‘न्यूज डेस्क’बाटै चुनावी अभियान

बुधबार दिउसो संवाददाता निष्पक्ष ध्वनिको डेस्कमा पुग्दा प्रकाशक÷सम्पादक उदय सिंह श्रेष्ठ समाचार लेखनमा व्यस्त थिए । बिहीबारका लागि उनको प्राथमिकताको समाचार थियो, ‘वडा नं. १० का अध्यक्ष श्रेष्ठलाई सबैको आन्तरिक समर्थन’ । पत्रिकाको समाचार शिर्षकबाटै संवाददाताको कुरा सुरु भयो । उपशिर्षक थियो, ‘वडा अध्यक्ष श्रेष्ठ सबैभन्दा अगाडी’ । भोट माग्न अपिल गरेको तस्वीर र तस्वीरको तल लेखिएको थियो, ‘वडा नं. १०को वडा अध्यक्षका उम्मेदवार वरिष्ठ पत्रकार उदय सिंह श्रेष्ठ ।’

‘तपाईलाई आचारसंहिता लाग्दैन ?’, दैनिक नेपालगन्जको पहिलो प्रश्न थियो । ‘के को आचारसंहिता ?’, उनले प्रतिप्रश्नबाटै जवाफ फर्काए, ‘पत्रकारलाई चुनाव लड्न कुनै रोकटोक छैन भनेर मुख्य निर्वाचन अधिकृतबाट जानकारी लिएर उम्मेदवारी दर्ता गराएको हु“ ।’

‘आफै सम्पादक/प्रकाशक भएको पत्रिकामा आफ्नै प्रचारप्रसारका समाचारहरुले लेख्दै हुनुहुन्छ !’, आश्चर्य व्यक्त गर्न नभ्याउदै उनी डेस्कमै भलाकुसारी गर्न पुगेका २ जना उम्मेदवारसग चुनावी रणनीति बारे गफिन भ्याए । ‘तपाईहरु निर्धक्कसग चुनावी प्रचारमा लाग्नुस् पोजिसन राम्रो छ जित्न सकिन्छ’, श्रेष्ठको निर्देशनात्मक निर्णयपछि दुई जना मधेसी नेता निस्किए । आचारसंहितामै जोडिएर संवाद गर्दै भने, ‘आचारसंहिता कसले मानेको छ ? रंगीन पोष्टर, फ्ल्यास बोर्ड बजार भरी छन्, माइकिङ्ग भैरहेकै छ, तिनलाई कारवाही भएको छैन भने मैले किन डराउनें ।’

‘तपाई कुन पार्टीबाट चुनाव लड्दै हो ?’ स्वतन्त्र । संवाददाताको प्रश्न भन्दा उनका जवाफ अझ छिटो फर्खिइन्थ्यो । उनी स“ग सबैकुरा ‘अन द रेकर्ड’ भए । बीचमा केही कुरा ‘अफ द रेकर्ड है’ भन्दै श्रेष्ठले तमाम प्रसंग उजागर गरे । आफ्ना प्रतिस्पर्धी पार्टी र उम्मेदवारका ‘नङ्गा सच’ बटुलेर बसेका श्रेष्ठले भने, ‘मतदानको केही दिन अगाडी छाप्छु ।’ २५ बर्षदेखि निष्पक्ष ध्वनि प्रकाशित गर्दै आएका उदय सिंह श्रेष्ठ कहलिएको नाम हो । पत्रकारितामा उनको प्रगति समिक्षा आफैले गरुन्, तर उनलाई धेरैले पत्रकारकै रुपमा चिन्छन् । भलै व्यवसायिक क्षेत्रमा उनको प्रभाव राम्रै बिस्तार भैरहेको छ ।

कलम चलाउन आचारसंहिता, नियम कानुन, सुरक्षाको बार बन्देजले नरोक्ने उनलाई राजनीतिक गर्न पनि कसैले रोकेन । ‘धवलको हैकम विरुद्ध मोर्चा खोेलेको छु’, फोरम लोकतान्त्रिकको चुनाव चिन्ह लिएर एकीकृत राप्रपा राष्ट्रवादीबाट मैदानमा उत्रिएका श्रेष्ठले निकै आक्रोश पोखे । उनले मेयरका उम्मेदवार डा. धवल समशेर राणा प्रति पोखेको आक्रोश अस्वभाविक लागेपछि प्रश्न उब्ज्यो, तपाई हिजो त उनीसगै काध जोडेर हिड्नु भएकै हो !

