इलाका वन कार्यालय मगरागडी बर्दियाका सहायक वन अधिकृत राज किशोर प्रसाद स्वर्णाकार आइतबार घुसको रकम सहित रंगेहात अख्तियारको नियन्त्रणमा परेका छन् ।
स्वर्णाकारले दर्ता श्रेष्ता कायम भएको जग्गामा रहेका कटहर, सिसौ र आप प्रजातिका रुख निवेदकले खरिद गरी कटान अनुमति लिई कटान पश्चात काठको लगत मुल्याङकनका लागि सेवाग्राहीसँग विभिन्न बहानामा घुस रकम माग गरेको सूचना पाएपछि छापा मारेर अख्तियारले उनलाई ६ हजार घुसको रकम सहित नियन्त्रण लिएको हो ।
कार्यालय कोहलपुरबाट खटी गएको टोलीले उनलाई घुस सहित नियन्त्रणमा लिएको हो । रकम लिदै गरेको अवस्थामा निजलाई ईलाका वन कार्यालय मगरागडी, बर्दियाको कार्यालय परिसरबाट घुस रकम सहित रंगेहात नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।