नेपाली काँग्रेस बाँकेमा पुनः अनशन

नेपाली काँग्रेस बाँकेको पार्टी कार्यालय पार्टी नेता तथा कार्यकर्ताले आज पुनः अनशन गरेका छन् ।

उम्मेदवार चयनको विषयमा मनोमानी गरिएको भन्दै रिले अनशन गरिएको हो ।

काँग्रेसमा उम्मेदवार चयनको विषयमा पार्टी नेता कार्यकर्ताहरुमा सहमति हुन नसक्दा काँग्रेसले अझै बाँकेमा उम्मेदवारको घोषणा गर्न सकेको छैन ।

सभासद् बादशाह कुर्मी र क्षेत्र नं. ३ का सभापति रमेश गुप्ताले भेदभाव र जालसाजी पूर्ण निर्णय गरेको विरोधमा अनिश्चितकालीन रिले अनशन गरिएको अनशनमा सहभागीहरुले बताएका छन् ।

 

प्रतिक्रिया

प्रतिक्रिया