‘का“ग्रेस चाही किन छोडेको नि ?’, पाच बर्षअघि डा. धवलकै पार्टीमा तामझामका साथ प्रवेश गरेका श्रेष्ठले सजिलै उत्तर फर्काए, ‘काग्रेसमा काम गर्न मजा आएन ।’ तत्कालीन पार्टी सभापति सुशिल कोइरालासग निकट मानिने श्रेष्ठले नेपाल प्रेस यूनियन बाकेको भवन निर्माणका लागि अभियान नै चलाएका थिए । ‘त्यो पैसा कहा छ ?’, खोई खाता खोलेर यूनियनको जिम्मा लगाएका हु ।’

२०३६ सालदेखि का“ग्रेसमा आबद्ध भएको दाबी गर्ने श्रेष्ठले आफ्नो ५२ बर्षे उमेरलाई रोमाञ्चक ढंगले प्रस्तुत गरे । का“ग्रेस, राप्रपा नेपाल, राप्रपा हुदै राष्ट्रवादीसम्म पुग्दा पार्टी सम्बद्ध पत्रकारहरुको संगठन पनि चलाए । मिडिया नेपालको केन्द्रीय उपाध्यक्ष सम्म पुगेका श्रेष्ठले राप्रपा टुक्रिएपछि नया पार्टीको सोझै केन्द्रीय सदस्यको हैसियत बनाए ।

‘तपाईको पार्टीको कुनै हैसियत छ र वडा अध्यक्ष ताक्नुभयो ?’, हास्दै उनको जवाफ थियो, ‘वडा नं. १०मा म जत्तिको बलियो उम्मेदवार अर्को छैन ।’ त्यसो भनिरह“दा एउटा पोष्टर अघि सारे, जहा“ लेखिएको थियो, ‘वरिष्ठ पत्रकार उदय सिंह श्रेष्ठ समूहको जित, वडा नं. १० का बासिन्दाको हित ।’ उनको समूहमा मेयर पदका उम्मेदवार ऋतु सिंह शाही, उपमेयर मिसबाहुलहक अन्सारी र सदस्यहरुमा श्रेष्ठकी धर्मपत्नि अञ्जना पनि देखिइन् ।

पटकपटक राप्रपा बलियो देखिएको वडा नं. १० मा श्रवण श्रेष्ठ उक्त पार्टीबाट वडा अध्यक्षका उम्मेदवार छन् । सांगठनिक रुपमा नेपाली काग्रेस र नेकपा एमालेको बलियो उपस्थिति रहेको त्यहा काग्रेसबाट निर्माण व्यवसायी बिन्दु भुषण बस्नेत र एमालेबाट इन्जिनियर दमन श्रेष्ठ उम्मेदवार छन् । दमन श्रेष्ठ त्यो नाम हो जसले २० बर्ष अघि नेपालगन्ज नगरपालिकामा धवल नेतृत्वको कार्यकाललाई सफल बनाउन ‘इन्जिनियरिङ्ग गर्यो ।’

२६८८ मत रहेको वडा नं. १० मा २ सय मत आफन्त र १ सय ६० मत आफ्नो टोलबाट आफुले पाउने श्रेष्ठको दाबी छ । ‘त्यति मतले जितिन्छ त ?’, श्रेष्ठले १ हजार ६ सय मत खस्ने पूर्वानुमान गर्दै भने, ‘सबै योजना म अन द रेकर्ड किन सुनाउ“ ।’ एजेन्डा के हो ?, उम्मेदवारीको औचित्यको प्रश्नमा उनले पुरै राजनीतिक पारामा भने, ‘नेताले देश बिगारे, पत्रकारले बनाउने हो ।’ उनी हरेक शब्द पत्रकारको फुर्को जोड्दै प्रचारप्रसारमा समेत भ्रष्टाचारहरुलाई तह लगाउने आफ्नो उम्मेदवारी आएको बताइरहेको जानकारी दिए ।

दुई सन्तानका पिता उनले ठूली छोरी अस्मितालाई डा. बनाए । सानी छोरी चाटर्ड एकाउन्टेन्ट पढाउदै छन् । ‘जिन्दगीको रिटायरमेन्ट राजनीति मार्फत समाजसेवा गर्ने हो ’, श्रीमतिलाई समेत राजनीतिमा धकेलेका उदय सिंह श्रेष्ठले उत्साहित हु“दै भने, ‘जिन्दगीका आरोह अवरोहमा श्रीमति त साथमै राख्नु पर्यो नि !’

प्रतिक्रिया

प्रतिक्रिया