बर्दिया ठाकुरबाबा नगरपालिका १ डुम्रेनीको जनचाहना आधारभूत विद्यालय र शाहिपुरको शारदा आधारभूत विद्यालय विद्यालयको खानेपानी, सरसफाइ तथा स्वच्छता स्वमूल्याङ्कनमा तीन तारा प्राप्तिका लागि तयारी अवस्थामा रहेको अनुगमन टोलीले जनाएका छन् ।
विद्यालयको खानेपानी, सरसफाइ तथा स्वच्छता सम्बन्धि (वास गेन्स) परियोजना लागु भएका बर्दियाको ठाकुरबाबा नगरपालिका भित्रका ५ वटा विद्यालयहरुमा वाटर एड नेपालको आर्थिक तथा नेपाल प्रजनन स्याहार केन्द्र (एनएफसीसी) र राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल (एनएफडी–एन) को प्राविधिक सहयोगमा बेस बर्दियाद्वारा संयुक्त अनुगमन गरिएपछि दुई वटा विद्यालय तीन तारा प्राप्त गर्न सक्ने भएका हुन्

ठाकुरबाबा नगरपालिका सामाजिक विकास समितिका संयोजक एवं वडा नम्बर ८ का वडा अध्यक्ष टेक बहादुर बडुवाल सिँजापतीको संयोजकत्वमा परियोजना संचालित वडा नम्बर ६ को जनज्योती माध्यामिक विद्यालय बकुवा, वडा नम्बर २ को नेपाल राष्ट्रिय माध्यमिक विद्यालय कर्मला, वडा नम्बर १ को जनचाहाना आधारभूत विद्यालय डुम्रेनी, वडा नम्बर ३ को सरस्वती आधारभूत विद्यालय नेउलापुर र वडा नम्बर ५ शाहिपुरको शारदा आधारभूत विद्यालयमा अनुगमन गरिएको हो ।
वाटर एड नेपालको आर्थिक सहयोग तथा नेपाल प्रजनन स्याहार केन्द्र (एनएफसीसी) तथा राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल (एनएफडी–एन) को प्राविधिक सहयोगमा बेस बर्दियाद्वारा सञ्चालन भईरहेको लैङ्गिक किशोरकिशोरी समावेशी विद्यालयका लागि समावेशी तथा पहुँचयुक्त खानेपानी, सरसफाइ तथा स्वच्छता सुविधा कार्यक्रम अन्र्तगत नगरपालिका भित्रका ५ वटा विद्यालयहरुमा अनुगमन गरिएका बेस बर्दियाका तालिम अधिकृत दुर्गा चौधरीले जानकारी दिनुभयो ।
विद्यालयमा अध्यरत विद्यार्थाीहरुले खानेपानी, सरसफाइ तथा स्वच्छता सम्बन्धि जानकारी दिँदा आफ्नो जन्मदिनका अवसरमा फजुल खर्च नगरी विद्यालयमा सावुन प्रदान गर्ने गरेकाले साबुन व्यवस्थापन हुने गरेको बताएका छन् । जनचाहना आधारभूत विद्यालयमा अध्यनरत विद्यार्थीहरुले ६ वटा व्यवहार परिवर्तनका बारेमा पनि बताएका छन् ।
कक्षा ७ मा अध्यायन गर्ने मनिष जैसीले आफ्नो जन्मदिनका अवसरमा फजुल खर्च नगरी विद्यालयमा सावुन, झाडु, खेलकुदका सामग्री ल्याएर सरसफाईका सामन व्यवस्थापन गर्ने तथा डस्टविन किनेर सदुपयोग गर्ने गरेको बताउनुभयो । सावुन पानीले मिचिमिचि हात धुने, सुद्धिकरण गरेको पानी मात्र पिउने, झिँगा भन्केको खाने कुरा नखाने, बासी सडे गलेको खानेकुरा नखाने, जंकफुड नखाई ताजा खाने कुरा खाने, सौचालयको मात्र प्रयोग गर्ने, सौचालय सँधै सफा राख्ने, विद्यालयबाट उत्पादित फोहरलाई कुहिने र नहिने कुरालाई छुट्टा छुट्टै ब्यवस्थापन गरिने र महिनावारी ब्यवस्थापन गरि प्रयोग गरेको ब्याडहरु एक ठाउँमा जम्मा गरि जथाभावि नफाली राख्ने ठाउँमा मात्र राख्ने सरसफाईका ६ वटा व्यवहार परिवर्तनका बारेमा जैसीले बताउनुभयो ।
स्कुलमा यस्ता खालका कार्यक्रमहरु भएर आफुलाई सहज भएको र कार्यक्रममा बोल्दा पनि निर्धक्क भएर आभोली बोल्न सकिने कक्षा ८ मा अध्यनरत नविना तिमिल्सेनाले बतानुभयो । पहिला स्कुलमा रहँदा पेट दुखेमा घर जान पर्ने अवस्था रहेकोमा आजभोली सहज भएको विद्यार्थीहरुको भनाई छ । यस प्रकारका कार्यक्रमले विद्यार्थीमा धेरै राम्रो प्रभाव पारेको र यो लागु गरेपछिमा विद्यालयमा परिर्वतन आएको कक्षा ७ मा अध्यनरत छात्र भुपेन्द्र शाहीले बताउनुभयो ।


