आगामी असार १४ गते हुने स्थानीय तहको निर्वाचनपछि लागु हुने गरी विभिन्न २२ वटा अधिकार स्थानीय निकायलाई दिएको छ ।
स्थानीय निकायका चुनावपछि वडालाइ थुप्रै अधिकार दिएको छ । मालपोत कार्यालयबाट हुने काम, यातायात कार्यालयका बाट हुने काम,प्रहरी प्रशासनबाट हुने थुपै काम गर्न पाउने अधिकार दिएको छ ।
जसमध्ये घरजग्गा धनी पुर्जा वितरण गर्ने, बेरोजगारी तथ्यांक संकलन गर्ने, स्थानीय स्तरका विकास निर्माणका काम, स्थानीय कर–सम्पत्ति कर,घरबहाल कर,घरजग्गा रजिष्ट्रेशन शुल्क सवारी साधन कर, व्यवासय कर,) भुमिकर (मालपोत) दण्ड जरीवना, मनोरन्जन कर, व्यवसाय कर, मालपोत संकलन, आधारभुत र माधमिक शिक्षा, ज्येष्ठ, नागरिक,अपांगता भएका व्यक्ति र अशक्तहरुको व्यवस्थापन, विपद व्यवस्थापन, नगर प्रहरीले गर्ने काम गर्ने, सहकारी संस्था, एफ.एम. संचालन, भाषा संस्कृति र ललितकलाको संरक्षण र विकास जस्ता अधिकार स्थानिय निकायलाई दिएको छ किन गर्ने ? चुनाव भएपनि जनताले के सुविधा पाउछन् ?
स्थानीय निकायको चुनाव भनेको के हो ? यसबाट चुनिएर गएका प्रीतनिधिले के के काम गर्ने हुन ? प्रत्येक वडामा रहेका वडा कार्यालयबाट के के सुविधा पाइन्छ ? जस्ता कुराहरु हामी सबैले बुझ्न जरुरी छ । कतिपयका मुखबाट सुन्नमा आउछ भोट दिएर के हुन्छ ? किन भोट हाल्ने जितेर गएपछि काठमाडौमा बस्छन देख्नै पाइदैन र दुःख परेको बेलामा भेट्न पाइदैन भन्ने जस्ता गुनासा सुन्नमा आउछन् । तर, पनि कुरा त्यस्तो होइन स्थानीय निकायमा चुनिएर गएका प्रतिनिधिहरुले आफ्नै वडा भित्र बसेर काम गर्ने हो । प्रत्येक वडामा वडा कार्यालय हुन्छ त्यहि बसेर काम गर्ने हुदा उनीहरुलाइ भेट्न सजिलो हुन्छ ।
त्यसकारण यस निर्वाचनबाट विजयी भएर गएका उम्मेदवारहरु ५ बर्षसम्म आफ्ना जिल्ला वडा छोडेर बाहिर गएर बस्न पाउदैनन र आफ्नै वडामा बसेर काम गर्ने हुन भन्ने कुरा जनताले बुझ्न जरुरी छ ।
तसर्थ कस्ता व्यक्तिलाई उम्मेदवार बनाउने भन्ने पनि छलफल र बहसको विषय बनेको छ । यसको साथै मतदान कसरी गर्ने र कस्ता व्यक्तिलाई मतदान गर्ने भन्ने कुराको पनि मतदातालाइ जानकारी हुन जरुरी छ । मतदान कसरी गर्ने ? के गर्दा मत सदर हुन्छ र कसरी मतदान गर्दा मत बदर हु्न्छ भन्ने कुराको ज्ञान मतदातालाई हुन जरुरी छ । त्यसकारण प्रत्येक टोलटोलमा पुगेर मतदाता शिक्षा संचालन गर्न जरुरी छ । ३ फिट लामो मतपत्रमा ७ ठाउँमा मतदान गर्नु पर्ने हुन्छ । यदि कोहिले ७ को ठाउँमा ८ गरेपनि त्यो मतपत्र रद्द हुन सक्छ । ७ जनालइ मतदान गर्नु पर्नेमा ५ वा ६ मात्र भयो भने पनि कोहि व्यक्तिको मत घट्न हुन्छ ।
मतपत्रको पहिलो नाइनमा प्रमुख वा अध्यक्ष पदको लागि मतदान गर्ने,दोसा्रेमा उपाध्यक्ष वा उपप्रमुखलाइ मतदान गर्ने, तेस्रोमा वडा अध्यक्षको लागि स्वस्तिक छाप हानी मतदान गर्ने, चौथोमा महिला वडा सदस्यको लागि मतदान गर्ने, पाचौमा दलित अल्पसंख्यक महिलाको निम्ति मतदान गर्ने, छैठौ र सातौ ठाडो वा तेर्साे लाइनमा रहेको निर्वाचन चिन्हमा मात्र स्वस्तिक छाप लगाइ २जना वडा सदस्यलाइ मतदान गर्नु पर्दछ । यसरी जम्मा ७ स्थानमा स्वस्तिक छाप लगाउनु पर्ने हुन्छ ।
यी सबै कुराको ज्ञान नभएर कुनै पनि मत बदर भयो भने जित्ने व्यक्तिले हार्न सक्छ हार्ने व्यक्तिले जित्न सक्छ । र पार्टिप्रति बफादार, इमान्दार नौतिकवान, निष्ठावान, कर्तव्यप्रति बफादार, इमान्दार, विकास प्रेमी, जनसेवी आदि गुण भएका व्यक्ति छुट्न सक्छन ।
त्यसकारण प्रत्येक मतदाताले मतदान केन्द्रमा जानु पुर्व अपनाउनु पर्ने सावधानी अपनाउन जरुरी छ । मतदान केन्दमा जादा छुटाउनै नहुने सामाग्री भनेको मतदाता परिचय पत्र हो । मतदातापरिचय पत्र नभएमा नागरिकताको फोटोकपि, लाइसन वा कुनै परिचय खुल्ने प्रमाण लिएर जानु पर्ने हुन्छ ।
प्रत्येक वडामा २ जना महिला अनिवार्य र प्रमुख वा उप प्रमुखमा महिला भनेको छ यसले गर्दा पनि देशभरीबाट कम्तिमा १३ हजार ८सय २७जना महिला एकैपटक नेता बन्ने भएका छन । प्रत्येक वडामा २जना महिला उम्मेदवार उठाउनु पार्ने संविधानमा व्यवस्था गरिएको छ । यसैगरी गाउँपालिका र नगरपालिकामा प्रमुख वा उपप्रमुख महिला हुने भनिएको छ । पितृसत्तात्मक सोचले ग्रस्त हाम्रो मुलुकमा महिलाको नेतृत्व सहज स्वीकार गरिदैन । विगतमा भने हरेक क्षेत्रमा प्रमुख वा उपप्रमुख पद महिलालाइ दिइदैनथ्यो ।
महिलाले पाउने भनेको कोषाध्यक्ष वा सदस्य मात्र हुन्थ्यो । पतिसंगसति जानु पर्ने प्रथाको अन्त्य गर्दै यो अवस्थासम्म आइपुग्दा महिलाले राष्ट्रपति , सभामुख, न्यायधिश जस्ता प्रमुख पदमा बसेर राम्रो काम गरिरहेका
छन् । अवसर जिम्मेवारी पाए भने पक्का पनि महिलाले इमान्दारीताका साथ काम गरेर देखाउने छन् । महिलालाइ नेतृत्वमा ल्याउने नीति बन्नु पक्का पनि राम्रो कुरा हो । महिल स्वयंले पनि आफुलाइ अपडेट गर्ने समयअनुसार परिवर्तत गर्ने, जिम्मेवारी लिने र पुरा गर्ने, नेतृत्व लिइ सकेपछि इमान्दरीका साथ पुरा गरेर देखाउनु पर्दछ । स्थानिय तहको निर्वाचनमा महिला नेता उत्पादन गर्नुले समाजमा सकारात्मक परिवर्तन ल्याउने छ । एक प्रतिवेदन अनुसार स्थानिय तहमा ७ सय ६६ इकाइ छन् ।
गाउँपालिका वा नगरपालिका प्रमुख वा उपप्रमुखमा ७ सय ११ (सम्भावित) वडा सदस्य १३ हजार १ सय८गाउँपालिका कार्यसमितिमा २ हजार ३ सय४८ र नगरपालिका कार्यसमितिमा १हजार ८५जना महिलाको अनिवार्य उपस्थिति रहने छन् । ७ सय ६६ स्थानिय तहमा १ हजार ५ सय ५४ वडा छन् । प्रत्येक वडामा २ जना महिलाले उम्मेदवारी दिनु पर्दछ । ६हजार ५सय ५४ दलित वा अल्पसंख्यकको सुचिमा रहेका महिला वा अल्पसंख्यक महिला नेता बन्न पाउने छन् ।
स्वतन्त्र रहेर चुनाब लड्दा चुनाब जित्ने आधार कमै मात्रमा हुने गर्दछ । विभिन्न राजनीतिक पार्टीमा महिलाको सदस्य संख्या कति छ ? कुन कुन महिला अनुभवी पुराना र यो यहानेर प्रश्न उठाउन जरुरी छ । पुरुषको तुलनामा सबै राजनीतिक पार्टीहरुमा महिला सदस्य संख्या कम रहेको तथ्यांक छ । त्यसकारण राजनीति पार्टीहरुले महिलाको पार्टी सदस्यता पनि बढाउन जरुरी छ । महिला स्वय.पनि चासोराखेर अगाडि बढ्नु पर्दछ । मतदाता केन्द्रमा जादा मतपत्र कस्ता हुन्छन, कति ठाउँमा मत खसाल्नु पर्दछ, मतदान कसरी गर्ने, मत पत्र कसरी पट्याउने , कुन कुन उम्मेदवारलाई भोट कसरी दिने हो जस्ता कुराको जानकारी लिएर गएमा मतदान केन्द्रमा पुगेर मत खसाल्ने बेलमा कसरी मतदान गर्ने होला भन्ने कठिनाइ हुदैन ।
तसर्थ वडाले गर्ने काम जग्गा धनि लालपुर्जा वितरण गर्ने, मालपोत बुझाउन घरवहाल कर, सवारी साधन कर, बत्ति पानी, विकास निर्माणका सबै काम लगायत २२ वटा अधिकार दिएको हामी सबैले जानकारी पाउन जरुरी छ । त्यसकारण स्थानीय निकायका अधिकार के के हुन भन्ने कुरा बुझेर काम गर्न सक्ने जनप्रतिनिधिको चयन गर्नु अहिलेको आवश्यकता हो ।
लेखक स्वयं पनि उम्मेदवार रहेको र जनतालाइ सुसचित गर्ने काममा अग्रसर हुदै वडा सुधार र विकासमा चासो राख्ने भएका कारण विभिन्न सवालहरुलाइ नजिकबाट केलाउने अवसर मिलेको छ । यसभित्र भएका राम्रा कुरा बाहिर ल्याउने नराम्रा कुराहरुमा सुधार ल्याउने प्रतिबद्धता व्यक्त गदै असार १४ गते भोट खसाल्न आउनको निम्ति चुलो निम्तो छ ।