बाके : अबेर रातीसम्म निर्वाचनका गतिविधिमै दल

स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा मतदानका लागि अब १२ दिन मात्र बाकी छ । निर्वाचन नजिकिए सगै राजनीतिक दलका नेता तथा उम्मेदवारहरुको मतदाता माझ पुग्न दौडधुप नै चलिरहेको देखिन्छ ।

बाकेका सबैजसो राजनीतिक दल तथा उम्मेदवारहरु पार्टी प्रवेश, घरदैलो, मोटरसाइकल र्याली तथा सभामा सहभागी भई आफ्नो पक्षमा जनमत जुटाउन कसरत जारी नै छ । उम्मेदवारहरुको जोशलाई राजपाको विरोध र चर्को गर्मीले गलाउन सकेको देखिंदैन ।

मतदानको तिथि नजिकिएसगै साझ र राती समेत घरदैलोका कार्यक्रमहरु जारी रहन थालेका छन् । दिनभरी घरदैलो र साझ भोलिका निर्वाचन गतिविधिको रणनीति बनाउन पार्टी नेतृत्व र निर्वाचन परिचालन समिति व्यस्त पाइन्छन् । त्यतिमात्र होइन अन्य पार्टीका समर्थक आफ्नो पार्टीमा भित्र्याउन र आफ्नो मत जोगाउन माथापच्चि कम्ति छैन नेताहरुको ।

बिहीबार राती ९ बजे दैनिक नेपालगन्जको सम्पर्क गर्दा नेकपा एमालेबाट नेपालगन्ज उपमहा –नगरपालिका प्रमुख पदका उम्मेदवार सम्सुद्दिन सिद्दिकी नेपालगन्ज–१४ बाबु गाउमा घरदैलो गरिरहेका थिए । उनले दिउसो उपप्रमुख उम्मेदवार शान्ति ढकाल, सम्बन्धित वडाका अध्यक्ष तथा नेता कार्यकर्ताको सहभागितामा वडा नं. २१ पुरैनीमा मतदाता भेटेका थिए ।

‘प्रचार अभियान मै छु’, उम्मेदवार सिद्दिकीले भने, ‘जनता गुनासाहरु सुन्ने र मतमाग्ने काम जारी छ ।’ ‘जनता समस्या सुन्दै टिप्ने गरेको छु’, उनले भने, ‘निर्वाचित भएपछि ती मागहरु पूरा गर्नेछु ।’

मधेस केन्द्रित दल नेपाल लोकतान्त्रिक फोरमबाट नेपालगन्जका लागि प्रमुख पदका उम्मेदवार ऋतु सिंह शाही र उपप्रमुख पदका उम्मेदवार मिसबाहुल हक अन्सारी अबेर साझसम्म कारकादोमा घरदैलो गर्दै थिए । सबै मतदाताको घरदैलोमा पुग्नका लागि अबेर सम्म प्रचार अभियान जारी राखिएको उपप्रमुख पदका उम्मेदवार अन्सारीले बताए ।

माओवादी केन्द्रले पनि बाकेका सबै तहमा बिहीबार प्रचार अभियान जारी राखिएको जानकारी दिएको छ । माओवादी केन्द्रका नेपालगन्ज उपमहानगरपालिका निर्वाचन परिचालन समितिका आइटी विभाग प्रमुख तुलसी मणि केसीले बिहीबार फुल्टेक्रामा कोणसभा, वडा नंं. १४मा प्रचार कार्यालय स्थापना तथा कारकादोमा घरदैलो गरिएको जानकारी दिएका छन् । उनले पुरैनामा समेत उम्मेदवारहरुले मतदाता भेटघाट गरेको बताए ।

संघीय समाजवादी फोरम नेपालबाट नेपालगन्ज उपमहानगरपालिका प्रमुख पदका उम्मेदवार कमरुद्दिन राईले बिहीबार अगुवा नेता तथा कार्यकर्ताहरुस“ग भेटघाट गरेको जानकारी दिए । ‘भोलि हुने भनिएको उम्मेदवारी मनोनयनका लागि प्राविधिक तयारीमा जुटेका थियौं’, उम्मेदवार राईले भने, ‘मनोनयनको मिति सरेपछि प्रचारप्रसारका थप रणनीति बनाउन तिर लाग्यौं ।’

बाकेको डुडुवा गाउ“पालिकामा एमालेबाट प्रमुख पदका उम्मेदवार सकिल खानले हिरिनिमियाको कालाबञ्जर, बकौली, दशरथपुरवा अगुवा कार्यकर्तासग भेटघाट गरेको बताए । बिहीबार राती उनी अगुवा नेता तथा कार्यकर्तास“ग बसेर आगामी दिनका लागि रणनीति तयार गर्दै प्रचार कार्यक्रमको समिक्षा गर्दै थिए ।

बिहीबार नेपाली का“गे्रसबाट खजुरागाउपालिका प्रमुखका उम्मेदवार मो. नकी खा र उपप्रमुखका उम्मेदवार दिलकुमारी आले, वडा नं. ५ का अध्यक्ष उम्मेदवार देबेन्द्रमान श्रेष्ठ, वडा नं. ६ का उम्मेदवार कृष्ण प्रसाद सापकोटा लगायतका उम्मेदवार र पार्टी नेता कार्यकर्ताले उढरापुर, सिमलघारी, घरदैलो गरेका छन् ।

माओवादी केन्द्रले बिहीबार खजुरागाउ“पालिकामा मोटरसाइकल र्याली, घरदैलो र पार्टी प्रवेश कार्यक्रम गरेको छ । खजुरागाउ“पालिमा माओवादीबाट प्रमुख पदका उम्मेदवार डम्मर विक तुफान, उपप्रमुख उम्मेदवार फिरोज बानु खा“, वडा नं. ६ का अध्यक्ष पदका उम्मेदवार फारुक शेष, नेता अर्जुन खत्री लगायतका उम्मेदवार तथा नेता कार्यकर्ताले खजुराको विभिन्न ठाउमा घरदैलो कार्यक्रम गरेका छन् । वडा नं. ८ को राधापुर, जलपोखरीमा घरदैलो सहित मोटरसाइकल र्याली गरिएको थियो ।

एमालेबाट खजुरा गाउपालिकाका प्रमुख पदका उम्मेदवार किस्मत कुमार कक्षपति, उपप्रमुख पदका उम्मेदवार एकमाया विक, वडा नं. ४ का अध्यक्ष पदका उम्मेदवार तिलक वीर सुनारले बिहीबार इगाउ भण्डारीमा घरदैलो गर्दै मतदाता भेटघाट गरेका छन् ।

राष्ट्रिय जनमोर्चाबाट प्रमुख पदका उम्मेदवार मोमिना खातुन, उपप्रमुख उम्मेदवार मान बहादुर भण्डारीले पनि वडा अध्यक्ष पदका उम्मेदवार इशरार अहमद खाको नेतृत्वमा वडा नं. ८ को सुनौलो टोलमा घरदैलो गरेको जनमोर्चाले जानकारी गराएको छ ।

अबेर राती निर्वाचन प्रचारका क्रममा मतदातालाई सम्बोधन गर्दै नेपाली काँग्रेसबाट नेपालगन्जका लागि प्रमुख पदका उम्मेदवार डा. सुरेश कनोडिया ।

निर्वाचन प्रचारका क्रममा माओवादी केन्द्रबाट नेपालगन्जका लागि प्रमुख पदका उम्मेदवार दामोदर आचार्य ।

प्रतिक्रिया

प्रतिक्रिया