स्थानीय चुनावमा सेना परिचालन हुने

बैसाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा नेपाली सेना परिचालन हुने भएको छ ।

निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहीत वातावरणमा सम्पन्न गर्न विभिन्न मितिमा राष्ट्रिय सुरक्षा परिषद्, मन्त्रिपरिषद् र प्रधानमन्त्रीको पत्रमा उल्लिखित सिफारिस बमोजिम निर्वाचन कार्यमा नेपाली सेना परिचालन गर्न नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीबाट स्विकृति प्रदान गरिएको राष्ट्रपति कार्यालयद्धारा प्रेषित गरिएको विज्ञप्तीमा जनाइएको छ ।

 

प्रतिक्रिया

प्रतिक्रिया