किरण आचार्यलाई ‘शिक्षक सम्मान’ प्रदान गरिंदै

धम्बाझी माविकी पूर्व प्रधानाध्यापक किरण आचार्य पौडेललाई ‘शब्दयात्रा अङ्गुरबाबा जोशी शिक्षक सम्मान’ प्रदान गरिने भएको छ । शब्दयात्रा प्रकाशनले २०८१ सालको शिक्षक सम्मान आचार्यलाई प्रदान गर्ने भएको हो ।

विद्यार्थीहरूको मनोवृत्ति बुझेर त्यसै अनुरूपको शिक्षण शैली अवलम्बन गर्न, पढाइमा कमजोर विद्यार्थीहरूलाई प्रोत्साहन दिई मानसिक रूपमा सबल बनाउन र विद्यार्थीहरूलाई सुसंस्कृति र सभ्यता सिकाउन आचार्यले गर्नुभएको योगदानका लागि उहाँलाई सम्मान समर्पण गर्ने निर्णय


सम्मानका लागि शिक्षासेवी तथा कवयित्री निर्मलाकुमारी यगोल श्रेष्ठले कोष व्यवस्थापन गरेको बताइएको छ । जेष्ठको अन्तिम साता प्रदान गरिने सम्मानका लागि व्यक्तित्व चयन समितिको बैठकले निर्णय गरेको कोषले जनाएको छ ।


लामो समयसम्म अध्यापन गरी हाल निवृत्त आचार्य बाँकेमा शैक्षिक सुधारका लागि उदाहरणीय व्यक्तित्वका रुपमा परिचित छन् । आफूले अध्यापन गरेको शिक्षण संस्थाका विद्यार्थीहरूलाई शिक्षण सामग्रीबाट सुसज्जित गराउन, आफ्नो विषयमा गुणस्तरीय शिक्षा दिन आचार्यले खेलेको भूमिका चर्चा भइरहन्छ ।


सम्मान व्यक्तित्व छनोट समितिले ‘विद्यार्थीहरूको मनोवृत्ति बुझेर त्यसै अनुरूपको शिक्षण शैली अवलम्बन गर्न, पढाइमा कमजोर विद्यार्थीहरूलाई प्रोत्साहन दिई मानसिक रूपमा सबल बनाउन र विद्यार्थीहरूलाई सुसंस्कृति र सभ्यता सिकाउन आचार्यले गर्नुभएको योगदानका लागि उहाँलाई सम्मान समर्पण गर्ने निर्णय गरिएको’ जनाएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया