नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय निर्वाचनमा हार निश्चित देखेपछि सत्तापक्ष दलहरु चुनाव सार्ने बहाना खोजिरहेको बताएका छन् । अब कुनै पनि बहानामा निर्वाचन सार्ने काम एमालेलाई स्वीकार्य नहुने उनले
बताए ।
सोमबार विहान कोहलपुरको न्यूरोडमा उम्मेदवार घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले टाउकोको मूल्य तोक्ने र टाउका काट्नेहरुको बीचमा अप्राकृतिक गठजोड अदृश्य शक्ति गराइदिएको दाबी गरे ।
उनले काँग्रेस र माओवादी प्रति कटाक्ष गर्दै दुवै मिलेर आएपनि एमालेले भन्दा आधा सिटमात्र जित्न सक्ने बताए ।
तीन प्रदेशमा भएको निर्वाचनमा अग्र स्थानमा रहेको एमाले दोस्रो चरणको निर्वाचन पछि देशकै ठूलो राजनीतिक शक्तिका रुपमा अगाडी आउने अध्यक्ष ओलीको भनाइ थियो ।