काँग्रेस महासमिति सदस्य खड्का माओवादी केन्द्र प्रवेश

नेपाली काँग्रेसका महासमिति सदस्य अमर खड्का माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

आज माओवादी केन्द्रले आयोजना गरेको पत्रकार सम्मेलनमा खड्कालाई स्वागत गरिएको थियो । फत्तेपुरमा काँग्रेसका प्रभावशाली रहेका युवा नेता खड्काले माओवादी केन्द्रको विचारधारामा अब आफ्नो राजनीतिक गतिविधि केन्द्रित गर्ने गर्ने पत्रकार सम्मेलनमा बताएका थिए ।

एक हप्तादेखि काँग्रेस भित्र उम्मेदवारीका लागि बार्गेडिड्ड गरेका नेपाली काङ्ग्रेस बाके जिल्ला सङ्गठन भिभाग प्रमुख समेत भैसकेका खड्का सकारात्मक रिजल्ट नआएपछि एकाएक माओवादी प्रवेश गरेका हुन् ।

माओवादी केन्द्र सम्बद्ध युवा नेता तुल्सीमणि केसीले खड्कासँगै गौरव श्रेष्ठ, दिपक केसी, शंकर बुढाथोकी लगायतका युवाहरु माओवादी केन्द्र प्रवेश गरेको जानकारी दिएका छन् ।

निर्वाचनको मुखमा प्रभावशाली नेता माओवादी केन्द्र प्रवेश गरेपछि काँग्रेसको फत्तेपुरमा रहेको जनाधारमा मात्र नभई जिल्लामै धक्का पुग्ने सम्बद्ध नेताहरुले दाबी गरेका छन् ।

कार्यक्रममा माओवादी केन्द्रबाट नेपालगन्ज नगरका उम्मेदवार दामोदर आचार्य, आइपी खरेल, पार्टी जिल्ला नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया