दुर्घटनामा डा. किदवाई पुत्र अमनको निधन

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जका निर्देशक डा. एम किदवाईका छोरा अमन किदवाईको सोमबार सडक दुर्घटनामा परी निधन भएको छ ।

साथीको बिहेमा सहभागी भएर दाङ्गबाट फर्कदै गरेका किदवाई पुत्र अमनको दुर्घटनामा सोमबार राती निधन भएको हो । उनका अर्का छोरा डा. असिम किदवाई घटनामा घाइते भएका छन् । उनीहरुसगै यात्रारत् डा. बासु अधिकारीका पुत्र डा. विमर्श अधिकारी पनि दुर्घटनामा परेका छन् ।

उनीहरुको बा९च ५९७४ नम्बरको कार पूर्व–पश्चिम राजमार्गको अगैया नजिक सोमबार साझ विपरित दिशाबाट आउदै गरेको ना५ख ९१८१ नम्बरको ट्रकले ठक्कर दिएको थियो । घाइते खतरामुक्त रहेको प्रहरी जनाएको छ । अमनको घटनास्थलमै निधन भएको प्रहरी जनाएको छ ।

डा. अधिकारीको शिक्षण अस्पताल कोहलपुर र डा. किदवाईको शिक्षण अस्पताल नेपालगन्जमा उपचार भैरहेको छ । वरिष्ठ चिकित्सक डा. किदवाईलाई पुत्र शोक परेको घटनालाई लिएर ठूलो संख्यामा सर्वसाधारणहरु अस्पताल पुगेका
थिए । अबेर रातीसम्म शिक्षण अस्पताल नेपालगन्जमा किदवाईका शुभेच्छुकहरुको भिड देखिन्थ्यो ।

(तस्वीर कुश्माखर बस्यालको फेसबुकबाट)

प्रतिक्रिया

प्रतिक्रिया