हाेटल व्यवसायीहरुले सर्वपक्षीय अन्तरक्रिया गरेरै भने
यसरी खाेजाैं व्यवसायीक सुरक्षा
बाँकेकाे बजार व्यवसाय खस्कँदो अवस्थामा रहेकाे भन्दै सुधारका पहलका लागी हाेटल व्यवसायी संघ, नेपालगन्ज बाँकेले अाइतवार सराेकारवालाहरुबीच बृहत् अन्तरक्रिया गर्याे । कुनै बेला थामिनसक्नु पाहुनाकाे भीड अब सुनसान अवस्थामा पुगेपछि साना तथा मझौला व्यवसायीहरु अत्तालिएको संकेत उनीहरुकाे छाता संस्थाले गरेकाे कार्यपत्रमा व्यक्त धारणाबाट प्रष्ट हुन्छ ।
‘देशमा समृद्धीकाे कुरा निस्केकोछ । एउटा नयाँ उर्जा साहसका साथ देश अगाडी लम्कीरहेकाे छ । तर विडम्बना, हिजाेकाे हाई हाई नेपालगन्ज अाज बाई बाई नेपालगञ्ज भइरहेकाे छ,’ अायाेजकले आधिकारिक रुपमा अाफ्नो अवधारणापत्रमा भनेकाे छ, ‘सरकारी कार्यालय , तालिम केन्द्रहरु, गैरसरकारी संस्था , विभिन्न मानब अधिकारबादी संस्थाहरु धमाधम नेपालगन्ज छाड्दैछन् ।’
‘हिजाेका हाेटलमा बास नपाएर निजककाे शहर काेहलपुर सम्म पठाइन्थ्याे भने अाज यहीं नै भएका काेठाहरु भर्न धाै धाै भएकाे छ । कर्मचारीहरुलाई तलब दिन धाै धाै भएकाे घर बहाल तिर्न धाै धाै भएकाे छ, अवधारणा पत्रमा भनिएको छ, ‘बैंककाे चर्को ब्याजले साँवा परै जावस ब्याज तिर्ननै किठन भएकाे अवस्था नेपालगन्ज हाेटल व्यवसाय तथा सम्पुर्ण व्यवसायकाे अवस्था देखिन्छ ।’
नेपालगन्ज सम्भावना नभएकाे ठाउँ हाेइन । तर, राजनैतिक नेतृत्वदेखि जनप्रतिनिधसम्मकाे बाक्लाे उपस्थितिमा भएकाे कार्यक्रममा वक्ताहरुले खासै दिशानिर्देश भने गर्न सकेनन् । व्यवसायीहरुलेनै आफ्नो अवधारणामा भनेका छन् , ‘ हिन्दु, मुस्लिम शिख ,बाैद्ध धर्महरुकाे सामाजिक सद्भावकाे शहर बनेर नेपालकै साम्प्रदायिक सद्भाव शहरकाे रुपमा चिनिन्छ नेपालगन्ज । यहाँ प्रसिद्ध शिक्त पीठ बागेश्वरी मन्दिर जहाँ सिता देवीकाे जिब्राे खसेर शक्ति त्रपित देखिएको इतिहास भेटाउछाै । पुर्व पिश्चम राजमार्ग ,हवाई मार्ग ,भारतीय अन्तर्राष्ट्रिय नाका, मानसराेबर भाषा उद्गमस्थाल , खप्तड, साइपाल आदि भाषा उद्गमस्थल , बाजुरा बडिमालिका नेपाली भाषाकाे उत्पत्तिस्थल, सिँजा, कर्णालीका रमणीय स्थान जाने दैलेख ज्वाला मिन्दर, सुर्खेतकाे ऎतिहासिक स्थान काक्रेविहार , बर्दियाको ठाकुरद्धारा, बर्दिया रास्ट्रीय निकुञ्ज, बाँके निकुञ्ज लगायत कति हो कति कित गाैरबमय स्थान हाम्राे नेपालगन्जबाट सजिलै पहुँचमा छन् ।’
