बर्दिया : एमालेको सिफारिस, केन्द्रको घोषणा

भावुक योगी/बर्दिया

स्थानीय तह निर्वाचन नजिकिए संगै नगरपालिका र गाउँपालिकामा प्रमुख तथा उपप्रमुखका आकांक्षीहरु धेरै भएपछि उम्मेदवार छनौट गर्न कठिन भइरहेका बेला लामो छलफल नेकपा एमाले बर्दियाले ६ नगरपालिकामा मेयर, उपमेयर र २ गाउँपालिकामा अध्यक्ष उपाध्यक्षका तिन जना उम्मेदवारको नाम प्रदेश कमिटीमा सिफारिस पठाएको छ । आकांक्षीहरुको संख्या धेरै भएपछि प्रत्येक पदहरुमा तीन जनाको नाम सहित सिफारिस गरिएको हो ।

बर्दियाको सदरमुकाम रहेको गुलरिया नगरपालिकामा मेयर पदका लागि हरि ज्ञवाली, विना ज्ञवाली र अमरबहादुर खड्का तथा उपमयेरमा टीका सम्सेली, लक्ष्मी गौतम र लोकबहादर वलीको नाम सिफारिस भएको छ । ठाकुरबाबा नगरपालिकामा मेयर पदका लागि खगेन्द्र खनाल, घननारायण श्रेष्ठ र खुसीराम थारू तथा उपमेयरमा विना भट्टराई, मैसा चौधरी र मीनाकुमारी चौधरी सिफारिसमा परेका छन् ।

मधुवन नगरपालिकामा मेयरका लागि दुर्गा वली, टंक पौडेल र मुकुन्द ज्ञवाली तथा उपमेयरमा मनु भण्डारी, शान्तिदेवी श्रेष्ठ र हीरा चौधरी सिफारिसमा परेका छन् । बाँसगढी नगरपालिकमा मेयरमा शालिकराम अधिकारी, खडकबहादुर खड्का र शिवकुमारी सापकोटा तथा उपमेयरमा देवीमाया बस्याल, चन्द्रवती न्यौपाने र शुष्मा चौधरीको नाम सिफरिस भएको छ ।

यसैगरी, बारबर्दिया नगरपालिकामा मेयर पदका लागि पदम ढकाल, अतिराम थारू र रामबहादुर चौधरीको नाम सिफारिस गरिएको छ भने उपमेयरमा कमला ज्ञवाली, पुष्पा वली र नारायणी चौधरीलाई सिफारिस गरिएको छ ।
राजापुर नगरपालिकामा मेयर पदका लागि पहाडी थारू, वैद्यनाथ झा र सिर्जना थापा तथा उपमेयर पदमा कृष्णि थारु, गीता भट्ट र सीता अर्यालको नाम सिफारिस गरिएको बताईएको छ ।

बढैया गाउँपालिकाको अध्यक्षमा लालबहादुर श्रेष्ठ, दिलबहादुर केसी र कौशिला सिंहको नाम सिफारिस भएको छ भने उपाध्यक्षमा कृष्णा गुरुङ, सावित्री भुसाल र दीपा गौतम परेका छन ।

गेरुवा गाउँपालिकाको अध्यक्षमा नूतन चौधरी, बमबहादुर खनाल र सितामैया शाही तथा उपाध्यक्षमा मञ्जु शर्मा, सीताजानकी चौधरी र शान्ति रिमालको नाम सिफारिस भएको जिल्ला कमिटी बर्दियाले जनाएको छ ।

बर्दियामा स्थानिय निर्वाचनका लागि पार्टी भित्रैका उम्मेद्वार विच रस्साकस्सी भएका कारण दलहरुलाई नाम दिन समस्या परेको हो । समस्याका विच नेकपा एमालेले प्रदेशमा नाम सिफारिश गरेको छ । एमालेले स्थानीय तहका धेरै जसो वडामा वडाध्यक्ष तथा सदस्यको नाम भने तोकिसकेको छ । नेकपा माओवादी केन्द्रले केही नगरपालिका बाहेक अधिकाँश नगरपालिकामा म्यर तथा उपमेयर उम्मेदवारको टुंगो लगाई सकेको छ ।

माओवादी केन्द्रले नगरपालिका र गाउँपालिका प्रमुख, उपप्रमुख उम्मेदवारको नाम सार्वजनिक गर्यो 

लामो समयको छलफल र बहसपछि नेकपा माओवादी केन्द्र बर्दियाले स्थानीय तह निर्वाचनमा सहभागी गराउने उम्मेदवार घोषणा गर्दै प्रमुख र उपप्रमुखको नाम सार्वजनिक गरेको छ ।

