नेपाल पत्रकार महासंघका साधारण सदस्य सकिल खानले सदस्यता त्यागेका छन् ।
नेकपा एमालेबाट डुडुवा गाउँपालिकाको प्रमुख पदमा उम्मेदवार बनेपछि सकिलले महासंघको साधारण सदस्यताबाट राजिनामा दिएका हुन् ।
पत्रकार महासंघले उम्मेदवार बनेका साधारण सदस्यहरुलाई राजनीति र पत्रकारिता एकै पटक गर्दा स्वार्थ बाझिन सक्ने भन्दै सदस्यता त्याग्न आव्हान गरेको थियो ।
सेवा नै मेरो उद्देश्य हो, उम्मेदवार खानले भने, अब राजनीति मार्फत जनताको सेवामा लाग्ने निर्णय गरेको छु ।
पत्रकार महासंघ बाँकेका सचिव तिलक गाउँलेले खानको निर्णयको स्वागत गर्दै राजनीतिक भविष्यका लागि अग्रिम शुभकामना दिएको छ ।
सचिव गाउँलेले उम्मेदवार बन्नु भएका अन्य पत्रकारलाई समेत नैतिकताको आधारमा महासंघको साधारण सदस्यता छाड्न आग्रह गरेका छन् ।