‘ढुक्क हुनुहोस् निर्वाचन शान्तिपूर्ण हुन्छ’

आगामी असार १४ गते हुन भैरहेको स्थानीय तहको निर्वाचन बाँकेमा स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुने प्रहरी, प्रशासन, निर्वाचन आयोग लगायतका मुख्य सरोकारवाला निकायले जनाएका छन् ।

 
नेपाल कानून पत्रकार समाज बाँके, सुचना र मानव अधिकार अनुसन्धान केन्द्रद्वारा आयोजित स्वच्छ निर्वाचनका लागि सरोकारवाला निकायको भूमिका विषयक अन्र्तक्रिया कार्यक्रममा बोल्दै प्रमुख सरोकारवाला निकायका प्रमुखहरुले सुरक्षा संवेदनशिलतालाई मध्येनजर राख्दै बाँकेमा विशेष सुरक्षा योजना लागु गरिएकोले ढुक्क भई आफ्नो मताधिकारको प्रयोग गर्न मतदातालाई आग्रह गरेका छन् ।

 
कार्यक्रममा मुख्य निर्वाचन अधिकृत तथा बाँके जिल्ला अदालतका न्यायाधीश तेजनारायण पौडेलले आफुहरु शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गर्न लागि इमान्दारीपूर्वक उत्साहका साथ लागि परेको बताए । आचारसंहिता पालना बारे नियमित रुपमा अनुगमन गर्दै उल्लघंन गर्ने पक्षलाई सचेत बनाउने कार्य गरिएको जानकारी दिदै न्यायाधीश पौडेलले स्वच्छ निर्वाचनका लागि सबैले आचारसंहिता पालना गर्नु पर्ने बताए ।

 
बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले जिल्लामा भरपर्दो सुरक्षा योजना लागु गरिएको जानकारी दिदै ढुक्क भएर मतदानमा सरिक हुन मतदातालाई आग्रह गरे । सुरक्षाको बारेमा बारम्वार समिक्षा भैरहेको जानकारी दिंदै उनले राजनैतिक दलहरु बिच मैत्रीपूर्ण प्रतिस्पर्धा हुन सके स्वच्छ निर्वाचन गर्नमा मद्दत पुग्ने बताए । सुरक्षा संवेदनशीलतालाई मध्यनजर राख्दै रातीको समयमा पनि सुरक्षा निगरानी बढाइएको, असार १० गते बेलुका ५ बजे देखि मतगणनाको कार्य सम्पन्न नहुन्जेलसम्मका लागि मदिराको बिक्री वितरण बन्द गर्ने निर्णय गरिएको प्रजिअ पन्थले जानकारी दिए ।

 
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरिक्षक टेक प्रसाद राईले सुरक्षा संवेदनशिलतालाई ख्याल राख्दै मतदातालाई शतप्रतिशत सुरक्षा दिन प्रहरी तम्तयार रहेको बताए । प्रहरीलाई उत्साहित बनाएर कार्यक्षेत्रमा खटाइएको भन्दै प्रहरी उपरिक्षक राईले राजनैतिक पार्टीहरुको बिचमा हुने लडाई झगडाले सुरक्षा चुनौती निम्त्याउने भएकाले स्वस्थ प्रतिस्पर्धामा उत्रन आग्रह गरिएको बताए । प्रहरीको सुरक्षा र इमान्दारितामा शंका नगर्न आग्रह गर्दै प्रहरी उपरिक्षक राइले प्रहरीको काम कारवाहीलाई फुलको आँखाले हेरी सहयोग गर्न आग्रह गरेका थिए । निर्वाचनका बेला संचार माध्याम बढी जिम्मेवार र ब्यवसायिक हुनु पर्नेमा जोड दिदै प्रहरी उपरिक्षक राईले समाचारको आधिकारीकता बिना समाचार सम्प्रेषण नगर्न पत्रकारहरु लाई आग्रह गरे ।

 
क्षेत्रीय निर्वाचन अधिकारी वसन्तराज अधिकारीले निर्वाचनका सम्बन्धमा हटलाइन प्रभावकारी सुचनाको आदानप्रदानले स्वच्छ निर्वाचन गर्नमा सघाउ पु¥याउने भन्दै आफैले पालना गर्छौ भनेको आचारसंहिता पूर्ण रुपमा पालना गर्न दलहरुलाई आग्रह गरे ।

 
राष्ट्रिय मानव अधिकार आयोगकी अधिकृत द्वारिका कुमारी अधिकारीले मादक पदार्थले झै झगडा निम्त्याउनमा सघाउ पु¥याएउने भएकाले निर्वाचनको अवधीमा यसको विक्री वितरण रोक्न उपयुक्त हुने सुझाव दिइन । निर्वाचनको समयमा मात्र नभै बिजय उत्सवका समयमा पनि झडपका घटना हुने तर्फ सुरक्षा निकाय बेलैमा चनाखो हुनु पर्नेमा अधिकारीले जोड दिइन ।

 
इन्सेकका क्षेत्रीय संयोजक भोला महतले पार्टी पार्टी बिचको द्वन्द्वले स्वच्छ निर्वाचनमा बाधा पु¥याउन सक्ने भएकाले दलहरु बीच हुन सक्ने सम्भावित झडपका घटना रोक्न प्रहरी प्रशासन समयमै चनाखो बन्नु पर्नेमा जोड दिए ।
कानून पत्रकार समाज बाँकेका अध्यक्ष लोक बहादुर शाहले स्वच्छ निर्वाचन सबैको मिसन भएकाले यस कार्यमा सबैको दायित्व र जिम्मेवारी रहेको बताए ।

समाजका सचिव वसन्त गौतमले स्वच्छ निर्वाचनका बाधक तत्वहरुको पहिचान गरि स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने दायित्व र जिम्मेवारी हामी सबैको भएकाले यस कार्यमा आपसी समन्वय र सहकार्य बिस्तार गर्ने उद्देश्यका साथ कार्यक्रको आयोजना गरिएको जानकारी दिए ।

कानून सम्मत रुपमा बिधि र प्रक्रियालाई सबैले पालना गदै ब्यवशायिक रुपमा सबैले आ आफ्नो जिम्मेवारी र जवाफदेही बहन गर्ने सस्कृतीको बिकाशका लागी कानून पत्रकार समाजले सबैसंग हातेमालो गर्दै अगाडी बढ्न चाहेको सचिव गौतमले बताए । कानून पत्रकार समाज बाँके अध्यक्ष लोक बहादुर शाहको अध्यक्षतामा सचिव वसन्त गौतमले संचालन गरेको कार्यक्रममा अधिवक्ताहरु प्रह्लाद बहादुर कार्की, बल बहादुर चन्द, सुनिल कुमार श्रेष्ठ बिश्वजित तिवारी, कुसुमा सुवेदी, उदयराज बर्मा, अधिकारकर्मी रबिन्द्र कर्ण लगायतले बोलेका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया