आज मनोनयन, नेपालगन्जमा बाजा गाजा सहित दलहरु मनोनयन गर्न जाँदै

नेपालगन्जन्यूज । नेपालगन्ज उपमहानगरपालिकामा उम्मेदवारहरु मनोनयनका लागि बाजा गाजा सहित जाने भएका छन् ।
नेपाली कांग्रेसबाट उपमेयरका उम्मेदवार उमा थापाका अनुसार आयोगले दिएको समय ११ वजे मनोनयनका लागि जाने सम्पूर्ण तयारी भैसकेको छ । कांग्रेस उम्मेदवारहरु नाचगान सहित जानेछनु ।
यसैगरी एमालेका उम्मेदवारहरु आफ्ना समर्थक र शुभेच्छुक सहित बाजागाजा लिएर मनोनयनका लागि १२ वजे जाने एमाले बाँकेका उपसचिव प्रमोद धितालले जानकारी दिए ।
हाम्रा साथीहरुले कार्यक्रम व्यवस्थापन गरिरहेका छन् । ३ वजे मनोनयनका लागि आम जनसमुदायसहितको रयाली गर्दै निर्वाचन कार्यालय सुर्खेत राेड अगाडिबाट जाने तयारी गरिरहेको माओवादी केन्द्र बाँकेका संयोजक आइपि खरेलले नेपालगन्जन्यूजसंग बताए ।

निर्वाचनको औपचारिक शुरुवात

प्रमुख निर्वाचन आयुक्त अयोधि प्रसाद यादवले निर्वाचनको सम्पुर्ण तयारी गरिसकेको जानकारी दिए । दोश्रो चरणको निर्वाचनका लागि आज आइतबार मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम रहेको निर्वाचन आयोगले जनाएको छ ।निर्वाचन आयोग अनुसार प्रदेश १,५ र ७ मा आज आइतबार मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम रहेको छ । उम्मेदवारहरुले मनोनयन पत्र दर्ता गरे संगै दोश्रो चरण निर्वाचनको औपचारिक शुरुवात हुनेछ ।
असार १४ गते प्रदेश १, ५ र ७ का ३५ जिल्लाका ३३४ स्थानीय तहमा निर्वाचन हुन लागेका निर्वाचनमा १ महानगरपालिका, ७ उपमहानगरपालिका, १११ नगरपालिका र २१५ गाउँपालिकामा निर्वाचन हुँदैछ ।

निर्वाचनमा ६४ लाख ३२ हजार ७६५ मतदाताले मतदानमा भाग लिने छन् । निर्वाचनबाट १५ हजार ३८ प्रतिनिधिहरु निर्वाचित हुने छन् । यसका लागि देशभर ४ हजार ५८१ मतदान स्थलमा ८ हजार ३६४ मतदान केन्द्र रहने छन् । मतदान कार्यमा सुरक्षाकर्मीबाहेक ६६ हजार ९०० कर्मचारी खटिने छन् ।

प्रतिक्रिया

प्रतिक्रिया