स्थानीय तहको दोस्रो चरणको निर्वाचन नजिकिंए सँगै बाँकेमा सुरक्षा कडा पारिएको छ ।
निर्वाचनका क्रममा जिल्लाको सुरक्षा चुस्त, दुरुस्त राख्नका लागि २४ घण्टा प्रहरीले गस्ती, चेकजाँच गरिरहेको छ ।
सीमामा नेपाल–भारतका सुरक्षाकर्मीहरुले संयुक्त सुरक्षा गस्ती गरिरहेका छन् । पैदल, साइकल, मोटरसाइकल र गाडीमा गस्तीलाई व्यापकता दिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
जिप्रकाले जिल्लामा निर्वाचनका समयमा कुनै पनि अवाञ्छित र अपराधिक घटना नहोस् भन्ने उद्देश्यले गस्तीलाई तिव्रता दिएको बताएको छ ।