उम्मेदवारी दर्ताकाे नयाँ मिती असार ४ , प्रदेश २ मा असाेज २ मा मात्र चुनाव हुने

नेपालगन्जन्यूज । राजपा सहितकाे सत्तापक्षिय दलहरूले प्रदेश २ काे निर्वाचन असाेज २ मा गर्ने सहमती गरेका छन् । यसैगरी प्रदेश १,५ र ७ मा उम्मेदवारी दर्ताका लागि असार ४ काे नयाँ मिती प्रस्ताव गरिएकाे छ । पूर्व निर्धारित कार्यक्रम अनुसार असार २ मा उम्मेदवारी दर्ताकाे लागि ताेकिएकाे थियाे ।

यस भन्दा अगाडि अाजै निर्वाचन सार्ने विषयमा सरकारले निर्वाचन अायाेगका पदाधिकारीसंग छलफल गरेकाे थियाे । प्रधानमन्त्री शेर बहादुर देउवाकाे निर्वाचन सार्ने प्रस्तावले ठूलाे निर्वाचन संकट उत्पन्न हुने भन्दै निर्वाचन अायाेगले असार १४ काे निर्धारित मितीमा नै निर्वाचन गरिनुपर्ने बताएकाे थियाे ।

प्रतिक्रिया

प्रतिक्रिया