लक्ष्य अनुसार नगरको आम्दानी

समाचारदाता /नेपालगन्ज: गत आ.व.मा नेपालगन्ज उपमहानगरपालिकाले निर्धारण गरे अनुसार आन्तरिक आम्दानी गर्न सफल भएको छ । उपमहानगरपालिकाले निर्धारण गरेको १४ करोड आन्तरिक आम्दानी गर्न सफल भएको हो ।

प्रमुख प्रशासकीय अधिकृत हरी प्याकुरेलले उप–महानगरपालिकाले १४ करोड ११ लाख रुपैयाँ आन्तरिक आम्दानी हुने लक्ष्य राखेकोमा १४ करोड ११ लाख ४९ हजार रुपिया आम्दानी गर्न सफल भएको प्याकुरेलले बताएका छन् ।

उपमहानगरपालिकाले सम्पत्ति करबाट चार करोड २० लाख, भाँडा तथा बहालबाट एक करोड १३ लाख, बहाल कर एक करोड ७२ लाख, नक्सा पास दस्तुर दुई करोड ८७ लाख, सिफारिस दस्तुर तथा बक्सौनी एक करोड १७ हजार राजश्व संकलन गरेको हो ।

उपमहानगरपालिकामा जनप्रतिनिधिहरु आएपछि राजश्व संकलन बढेको हो । दक्ष जनशक्ति, बाणिज्य सङ्घ, मालपोत लगायतको सहयोग र जनतामा कर तिर्नुपर्छ भन्ने भावनामा विकास भएपछि आम्दानी लक्ष्य अनुसार भएको प्रमुख प्रशासकीय अधिकृत प्याकुरेलले बताएका छन् । करको दायरामा अझ धेरैलाई समेटन बाँकी रहेको भन्दै प्याकुरेलले केही प्रतिशत आम्दानी वडामा उपलब्ध गराउने नीति लिइएको उनले जानकारी दिए ।

प्रतिक्रिया

प्रतिक्रिया