बर्दियामा ६ नगरपालिका र २ गाउँपालिका गरी ८ वटा स्थानीय तहमा उम्मेदार तोक्नुपर्ने भएपनि पार्टी भित्रै छलफलमा कुरा नमिलेपछि दुई नगरपालिकामा दुई दिन पछि उम्मेदवार घोषणा गर्ने गरी ६ वटा स्थानीय तहको उम्मेदवारको आधिकारिक नाम सार्वजनिक गरेको माओवादी केन्द्रका तिलक शर्मा हिमालले जानकारी दिनुभयो ।

सदरमुकाम रहेको गुलरिया नगरपालिकाको मेयर पदका लागि गेहेन्द्र ढकाल र उपमेयर पदका लागि मोहन कुमारी (मिथिला) फुँयालको नाम तोकिएको छ । ठाकुरबाबा नगरपालिकामा मेयर तथा उपमेयर नेत्रराज आचार्य र कृष्णा कुष्मा थारु (आस्था) को नाम तोकीएको छ उहाँहरु मध्ये कै एक जना मेयर र एक जना उपमेयर रहने बताईएको
छ ।

मधुवन नगरपालिको मेयर पदका लागि गणेश केसी र उपमेयर शुभरानी थारुलाई उम्मेदवारी तोकीएको छ । राजापुर नगरपालिकाको मेयर पदमा दिपेश थारु (राजेश) र शिवप्रसाद थारु (प्रतिक) मध्ये कुनै एक जना उम्मेदवारी बनाईने तथा उपमेयर पदमा मनकला थारुलाई उम्मेदवार बनाईएको छ ।

बाँसगढी नगरपालिकाको मेयर पदमा विनाराम थारु र उपमेयर पदमा भूमी विकलाई उम्मेदवार तोकीएको छ । बारबर्दिया नगरपालिकामा मेयर तथा उपमेयर दुर्गा प्रसाद थारु (कबिर) र अन्जु दहित को नाम तोकीएको छ । उहाँहरु मध्ये मेयर र उपमेयर रहने वा अर्को ल्याउने सल्लाह भईरहेको बताईएको छ ।

गेरुवा गाउँपालिकाको अध्यक्ष पदमा वेगराज थारु, उपाध्यक्षमा लिला थारु र बढैयाताल गाउँपालिकामा अध्यक्ष लल्लुराम थारु, उपाध्यक्षमा राधा आचार्यलाई उम्मेदवारी तोकिएको पार्टीले जनाएको छ ।

आकांक्षीको संख्या धेरै भएका कारण ठाकुरबाबा, राजापुर र बारबर्दिया नगरपालिकामा मेयर तथा उपमेयर पदमा छलफल भइरहेको उहाँको भनाइ छ । माओवादी केन्द्रले स्थानीय तहका अधिकांश वडामा वडाध्यक्ष तथा सदस्यको नाम भने तोकिसकेको माओवादी केन्द्र बर्दियाले जनाएको छ ।

बर्दियाबाट एमालेले नगरपालिका र गाउँपालिका प्रमुख, उपप्रमुखको नाम प्रदेश समितिमा सिफारिश गरिसकेको छ । माओबादी केन्द्रले अकिाँश नगरपालिकामा आफ्ना उम्मेदवार चयन गरीसकेको छ भने नेपाली कांग्रेस र राप्रपाले केही दिन भित्र उम्मेद्वारहरु तोक्ने तयारी गरिरहेका छन ।

नेपाली कांग्रेसमा मेयर र उपमेयरका आकांक्षी धेरै भएकाले अझै उम्मेदवारको नाम दिन सकेका छैनन भने वडाध्यक्ष पनि अधिकाँश क्षेत्रमा टुंगो लगाउन बाँकी छ । नेपाली काँग्रेसका जिल्ला सभापति एवं सांसद सञ्जय गौतमका अनुसार २ दिन भित्रमा सम्पुर्ण वडाध्क्ष, सदस्यको र ४ दिन भित्रमा नगरपालिका र गाउँपालिकाका प्रमुख, उपप्रमुखको जिल्लामै टुंगो लगाउने बताउनुभयो ।

आकांक्षीहरु धेरै छन, पहिले सम्पुर्ण वडाका अध्यक्षको टुंगो लगाउन क्षेत्रिय टोली लागि परेको छ, त्यसपछि नगरपालिका र गाउँपालिकाका प्रमुख, उपप्रमुखको चयन गरेर ४ दिन भित्र उम्मेदवारको नाम दिने सभापति गौतमले बताउनुभयो ।

प्रतिक्रिया

प्रतिक्रिया