खोइ जेब्रा क्रसिंग ?

राम कुमार चाैधरी

नेपालगन्जको फोर लेन सडकमा राझा देखि उत्तर कहि पनि जेब्रा क्रसिंग देख्न पाईदैन । उपमहानगरपालिकामा सडक विस्तार भएको धेरै दिन भैसक्दा पनि सडकमा जेब्रा क्रसिंग राखिएको छैन ।

जमुनाहा देखि कारकादो सम्म अत्यन्त व्यस्त भइरहने सडक खन्डमा अत्यधिक धेरै भिडभाड हुने गर्दछ । जेब्रा क्रसिंग नभएकोले बाटो काट्न जोखिम मोल्नुपर्छ, भन्छन् श्रीराम यादव ।

जेब्रा क्रसिंग हुनु भनेको व्यस्त सडक हुँदा त्यहाँबाट बाटो काट्दा सुरक्षित हुनु हो । सडक दुर्घटना कम होस् भनेर जेब्रा क्रसिंग बनाइएको हुन्छ । निश्चित स्थानबाट मात्रै बाटो काट्ने व्यवस्था मिलाउदा सवारी चालक र सर्वसाधारण दुवैलाई आवतजावत गर्न सजिलो हुने गर्छ ।

फोरलेनका लागि जेब्राक्रसिंग अत्यावश्यक हो । यहि फोरलेनमा राझाबाट उत्तर कोहलपुरसम्म ठाउँठाउँमा जेब्रा क्रसिंग बनाईएको छ । तर, राझा देखि जमुनाहा सडक खन्डमा छैन ।

जिल्ला ट्राफिक कार्यालय बाँकेको अनुसार बाँकेमा आर्थिक वर्ष २०७३ ७४ को मध्य चैत्र सम्म ५२ दुर्घटना भएको छ । ३३ को मृत्यु भएको छ । र ३३ गम्भिर घाइते भएका छन् । यस मध्ये २२ दुर्घटना र १४ को मृत्यु र २६ घाइते यहि सडक खन्डमा भएको हो ।

ट्राफिक कार्यालय बाँके का प्रहरी निरीक्षक होम बहादुर थापा भन्छन्, २,३ वटा सामान्य दुर्घटना भैरहेका छन् बाँकेमा । नेपालगन्ज क्षेत्रमा जेब्रा क्रसिंग राख्न जरुरी छ तर राखिएको छैन । यो पहल गर्नु पर्दछ ।

जेब्रा क्रसिंग नहुँदा सर्वसाधारणहरु बाटो काट्नका लागि हतारिन्छन् भने अर्कोतर्फ सवारी साधनहरुले गती नियन्त्रण गर्दैनन् । यसै कारणले दुर्घटनाहरु भैरहेका छन् । निरीक्षक थापा भन्छन्  ।

प्रतिक्रिया

प्रतिक्रिया