बर्दिया तीन घर जले, एकको मृत्यु

भावुक योगी, बर्दिया, वैशाख २८

बर्दियाको सदरमुकाम गुलरीयामा विहीवार दिउस एक महिलाले आफैले घरमा आगो लगाएपछि आगोले जलेर एक महिलाको मृत्यु भएको छ भने ३ वटा घर र एउटा गोठ जलेको छ ।

घरयासी बिवादका कारण महिलाले घरमा आगो लगाएपछी आगलागि हुँदा गुलरीया नगरपालिका १० रत्नापुरकी २२ वर्षिया पुनम मल्लाहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । आगलागिका कारण फुसले छाएको तिन वटा घर र एउटा गोठ समेत जलेको प्रहरीले जनाएको छ ।

घरायसी झगडाका कारण पुनम मल्लाहले आफैले घरमा आगो लगाउँदा जलेर मुत्यु भएको बर्दियाका प्रहरी उपरिक्षक भरत बहादुर बोहोराले बताउनुभयो । घरभित्र ४ लिटर मट्टीतेलको जरकिन समेत फेला परेकाले आत्महत्या गर्न आफ्नै शरीरमा आगो लगाएको हो अथवा घरमा आगो लगाएको भन्ने विषयमा थप अनुसन्धान भईरहेको उहाँले बताउनुभयो ।

आगलागीबाट गहुँ, तोरी लगायतका खाद्यान्न जलेर नष्ट भएको जनाइएको छ । आगलागीबाट ३ घर, एक गोठ र नगद १ लाख रुपैयाँ सहित झण्डै ६ लाख मूल्य बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगो दुई घन्टापछि नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया