प्रतापपुर–५ भैरमपुरमा भीषण आगलागी: १२ घर जले, करिब साढे चार करोड रुपैयाँको क्षति

पश्चिम नवलपरासीको प्रतापपुर–५ भैरमपुरमा मंगलबार दिउँसो भएको भीषण आगलागीबाट १२ वटा घर पूर्ण रूपमा जलेर खरानी भएका छन्।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वीरदत्त पन्तका अनुसार आगलागीका कारण घरमा रहेका जिन्सी सामान तथा नगदसहित कुल ४ करोड ४४ लाख ८० हजार रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।

आगलागीबाट प्रभावित परिवारहरूको सहयोगका लागि प्रतापपुर गाउँपालिका र नेपाल रेडक्रस सोसाइटीले राहत सामग्री वितरण गरिरहेका छन्।

यसैगरी, प्रतिनिधिसभा सदस्य विक्रम खनालले पनि पीडितहरूलाई आवश्यक राहत उपलब्ध गराउन आफू सक्रिय रूपमा लागिरहेको बताएका छन्।

प्रतिक्रिया

प्रतिक्रिया