नेपालगन्जमा बन्दै जेब्रा क्रसिंग

नेपालगन्जको फोर लेन सडकमा राझा–जमुनाह खण्डमा जेब्रा क्रसिंग बनाउन सुरु गरिएको छ ।
धम्बोझी, पुष्पलाल चोकमा ज्रेबा बनाउन सुरु गरिएको हो ।

उपमहानगरपालिकामा सडक विस्तार भएको धेरै दिन भैसक्दा पनि सडकमा जेब्रा क्रसिंग नराख्दा यात्रुहरुलाई बाटो काट्न असहज भैरहेको थियो ।

नेपालगन्जन्यूज डटकमले यसअघि जेब्रा नहुदा समस्या भैरहेको बारे समाचार प्रकाशन गरेको थियो ।

जेब्रा क्रसिंग हुनु भनेको व्यस्त सडक हुँदा त्यहाँबाट बाटो काट्दा सुरक्षित हुनु हो । सडक दुर्घटना कम होस् भनेर जेब्रा क्रसिंग बनाइएको हुन्छ । निश्चित स्थानबाट मात्रै बाटो काट्ने व्यवस्था मिलाउदा सवारी चालक र सर्वसाधारण दुवैलाई आवतजावत गर्न सजिलो हुने गर्छ ।

यो पनि पढ्नुस्

खोइ जेब्रा क्रसिंग ?

 

प्रतिक्रिया

प्रतिक्रिया