नेपालगन्ज उपमहानगरपालिकाको नेतृत्वका लागि १६ जना उम्मेदवारले दाबेदारी गरेका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार, ४ स्वतन्त्र सहित १६ जनाले नगरप्रमुख (मेयर) पदमा उम्मेदवारी दर्ता गराएका हुन् । मेयरमा उम्मेदवारी दिने जय कुमारी खड्काको उम्मेदवारी निर्वाचन अधिकृतको कार्यालयले खारेज गरिदिएको छ ।
बाँकेमा ४ सय २१ पदका लागि २३ सय बढीले मनोनयन दर्ता गरेका छन । क्षेत्रीय निर्वाचन कार्यालय नेपालगन्जका अनुसार, ८ वटा स्थानीय तह र ८१ वडामा २ हजार ३ सय ७५ जनाको उम्मेदवारी परेको हो । १६ प्रमुख पदमा ८४ जनाको उम्मेदवारी परेको छ । त्यस्तै १६ उपप्रमुख पदमा ६३ जनाको उम्मेदवारी दर्ता भएको थियो । त्यसैगरी वडा अध्यक्षमा ५ सय २२, खुल्ला सदस्यमा ८ सय ३४, महिला सदस्यमा ४ सय ३६ र दलित सदस्यमा ४ सय २ जनाको उम्मेदवारी परेको निर्वाचन कार्यालयले जनाएको छ ।
मुख्य निर्वाचन अधिकृत तेज नारायण पौडेलका अनुसार, कार्यालयमा दर्ता भएका उम्मेदवारहरुको मनोनयनमाथि परेका उजुरी र आधिकारिकताका आधारमा सोमबार अन्तिम नामावली तयार गरिएको छ । ‘सबै ठाउ“बाट आएका सूचनाहरुलाई एकिकृत गर्न प्राविधिक समस्या परेको छ’, मुख्य निर्वाचन अधिकृत पौडेलले दैनिक नेपालगन्जस“ग भने, ‘सबै जाचबुझ गरेर अन्तिम नामावली तयार भैसकेको छ ।’
आइतबार दर्ता गरिएको उम्मेदवारी माथि सोमबार विहान ८ बजेदेखि १० बजेसम्म मनोनयन दर्ता भएका उम्मेदवारमाथि उजूरी दिने समय तोकिएको थियो । त्यस समयमा सो अनुसार एउटै पार्टीबाट दुई जना उठेका मध्ये आधिकारिकता विवादका ८ वटा उजुरी परेका थिए ।
नेपालगन्जका लागि १७ जनाले प्रमुखमा उम्मेदवारी दिएकोमा नया शक्तिका उम्मेदवार जयकुमारी खड्का र उपप्रमुख ममता वानियाको उम्मेदवारी खारेजमा परेको छ । मुख्य निर्वाचन अधिकृत पौडेलका अनुसार, त्रिलोक पाण्डे, मो. हमिद शेष, मंगला केवट, सब्बिल किंगरिया र केशवराम राढको उम्मेदवारी पनि खारेजीमा परेको छ । संघीय समाजवादी फोरमका नेता इस्तियाक राईले नया“ शक्तिबाट उम्मेदवारी दिने जगदीश बहादुर सिंह र जगदम्बा पाठकको उम्मेदवारी पनि रद्द भएको जानकारी दिए ।