तमाम चुनाैतीबीच पनि हाेटल व्यवसायीहरुकाे छाता संस्था , हाेटल व्यवसायी संघ नेपालगन्ज बाँकेले कसरी यहाँकाे व्यवसाय प्रवर्द्धन गर्न सकिन्छ भन्नेमा निरन्तर कृयाशिल रहेकाे भन्दै अन्तरक्रिया कार्यक्रमलाई त्यसैकाे एउटा कडीका रुपमा लिएका व्यवसायीहरुले भने, ‘हामी छिट्टै नेपालगन्जमा फुड फेस्टिबल पनि अायाेजना गर्दैछाैं । अागामी कार्तिक १– ५ न्यूराेड, नेपालगन्जमा गरिने उक्त फेस्टिबलमा साथ सहयाेगकाे प्रतिबद्धता पनि खाेजेका छाैं ।’ याे पनि एउटा उपाय हुनसक्छ निराश बजारलाई राैनक दिने ।
संघका अध्यक्ष भीमलाल कंडेलकाे अध्यक्षतामा भएकाे कार्यक्रममा विरष्ठ सल्लाहकार नारद पुरीले प्रस्तुत गरेकाे अवधारणा सान्दर्भिक रहेकाले सम्पादित अंश यहाँ दिइएकाे छ । ताकी सराेकारवालाहरुकाे दृिष्ट पुगाेस् । याे सवाल हाेटल व्यवसायीहरुकाे मात्र हाेइन, सिंगाे नेपालगन्ज अर्थात भोलिको महानगरकाे सवाल हाे ।
नेपालका विभिन्न जिल्लाहरुबाट भारतका विभिन्न जिल्लाहरुबाट भारतका विभिन्न शहरमा जाने यातायातकाे साधनलाई हामीले अवैध मानेका छौँ । याे सम्बिन्धत निकायलाई थाहा हाेला हाम्राे भ्रम पनि हुन सक्छ । हाम्राे बुझाईमा पर्यटकीय प्रवेश कार्ड लिएका यातायातका साधनहरुले तिर्थ यात्री तथा पर्यटक बाहेक अन्य यात्रीहरुलाई गाडीमा राखिनु हुन्न यदि संचालन गर्नु नै छ भने कानुनी रुपमा संचालन गरियोस् । कानुनीनै रुपमा पनि सिमावर्ती शहर भन्दा भित्र भारतिय बस व्यवसायिक रुपले चलाउन नमिल्ने व्यवस्था कडाइका साथ लागु गरियोस ।
हामी चाहान्छाै खुल्ला सडक हाेस् । सडक पेटीमा काेही कसैले पनि ठेला गाडा नराखाेस् । हामी देखि रहेका छाै फर्निचर सामाग्री पेटी भन्दा सडक छाेपेकाे छ । यातायातका साधनहरु अव्यवस्थित पार्किङ्ग भएका छन । ब्यक्तिगत नातावाद सहकार्यमा ट्राफिक नियम कायम भएको हामीले देखेका छाै । यसकाे विराेधमा हामी छाै र कानून सम्मत र नियम सम्मत ट्राफिक नियम पालना गरियाेस् ।
स्वच्छ र हराभरा शहर बनाउने शहर बनाउने नीति अन्तर्गत सडक छेउमा वातावरणिय प्रदुषण स्थानीय कानुन बमोजिम कार्यन्वयन गरि बातावरण प्रदुषण रोक्न हामी अनुराेध गर्न चाहान्छाै र हामी केहि रेष्टुरेन्ट संचालन गरी रेष्टुरेन्ट ब्यवसाय हरुलाई सेकुवा पाेल्न वातावरण प्रदुषण हुन्छ यहाँहरु आधुनिक चुलाेकाे प्रयाेग गरी आफ्नो व्यवसाय संचालन गरी गर्न सुझाव दिन चाहान्छाै ।
बाँके जिल्लामा पर्यटकीय क्षेत्र तथा हाम्रा धार्मिक क्षेत्रहरुकाे पहिचानमा लगानी नहुनु, भएकै क्षेत्रकाे पनि पर्याप्त प्रचार प्रसार भइरहेकाे छैन ।
बाँके सम्भावित क्षेत्रहरुमा पहिचान र प्रचार प्रसारमा वर्तमान तिनै तहका सरकारहरु उदासिन भएकाे देख्छाै । कुनै पनि बाह्य तथा अान्तिरक पर्यटकले रमाइलाे स्थानमा रमणीय स्थानको साेध्दा हामी नाजवाफ हुन्छाै, बागेश्वरी मन्दिरका गुरु याेजना अनुसार कार्यकलाप गर्नमा यहाँ थुप्रै धार्मिक सम्पदाकाे प्रचार प्रसार का लागी उचित बजेट प्रबन्ध नहुँदा सम्भावित कुराहरु पनि ओझेलमा परेका छौं । हाेटल ब्यवसायी संघ पर्यटकीय क्षेत्रको सराेकार राख्ने निकाय भएकाेले अागामी दिनहरुमा सम्बन्धित निकायकाे ध्यान जाअाेस् । यसका लागि पर्यटकीय निकाय संग संघ हातेमालाे गर्नचाहन्छ ।
अस्थायी राजधानीकाे रुपमा बुटवललाई सिमित राख्दा बाँके बर्दिया काेल्टामा परेका छन । नेपालगञ्ज एउटा पुुरानेा शहर र राजधानीकाे उपयुक्त संरचना हुँदा हुँदै पनि नेपालगन्जलाई छाँयामा पारेर यहाँका कार्यालय , संघ संस्थाहरु राजधानी केन्द्रित भएका कारण नेपालगञ्जकाे ब्यवसायमा ह्रास अाएकाे छ । यथासिघ्र राजधानीकाे टुङ्गाे लगाइयाेस् । नेपालगन्जनै प्रदेश राजधानीका लागि उपयुक्त हाे भन्ने हाम्राे ठम्याई पनि हो ।
संघीयताकाे संरचना अनुसार नेपालगन्ज रहि अाएका, सामाजिक क्षेत्रमा काम गर्दै अाएका संघ संस्थाहरु गाउँपालिका र राजधानी केन्द्रित हुँदा हामी ब्यवसायीहरु मर्कामा परेकाे महसुस भएकाे छ । तत्काल यहाँ कार्यक्षेत्र भएका कुनैपनि कार्यलयहरु पुर्ववत नेपालगन्जमै रहने व्यवस्थाको सुनिश्चितता गरियोस् ।
नेपाली जनता तथा हामी सम्पुर्ण व्यवसायी पनि सरकारी करकाे नितिमा स्पष्ट भएका छैनौं । करकाे परिभाषा बुझ्न सकेका छैनौं । यसैमा सरकारले हामी ब्यवसायीलाई विभिन्न करकाे चेपुवामा पार्दा ब्यवसायी धराशयी हुन्छ डर लाग्ने अवस्था छ । त्यसैले यस्ता खाले अव्यवहारिक करका नीति फिर्ता गरियोस् भन्ने हाम्रो माग छ ।
खुल्ला सिमानाका कारण भारतीय नाकाबाट लागुपदार्थकाे अाेसार पसारका कारण यहाँका युवाहरु दुर्ब्यसनी, याैन विकृती एक समस्याकाे रुपमा रहेकाे छ । भारतबाट कमाई गरेर अाएका कतिपय यात्रुहरु लागु पदार्थ खुवाएर बेहाेस पारेर लुट्न कार्य नरोकिएकोले यस्ता कार्यकाे अन्त्य गरिनु पर्दछ । सुरक्षा निकायकाे ध्यान त्यसतर्फ पुगाेस् ।
सरकारले निर्धारण गरेको भ्रमण वर्ष २०२० लुिम्बनी वर्ष २०७६ काे सराेकारवाला र सम्बन्धीत निकायसंग छलफल नै नगरी घोषणा गरे जस्तो महसुस हामीले गरेका छाैं । यसकाे कार्यन्वयन पक्ष र सराेकारवालासंगकाे सहकार्यमा जाेड दिई पर्यटन र ब्यवसायकाे बिकासमा ध्यान दिन जरुरी छ । प्रदेश सरकार र संघीय सरकारले यी दुबै अवसरमा नेपालगन्ज क्षेत्रलाई पनि समावेश गराेस् । साेही अनुसार प्रचारप्रसार याेजना बनाइयाेस् । त्यसका लागि तत्काल नेपालगन्जबाट भइरहेका अान्तिरक उडानलाई व्यवस्थित गर्दै नेपालगन्ज– पाेखरा, नेपालगन्ज– भैरहवा उडान तत्काल व्यवस्था गरियोस् । साथै, यसबारे गिरने कार्यक्रमहरु राजधानी केन्द्रीत नगरि नेपालगन्जका लागि कार्यक्रम दिने व्यवस्था गरियोस् ।
सरकारले पर्यटकीय क्षेत्रकाे बिकासकाे लागी अावश्यक बजेट ब्यवस्थापन गरी बाँके पर्यटन सुचना केन्द्रकाे भवन बनाउन अति अावश्यक छ । यसै गरी पर्यटन प्रहरीकाे अभाव देखिएको यसकाे कार्यन्वयन तर्फ ध्यान जान अावश्यक देखिन्छ । पर्यटकीय नगरीका रुपमा विकसित नेपालगन्जका लागि पर्यटक प्रहरी बनाइनुपर्छ ।
अन्तर्राष्ट्रिय सभा गृह, अन्तर्राष्ट्रिय विमानस्थल, नेपालगन्ज– दिल्ली उडान, नेपालगन्ज रिङराेड, सुख्खा बन्दरगाह जस्ता कुराकाे उठान हुने तर कार्यन्वयन नहुने अवस्थाकाे अन्त हाेस् ।
बैंक ब्याजबारे निरन्तर व्यवसायिक क्षेत्रबाट व्यक्त भइरहेका असन्तुिष्टहरुकाे सम्बाेधनमा सम्बद्ध निकायकाे ध्यान जाअाेस् । बैंक ब्याजकाे अिनिश्चतताले हाेटल क्षेत्र पनि निरन्तर मारमा छ । याे अवस्थाकाे अन्त गरिनुपर्छ ।
चालु आर्थिक वर्षबाट सरकारले अघि सारेकाे प्यान, भेइकल ट्र्याकिङ सिस्टम लगायतका व्यवस्थाहरुकाे तत्काल कार्यान्वयनमा अाइरहेकाे जिटलतालाई ख्याल गर्दै सुसूचित र सशिक्तकरण तथा सरलीकृत गर्दै क्रमशः लागू गर्ने विषयमा सरकारकाे ध्यान जाअाेस् ।
व्यवसायिक नितिमा फेरबदल गरिरँदा अाइपुग्ने जटिलताबाट हामी व्यवसायीहरु मर्माहत छाैं । अतः स्थिर व्यवसायिक नीति बनाइयाेस् । ताकि लगानीकाे सुरक्षासँगै व्यवसायीक सुदृिढकरण सम्भव हाेस् ।
( हाेटल व्यवसायी संघ, नेपालगन्ज बाँकेले सराेकारवालाहरुबीच अाइतवार प्रस्तुत गरेकाे बाँकेकाे व्यवसायीक अवस्था र सुधारका प्रयासमा सराेकारवालाकाे भुमिका विषयक अवधारणापत्रमा अाधािरत)