बाउछोरी, र पतीपत्नी म्यादी प्रहरीमा

भावुक योगी, बर्दिया, वैशाख २९

बर्दियाको ठाकुरबाबा नगरपालिका भुरीगाउँमा बाउछोरी र पतिपत्नी म्यादी प्रहरीमा भर्ना भएका छन । ठाकुरबाबा नगरपालिका २ बलातीका ४६ वर्षिय लाल बहादुर खडका र उहाँकी १८ वर्षिया छोरी जयकला खडका म्यादी प्रहरीमा भर्ना हुनु भएको हो । यसैगरी ठाकुरबाबा २ खोदाउका २९ वर्षिय रेशम शाही र उहाँकी २८ वर्षिया श्रीमती पदमा आलेमगर म्यादी प्रहरीमा भर्ना हुनुभएको हो ।

बाबु लाल बहादुर र उहाँकी छोरी जयकला यसैगरी पतिपत्नी रेशम शाही र पदमा आलेमगर हाल ईलाका प्रहरी कार्यालय भुरीगाउँको मातहतमा कार्यरत हुनुहुन्छ । यसअघि भारतिर ज्याला मजदुर गर्न जानुभएका लालबहादुर छोरीसँगै म्यादी प्रहरीमा काम गर्न पाउनु आफ्ना लागि सबैभन्दा खुसीको पल भएको बताउनुभयो ।

छोरीले यसै वर्ष एसर्ईई परीक्षा दिएकी थिई, नागरीकता बनाउन सदरमुकाम गुलरीया गएका बेला म्यादी प्रहरीमा भर्ना खुलेको थाहा पाएर छोरीको नागरिकता बनाएर बाबुछोरीले संगै फारम भरेको हौँ, छोरीको नेपाल प्रहरीमा जागीर खाने ईच्चा थियो, म्यादी प्रहरीमा भएपनि अनुभव र सेवाका लागि म्यादी प्रहरीमा बाउछोरीले आवेदन दिएका हौँ उहाँले भन्नुभयो ।

छोटो समयका लागि भएपनि अहिले छोरीसँगै म्यादी प्रहरीमा जागिर खान पाउँदा खुसी लागेको छ उहाँले भन्नुभयो, आर्थिक अभाव थियो, भाग्यले बाउछोरी म्यादी प्रहरी भयौँ । जति दुःख गर्नु परेपनि गर्छौं । यही दुःखमा हाम्रो खुसी लुकेको छ । प्रहरीले आफुलाई बेलुका र छोरीलाई दिउस सँगै एउटै क्षेत्रमा काम गर्ने वातावरण मिलाई दिएकोमा आफू झनै हर्षित भएको लाल बहादुरले बताउनुभयो ।

म्यादी जागिरबाट आएको पैसाले पढाईमा खर्च गर्ने र प्रहरीमा जागीर खाने लालबहादुरकी छोरी जयकलाको सपना छ । भविष्यमा प्रहरी बनेर देशको सेवा गर्ने इच्छा रहेको जयकलाले बताउनुभयो । उहाँले एसईई परीक्षा दिएर बुवा संगै म्यादी प्रहरी भएर काम गर्न पाउँदा खुसी लागेको बताउनुभयो ।

यसअघि बैदेशिक रोजगारमा मलेसिया रहनुभएका रेशम घर बिदामा आएका बेला श्रीमती संगै म्यादीमा भर्ना हुनुभएको हो । म्यादीको तालिम बुढाबुढीले सँगै गरियो, सँगै गस्तीमा आउँछौँ बुढीको दिउस हुन्छ मेरो बेलुका हुन्छ रेशमले भन्नुभयो । घर आएका बेला म्यादीमा बुढाबुढीले संगै जागीर खान पाउँदा खुसी लागेको छ, रेशम शाहीले भन्नुभयो ।

म्यादी प्रहरीमा भर्नाका भएका बाबुछोरी लाल बहादुर र जयकला यसैगरी पतिपत्नी रेशम र पदमाले म्यादीमा अनुशाशित ढंगबाट राम्रो काम गरिरहेको ईलाका प्रहरी कार्यालय भुरीगाउँका इनीस्पेक्टर प्रेम बहादुर क्षेत्रीले बताउनुभयो ।

प्रतिक्रिया

प्रतिक्रिया