जिल्लाको तमानखोला गाउँपालिकाा–४ लाम्मेलामा आगलागी हुँदा स्थानीय जेनु र दिले सिर्पालीका घर जलेका छन् । घरमा कोही नभएको बेला आगलागी भएको तमानखोला गाउँपालिका–४ का अध्यक्ष छप्रसाद सिर्पालीले जानकारी दिनुभयो ।

मध्यरातमा दुवै घरमा एकैपटक आगो दन्किरहेको देखेपछि स्थानीयले निभाउने प्रयास गरेका थिए । गाउँमा दमकल र तथा अग्निनियन्त्रणका अन्य साधन नहुँदा दुवै घर खरानी बनेका उहाँले बताउनुभयो ।
घटनाको प्रकृति हेर्दा कसैले घरमा आगो झोसेकोे हुनसक्ने आशङ्का उहाँले व्यक्त गर्नुभयो ।