोधे तपाईको घरसम्म जाने भाडा कति लाग्छ ? उनले भने बसमा गयो भने त ४ सय जति लाग्छ तर एउटा ट्रकले २५० मा लगिदिन्छु भनेको छ । मैले उनलाई रु. ३०० दिएँ । तुरुन्तै गैहाल्नुस नत्र ट्रक छुट्ला भने ।
उनले मलाई भगवान जस्तै मानेर आशिस दिए । मलाई पनि जिन्दगीमा कसैको दुखमा कामलाग्न पाएकोमा सुखानुभूति भयो । केहि समयपछि म गुलरिया फर्के मनभरी शान्ति बोकेर ।
केहि दिन(२ वा ३ दिन) पछि म कोठामा बसेर कम्प्यूटरमा केही काम गर्दै थिए । छोरीले बाहिर कोहि माग्ने मान्छे आएको छ भनीन् । मैले रु. १० को नोट निकाले र छोरीलाई ति मान्छेलाई दिन भने ।
केहिबेर पछि छोरीले मलाई सुनाउदै बाबा मान्छेलाई कति दुख पर्छ है भन्दै कथा सुनाउन थालिन । त्यो कथा मैले नेपालगञ्जमा सुनिसकेको थिए ।
मलाई शंका लाग्यो । म बाहिर निस्के । माग्ने मान्छे मेरो आँगनबाट निस्केर बाटोमा पुगि सकेका थिए । पछाडीबाट मैले उनलाई देखेँ । नेपालगञ्जमा देखेकै मानिसको कद ।
म दौड्दै उनी सामु पुगे । मैले उनलाई चिने । मेरो केहि दिन अघिको सुखानुभूति सबै खरानी भै सकेको थियो । ममा आगो सल्क्यो । म कहिलै कसैलाई हात उठाउदिन । तर मेरो हात उनको गर्धन लगाएत कताकता आफैआफै बजारीन थाले ।
मैले उनको सबै गोजी छामे । सबै पैसा निकाले । लगभग तिन सय जति । त्यो पैसाले चक्लेट बिस्कुट किनेर टोलभरीको बच्चाबच्चिलाई बाँडी दिए ।
उनलाई अवदेखि यतातिर अनुहार नदेखाउ भने ।
कम्तीमा मैले उनलाई भेँटे । थोरै भए पनि असुल उपर गरे ।
हामीले गर्ने मतदानमा कतै मैले दान गरे कै जस्तो मान्छे होलान् ख्याल गर्नु होला । समय मतदानको छ । पछि पछुताउन नपरोस ।