Monday, May 11, 2026
घर ब्लग पृष्ठ 1095

अर्थमन्त्रीको श्वेतपत्र तथा सरकारले गनुपर्ने संरचनात्मक सुधारहरु


देशमा एकिकरण पछिको सबैभन्दा ठुलो राजनीतिक परिवर्तन भएको छ । लामो समयपछिको राजनीतिक संक्रमणको अन्त्य भई देश संघीय प्रशासनिक संरचनामा रुपान्तरण भएको छ । यतिबेला अर्थमन्त्रीद्वारा जारी श्वेतपत्र वित्तीय अनुशासन कायम गर्नु पर्ने उद्देश्यबाट बढि प्रेरित देखिन्छ ।


पृष्ठभूमि
समान्यतया कुनै संस्था वा देशको विशेष परिस्थिति वा अवस्थाका बारेमा सम्बन्धित सरोकारवाला तथा आम नागरिकलाई सु(सूचित गर्न सम्बन्धित संस्था वा देशको अख्तियार प्राप्त निकायबाट जारी गरिने पत्रलाई श्वेतपत्र भनिन्छ । यसै सन्दर्भमा नेपालमा लामो समय देखि विद्यमान रहेको राजनीतिक संक्रमणको अन्त्य भइ देश संघीय संरचनामा रुपान्तरण भएर तीनै तहको निर्वाचन सम्पन्न भएर वाम गठवन्धनको बहुमतको सरकार गठन भएको सन्दर्भमा नेपालको वर्तमान आथर््िाक अवस्थाका तथा सरकारको आगामी कार्यदिशा बारे सरोकारवाला तथा आम नागरिकलाई सुसूचित गर्ने उद्देश्यले अर्थमन्त्री डा. युवराज खतिवडाबाट द्वारा यो जारी भएको श्वेतपत्रमा उल्लेख गरिएको छ ।

नेपाल इतिहासकै संवेदनशील अवस्थामा पुगेको छ । देशमा एकिकरण पछिको सबैभन्दा ठुलो राजनीतिक परिवर्तन भएको छ र लामो समयपछिको राजनीतिक संक्रमणको अन्त्य भई देश संघीय प्रशासनिक संरचनामा रुपान्तरण भएको छ । एकातर्फ यो प्रणाली नेपालका लागि नयाँ प्रयोग हो र विश्वका अन्य यो संघीय संरचना अपनाएका देशहरुमा पनि यस व्यवस्थाले एकै प्रकारको परिणाम दिएको छैन । त्यसकारण यसको सफल कार्यान्वयनका लागि सरकारले अत्यन्तै संवेदनशील भएर कार्य गर्नुपर्ने पर्दछ । अर्को तर्फ संघीय संरचनामा प्रशासनिक खर्च बढि हुने तर तत्काल प्रदेश तथा स्थानीय सरकारहरुको आर्थिक श्रोत तथा साधन परिचालन गर्ने क्षमताको निर्माण भई नसकेको अवस्थामा देशको यथार्थ आर्थिक अवस्था अनुरुप वित्तीय अनुशासन कायम गर्नु पर्दछ । श्वेतपत्र वित्तीय अनुशासन कायम गर्नु पर्ने उद्देश्यबाट बढि प्रेरित भई जारी गरिएको देखिन्छ ।

श्वेतपत्रमा उल्लेख गरिएका अर्थतन्त्रको वर्तमान समस्याहरु
मुलुकको विकासको परिवेश
नेपालाको अर्थतन्त्र सानो आकारको रहेको र यहाँ व्यवसाय गर्ने वातावरणको अभाव तथा व्यापक भ्रष्टाचारका कारण लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेका छन् । देशलाई वर्तमानको प्रतिव्यक्ति कुल राष्ट्रिय आय ८६२ अमेरिकी डलरबाट २०२२ सम्म १२४२ अमेरिकी डलर पुर्याउनु पर्ने कार्य चुनौतीपुर्ण रहेको छ । नेपालले दिगो विकासका प्रतिबद्धता जनाएको १७ लक्ष्य तथा १६९ गन्तब्य हासिल गर्न प्रति वर्ष १७.७ खर्ब लगानी आवश्यक पर्ने । यसका लागि सरकारी, सहकारी तथा निजी क्षेत्रबाट उल्लेखनीय रुपमा साधन परिचालन गर्नु पर्ने चुनौती रहेको छ ।
संरचनात्मक पक्ष

 
देशको कुल बचत न्युन बचत (१० प्रतिशत) रहेको को अवस्थमा आयातको वित्तीय प्रवन्धनको माध्यम विपे्रषण आप्रवाह भएको छ जुन घट्दो अवस्थामा छ । अर्थतन्त्रमा चालु खर्च बढ्दो छ भने लगानीको आधार न्युन छ । एकातर्फ अनौपचारिक व्यापार व्यवसाय राष्ट्रिय लेखाप्रणालीमा आबद्ध नहुँदा कुल गार्हस्थ्य उत्पादन वास्तविकता भन्दा कम हुने गरेको भने अर्कोतर्फ न्यून आर्थिक बृद्धिदर तथा असमान आय वितरणको अवस्था रहेको छ । कृषि क्षेत्रमा अझै पनि दुई तिहाई श्रमशक्ति तर न्यून उत्पादकत्व रहेको छ । राजनीतिक संक्रमणका कारण श्रम संगठनमा चरम राजनीतिक प्रभाव, विद्युत आपूर्ति अभाव, आयातित कच्चा पदार्थ आधारित हुँदा प्रतिस्पर्धी क्षमतामा ह्रास आएको आदि कारणले गर्दा उद्योग क्षेत्र संकुचित भएको कारण उल्लेख्यरुपमा रोजगारी सृजना गर्न सकिएको छैन । यसले गर्दा श्रम बजारमा प्रत्येक वर्ष थपिने ५ लाख श्रम शक्ति तथा विदेशमा कार्यरत श्रमशक्तिलाई स्वदेशमा रोजगारीको व्यवस्थापन गरि आगामी ५ वर्षमै गरिबी शुन्यमा झार्ने कार्य चुनौतीपूर्ण रहेको छ । यसको लागि भौतिक पूर्वाधार विकासकमा सरकारी तथा निजी क्षेत्रको क्षमता तिब्ररुपमा अभिबृद्धि गर्नु पर्ने चुनौती रहेको छ ।

 
वित्तीय क्षेत्र
एकातर्फ देशमा वित्तीय सेवाको पहुच न्यून रहेकोछ भने अर्कोतर्फ वित्तीय साधनको अविवेकपूर्ण उपयोग (३५.१ प्रतिशत उत्पादन तथा ६४.८ उपभोग मा खर्च) भइरहेकोछ । अप्रतिस्पर्धी वित्तीय क्षेत्रको सेवा परम्परागत क्षेत्रमा मात्र सिमित (घर, जग्गा, अटो आदि) रहेका छ भने ब्याज निर्धारणमा अस्वस्थ प्रतिस्पर्धा हुने गरेको छ । त्यस्तै लघुवित्तको विस्तारसंगै यसको स्थायित्वको चुनौती बढ्दै गएको छ । नेपाली पूँजी बजार सतही तथा संकुचित दायराको रहेको छ भने नेप्से सूचकांक अस्थीर हरेको छ । विमा सेवा सिमित सहरी क्षेत्रमा केन्द्रित रहेको छ । समग्र वित्तीय क्षेत्रको अनुगमन तथा निरिक्षण प्रणाली कमजोर रहेको छ ।

 
बाह्य क्षेत्र
आयातमा निरन्तर बृद्धि तथा निर्यातमा संकुचनका कारण व्यापार घाटा अत्याधिकरुपमा बढ्दो अवस्थामा रहेको छ । खाद्य वस्तुको पनि आयात बृद्धि हुदै अर्थतन्त्र पूर्ण आयातमुखी बन्दै गएको छ भने विपे्रषण आप्रवाहको बृद्धिदर घटदो हुँदा चालु खाता तथा शोधनान्तर घाटा बढ्दा विदेशी संचितिमा चाप बढ्दो अवस्थामा रहेको छ ।

 
सार्वजनिक खर्च
सार्वजनिक खर्च व्यवस्थापनमा चालुखर्चको आकार बढ्ेका कारण वित्तीय अराजकता बढ्दो अवस्थामा रहेको छ । बिना श्रोत बजेट निर्माण । साना आयोजनामा बजेट बाँडफाँड तथा राष्ट्रिय गौरबका आयोजनामा बजेट अभावका कारण आयोजना समयमा सम्पन्न गर्न चुनौति थपिएकोछ । चालु आ. व.मा विनियोजन विधेयक मार्फत बजटे खर्च गर्ने अख्तियारी आवश्यक नपर्ने तथा स्वीकृत गर्नु नपर्ने व्यवस्था हुँदा पनि बजेट कार्यान्वयनको गति उस्तै छ । पूँजीगत खर्च बृद्धिका लागि कुनै ठोस कार्य भएको छैन । निजामति सेवामा करार नीतिको दुरुपयोग भएको छ भने प्रोत्साहन भत्ताले कार्यसम्पादनमा सकारात्मक प्रभाव पार्न नसकेको अवस्था छ यसले कमजोर वित्तीय अनुशासनको अवस्था प्रदर्शन गर्दछ ।

 
राजश्व
राजश्वको दायरा साँघुरो छ र यो प्रगतिशील र नतिजामुखी छैन । कर प्रणाली आयातमा आधारित छ र आन्तरिक राजश्वको योगदान कम छ । मुल्य अभिबृद्धि करको अप्रभावकारी कार्यान्वयन तथा स्वयंकर निर्धारण आधारित मुल्य अभिबृद्धि करको यथार्थ नहुने गरेको छ । भन्सार विन्दुहरुमा अपेक्षित सुधारको अभाव छ । कर प्रशासनका कर्मचारीको दक्षता, व्यवसायिकता र सदाचारको समस्या यथावत छ । करको दायरा सुधारमा संस्थागत ध्यान गएको छैन् भने राजश्व चुहावट नियन्त्रण प्रभावकारी छैन । पुनरावेदन सुन्ने निकायमा बिचाराधिन मुद्दाहरुको निर्णयमा ढिलाइ हुने गरेको छ ।

 
वैदेशिक सहायता
वैदेशिक सहायता परिचालनमा विसंगति बढ्दै तथा उपयोग अप्रभावकारी बन्दै गएको छ । वैदेशिक सहायतामा बन्ने आयोजनाहरु समयमा सम्पन्न नहुने तथा वैदेशिक सहयोगको ठुलो हिस्सा बजेट प्रणालीमा नै नआउने गरेको छ ।

 
सार्वजनिक ऋण
यो तुलनात्मक रुपमा न्यून ( रु.६ खर्ब ९८ अर्व मा आन्तरिक २ खर्ब ८४ अर्ब) रहेको छ । चालु आ.व. अपेक्षित १.४५ खर्ब मध्ये १.२१ (८२ प्रतिशत) आन्तरिक उठाइएको सकिएको अवस्था छ ।

 
भुकम्प पछिको पुननिर्माण
३ वर्षमा व्यक्तिगत आवास १५ प्रतिशत मात्र, सार्वजनिक क्षेत्रमा ५० प्रतिशत भन्दा कम कार्य सम्पन्न भएको अवस्था छ ।
सार्वजनिक संस्थान
यी संस्थानहरु प्रष्ट नीति तथा मापदण्ड विपरित सञ्चालित छन् । यस्ता संस्थान मध्ये अधिकांशबाट लगानी अपेक्षित प्रतिफल प्राप्त हुन सकेको छैन । सार्वजनिक संस्थानहरुको कोषमा नभएको दायित्वको समस्या सरकारलाई रहेको छ । त्यस्तै निजीकरणको अभ्यास मुलत असफल देखिएको छ ।

श्वेतपत्रमा रहेका त्रुटिहरु
श्वेतपत्रमा वर्तमान समयमा विधमान रहेका जे जति समस्याहरु रहेको उल्लेख गरिएका छन् ती समस्याहरु मध्ये धेरै समस्याहरु वास्तविक छन् । यी समस्याहरु यस अघिको सरकारका कारण भन्दा पनि वि.सं. २०४६ को राजनीतिक परिवर्तन पछि गठन भएका सम्पूर्ण सरकारका गतिविधिका कारण र अझ स्पष्ट रुपमा भन्नुपर्दा २०५६र५७ पछि सरकारको पहँुच जिल्ला सदरमुकाम र केन्द्रकामा सिमित रहेको कारण राजनीतिक दलहरु सहित सरकारका सबै निकायमा सृजना भएको गैह्रजिम्मेवारीपूर्ण तथा अप्रभावकारी कार्यसम्पादन र २०६३ पछिको भागवण्डाको राजनीतिका कारण संरचनागत रुपमानै संचित हुँदै वर्तमानको अवस्थमा देखिएका हुन् । अर्थमन्त्री डा. युवराज खतिवडाबाट देशको वर्तमान आथर््िाक अवस्थाका तथा सरकारको आगामी कार्यदिशा बारे सरोकारवाला तथा आम नागरिकलाई सुसूचित गर्ने उद्देश्यले जारी भएको यो श्वेतपत्र बढि निराशाजनक छ । लामो समयपछिको राजनीतिक संक्रमणको अन्तय भई देश संघीय प्रशासनिक संरचनामा रुपान्तरण भएको अवस्थामा छ । यस्तो संबेदनशील समयमा अर्थतन्त्रको वर्तमान अवस्थाको निराशाजनक चित्रण हुँदा आम नागरिकमा निरासाको सृजना भई व्यवस्था प्रतिनै नकारात्मक धारणाको विकास हुन सक्दछ जसले संघीय प्रणालीको सफल कार्यान्वयनमा समस्या उत्पन्न गर्न सक्दछ । यस सन्दर्भमा यस श्वेतपत्रमा निम्न प्रमुख त्रुटीहरु छन् ।

– विगतलामो समय देखिनै अर्थतन्त्रमा रहेका संरचनागत त्रुटीका कारण देखिएका समस्याहरु संग सम्बन्धि तथ्यांकलाई श्वेतपत्रमा तुलना गर्दा एउटै आधारमा क्रमिक विश्लेषण भएको पाइदैन । वर्तमानका आर्थिक सूचकांकलाई कहि ५ वर्षको, कतै १० वर्ष, कतै २० र कहि २५ वर्षको अधिको अवस्था संग तुलना गरिएको छ । यसले गर्दा कहि तथ्यांक पूर्वाग्रहीरुपले आफु अनुकुल प्रयोग भएको हो कि भन्ने प्रश्न उठ्दछ ।

– श्वेतपत्रको बुँदा नं. ०१ मा नेपालको संविधान पूर्णकार्यान्वयको क्रममा संघ प्रदेश तथा स्थानीय तहको निर्वाचन सम्पन्न भई तीनै तहमा सरकार गठनसंगै विकास र सुशासनको कार्यारम्भ भईसकेको उल्लेख छ तर बुँदा नं. ०७ मा संघीयतामा प्रशासनिक खर्च बृद्धि हुने हुँदा यसको परिचालन चुनौतीपूर्ण भनिएको छ । यसले संघीयताको पूर्णकार्यान्वयन चुनौतीपूर्ण रहेको जनाउँदछ । यसकारण संघीयताको प्रभावकारी व्यवस्थापन भएन भने संघ, प्रदेश तथा स्थानीय तहको सरकार गठनले मात्र विकास र सुशासनको प्रत्याभूमि गर्न सक्दैन ।

– नेपाल राष्ट्र बैंक अनुसन्धान विभागले प्रकाशित गरेको “देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (२०७४ श्रावण देखि माघ)” को प्रतिवेदनले कृष्ोि क्षेत्रको बृद्धि अघिल्लो वर्ष भन्दा कम भए पनि उर्जा, निर्माण, पुनःनिर्माण, पर्यटन क्षेत्रको गतिविधि अघिल्लो वर्षको तुलनामा राम्रो हुने तथा तीनै तहको निर्वाचन पछि सरकार गठन भइसकेकोले निजी क्षेत्रको लगानीको सहज वातावरण सृजना भएकोले २०७४र७५ मा सन्तोषप्रद आर्थिक बृद्धिको परिदृष्य रहने उल्लेख गरिएको छ । तर अर्थमन्त्रीले श्वेतपत्रको बुँदा नं. ०२ मा अर्थतन्त्र एकदमै नाजुक अवस्थामा रहेको चित्रण गर्नु भएको छ । श्वेतपत्रमा अर्थतन्त्रको यस्तो अवस्थाको चित्रण किन गर्न खोजिएको हो प्रष्ट छैन ।

– आ. व. २०७३र७४ को आर्थिक सर्वेक्षण अनुसार कुल गार्हस्थ्य उत्पादमा कुल स्थिर पूँजी निर्माण आ.व. २०७१र७२मा २७.९७ प्रतिशत हरेकोमा आ.व. २०७२र७३ मा २८.८० प्रतिशत भई आ.व. २०७३र७४को प्रारम्भिक अनुमान अनुसार ३३.८ प्रतिशत रहको उल्लेख छ जसलाई लामो राजनितिक संक्रमण तथा विद्यमान राष्ट्रिय आयको आकार अनुसार श्वेतपत्रको बुँदा नं. ०४ मा उल्लेख भए जस्तो पूँजी निर्माण गतिलाई सुस्त भन्न मिल्दैन ।

– श्वेतपत्रको ५ नं. बुँदामा शासकीय प्रबन्ध कमजोर भएका कारण राज्यले प्रदान गर्ने आभारभुत सेवाहरुको गुणस्तर कमजोर भएको उल्लेख छ । यो सहि हो तर वर्तमान सोचको शासकीय प्रबन्धको संरचनामा आमुल परिवर्तन नगरेसम्म माथि उल्लेखित समस्यामा सुधार हुँदैन । श्वेतपत्रमा शासकीय प्रबन्धको संरचनामा गर्नुपर्ने सुधार वारे केहि उल्लेख गरिएको छैन ।

– श्वेतपत्रको पृष्टभूमिको ६ नं. बुँदामा सरकारी ढुकुटी लगभग रित्तो अवस्थमा छ भनिएको छ तर नेपाल राष्ट्र बैंक अनुसन्धान विभागको “देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (२०७४ श्रावण देखि माघ)” को प्रतिवेदनले २०७४ माघ मसान्तसम्म सरकारी ढुकुटीमा स्थानीय तहको खातामा जम्मा भएको रु.८४ अर्ब ३५ करोड सहित रु.३०१ अर्ब ६४ करोड नगद मौज्दात रहेको उल्लेख छ । यो तथ्यांकलाई सहि मान्दा श्वेतपत्रमा के नियतले सरकारी ढुकुटी रित्तो भनियो भन्ने प्रश्न उठ्छ ।

-बुँदा नं. १२ मा दिगो विकास लक्ष्य प्राप्तीका लागि सरकार, निजी क्षेत्र तथा सहकारी क्षेत्रमा उल्लेखनीयरुपमा साधन परिचालन गर्नुपर्ने चुनौती रहेको उल्लेख छ तर नेपालमा राजनीतिक अस्थीरताले सरकारी तथा निजीक्षेत्रको तत्काल क्षमता अभिबृद्धि गर्ने समस्या रहेको छ भने सहकारी सम्बन्धमा यसका सर्वमान्य मुलभुत सिद्धान्त, नेपालको सहकारीमा यसको प्रयोग, सहकारी कसका लागि तथा सहकारीको पारदर्शिता तथा नियमन प्रणाली बारे व्यापक छलफल जरुरी छ ।
ड्ड बुँदा नं. २१ म २० वर्ष अघि औद्योगिक क्षेत्रको उत्पादनको कुल गार्हस्थ्य उत्पादनमा १० प्रतिशत योगदान रहेको र हाल ६ प्रतिशत रहेको उल्लेख छ या तथ्यांक उत्पादनमा नभएर रोजगारीमा योगदान हो । अर्थ मन्त्रालयको आर्थिक सर्वेक्षण २०४७र४८ तथा २०७३र७४ अनुसार औद्योगिक क्षेत्रको उत्पादनको कुल गार्हस्थ्य उत्पादनमा क्रमशः २२ र १४ प्रतिशत योगदान रहेको देखिन्छ । यसरी श्वेतपत्रमा सहि तथ्यांकको प्रयोग पनि नगरेको देखिन्छ ।

– बुँदा नं. २१ मा पच्चिस वर्षको अधिको आ.व. २०४९र०५० को व्यापार घाटा संग आ.ब. २०७३र०७४को व्यापार घाटा लाई तुलना गर्दा ठुलो अन्तर देखिएको छ । २५ वर्षको अवधिको व्यापार घाटालाई क्रमिक रुपमा हेर्दा आ. व. २०६३र६४ पछि व्यापार घाटा तिब्र रुपमा बढेको छ ।

– बुँदा नं. ४० मा विप्रेषण आप्रवाहको बृद्धिदर घट्दो उल्लेख भएको छ तर विगतका वर्षहरु तुलनात्मक रुपमा बन्द हडताल कम भएको र देश राजनीतिक स्थीरता तर्फ उन्मुख भएका कारण तथा विदेशबाट सिप सिकेर आएका युवाहरु स्वदेशमै काम गर्न थालेको हुदा विदेश जाने युवा जनशक्तिमा कमी आएका कारण विपे्रषण आप्रवाहका दर घटेको छ कि भन्ने तर्फ विश्लेषण भएको छैन ।

– दुई तिहाई नजिक रहेको सुविधानजक बहुमत प्राप्त गरेको बाम गठबन्धनको सरकार छँदाछदै दुई तिहाई को सरकार भन्ने शब्द श्वेतपत्रमा किन राखिएको छ रु यसले गर्दा यो श्वेतपत्र प्राविधिक भन्द बढि राजनितिक भयो कि भन्ने प्रश्न उठ्दछ । यसले गर्दा अर्थमन्त्री जस्तो अनुभवी व्यक्तिले अरु कसैले अर्थतन्त्रको समस्या र निराकरणका उपायहरुको प्राविधिक पक्ष भन्दा बढि राजनितिक दृष्टिकोणबाट प्रेरित भई तयार पारेको श्वेतपत्र पढेको जस्तो देखिन्छ ।

वि. सं. २०४६ पछि नीति निर्माण तहमा भएका त्रुटीहरु
अर्थमन्त्रीको श्वेतपत्रमा सरकारको आगामी कार्यदिशामा वित्तीय अनुशासनको पालनालाई बढि जोड दिइएको छ तर अन्य संरचनागत समस्याहरुको निराकरण बिना वित्तीय अनुशासन पनि कायम नहुने तथा राज्यले प्रदान गर्ने आधारभुत सेवाहरुको गुणस्तर पनि बृद्धि नहुने हुँदा संघीय व्यवस्थाको सफल कार्यान्वयन बाट “समृद्ध नेपाल, सुखी नेपाली” बनाउनका लागि तत्काल निम्न संरचनागत सुधार आवश्यक देखिन्छ ।
ड्ड प्रभावकारी शिक्षा प्रणालीः सम्पुर्ण शिक्षा प्रणालीमा समानुकुल परिवर्तन हुन सकेको छैन । शिक्षा व्यवहारिक तथा बैज्ञानिक नहँुदा सीप विहिन प्रमाणपत्रधारी जनशक्तिको उत्पादन भएको छ । नेपालको अर्थतन्त्रको सम्भावनाहरु के हुन ? यसको परिचालन कसरी गर्न सकिन्छ रु कस्तो जनशक्ति चाहिन्छ रु यसको पूर्ति अल्पकाल तथा दिर्घकालमा कसरी गर्ने रु भन्ने जस्ता कुराहरुमा कुनै ध्यान दिइएको छैन । दातृ निकाय वा परामर्शदाताहरुको नीति लागु गरि यस क्षेत्रलाई उनिहरुको प्रयोगाशाला बनाउने काम लाई तत्काल रोकेर देशको आवश्यकता अनुकुलको व्यवहारिक तथा बैज्ञानिक शिक्षा प्रणाली बनाउनु पर्दछ ।
– सामाजिक कुरितिको प्रभावकारी नियमनः श्रमको सम्ममान गर्ने परम्पराको विकासमा विशेष नीति निर्माण गर्न जरुरी छ भने सामाजिक कुरीतिका कारण हुने अनुत्पादनमुलक खर्च नियन्त्रण तथा यस प्रकारको कुरितिका कारण देशको उत्पादन प्रणालीमा पर्ने नकारात्मक प्रभाव रोक्न पनि विद्यमानका रहेका कानूनको प्रभावकारी प्रयोग आवश्यक परेमा थप नयाँ कानून पनि बनाई प्रभावकारीरुपमा कार्यान्वयन गर्नु पर्दछ ।
-कर्मचारी संयन्त्रको प्रभावकारी तथा बैज्ञानिक छनोट प्रकृयाः नेपालमा निजामति तथा अन्य सरकारी निकायमा कर्मचारीको छनोट प्रकृया उसको कार्यसम्पादन प्रतिको प्रष्टता, विश्लेषण गर्ने क्षमता, दुरदृष्टि, समाजप्रतिको उत्तरदायित्व भन्दा पनि रटेर लिखित परीक्षा पास गर्ने परम्परामै सिमित हुन गयो । यस तर्फ विगत वि.सं २०४६ यताको सरकारको ध्यान उल्लेखित रुपमा पुग्न सकेन । यसले गर्दा सम्पुर्ण कर्मचारी संयन्त्रको कार्यसम्पादन प्रभावकारी हुन सकेन छैन । यस कारण कर्मचारी संयन्त्रका छनौट प्रकृयालाई प्रभावकारी तथा बैज्ञानिक प्रभावकारी बनाउन आवश्यक छ ।
ड्ड विद्यालय तथा विश्वविद्यालयमा राजनीतिक प्रभावको न्यूनीकरणः देशको लागि आवश्यक जनशक्ति निर्माण गर्ने तथा सरकारको नीति निर्माणमा सकारात्मक सहयोगका लागि विद्यालय तथा विश्वविद्यालयहरु प्रभावकारी संयन्त्र मानिन्छन तर नेपालको हकमा वि. सं. २०४६ पछि यो क्षेत्र चरम राजनीतिक प्रभावमा परि यहाँबाट प्रवाह हुने सेवाको गुणस्तर खस्किंदै गयो । जसले गर्दा देशको शिक्षा क्षेत्र अन्य क्षेत्रको प्रवभवकारी नीति निर्माण यी संस्थाको भूमिका न्यून रह्यो । यसकारण विद्यालय तथा विश्वविद्यालयको सेवाको गुणस्तर बृद्धि गर्न यी क्षेत्रलाई राजनीतिक प्रभावबाट मुक्त राख्नु पर्दछ ।
ड्ड प्रभावकारी भ्रष्टाचार नियन्त्रण नेपालमा भ्रष्टाचार नियन्त्रणका लागि धेरै निकायहरु जस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय अनुसन्धान विभाग, राष्ट्रिय सर्तकता केन्द्र, राजश्व चुहावट अनुसन्धान विभाग, केन्द्रिय अनुसन्धान ब्युरो आदि जस्ता निकायहरु रहेका छन् । तर यी निकायहरुको काम कर्तब्य तथा अधिकार स्पष्ट रुपमा एक अर्कामा नखप्टिने गरि यी निकायलाई प्रभावकारी बनाउन नसकिएको कारण स(सना भ्रष्टाचारका घटना बाहेक ठुला नीतिगत तहमा हुने भ्रष्टाचार नेपालमा मौलाउदै गएको छ । यसले गर्दा राज्यबाट नागरिकलाई प्रवाह हुने सेवा सुविधा न्यून गुणस्तरको तथा दिगोपन नभएको छ । यसकारण भ्रष्टाचार नियन्त्रण गर्ने निकायहरुको काम कर्तब्य तथा अधिकार स्पष्ट रुपमा एक अर्कामा नखप्टिने गरि यी निकायलाई प्रभावकारी बनाउनु पर्दछ ।

 
ड्ड राजनीतिक प्रभावका मुक्त कारण न्यायपालिकाः नेपालमा विशेषगरि वि. स. २०४६ पछि न्यायपालिकामा राजनीतिक प्रभाव बढेको छ । विभिन्न दलको सक्रिय राजनीति गरेका दलका कार्यकर्तालाई न्यायपालिकामा नियुक्त गर्दा न्यायसम्पादनको स्वतन्त्रता माथि प्रश्न उठने गरेको छ । यस कारण स्वतन्त्र न्यायपालिकाको प्रभावकारितामा बृद्धि गर्नका लागि यस क्षेत्रलाई राजनीतिक प्रभावबाट मुक्त राख्न आवश्यक छ ।

 
ड्ड त्रुटिरहित आर्थिक उदारिकरण नीतिः देशमा आर्थिक बृद्धि गरि अर्थतन्त्रको विस्तार गर्दै रोजगारीको सृजना गर्नका लागि उत्पादन तथा वितरणमा निजी क्षेत्रको सहभागिता अपरिहार्य छ । यसकारण विगतमा आर्थिक उदारिकरणमा भएका त्रुटीहरुको विश्लेषण गरि प्रभावकारी उदारिकरण नीति अवलम्बन गर्दै आयको समान वितरण तथा प्राकृतिक साधनहरको दिगो दोहनमा सरकारले विशेष ध्यान दिनु पर्ने हुन्छ । (त्रिभुवन विश्वविद्यालयका उप प्राध्यापक डा.खनाल, महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा अध्यापनरत छन् ।)

नयाँ बर्षसँगै खजुरा क्यान्सर अस्पताल सञ्चालन तयारी, पौने अर्ब बजेट माग

दैनिक नेपालगन्ज

पश्चिम नेपालकै आधुनिक सुविधा सम्पन्न क्यान्सर अस्पताल बाँकेको खजुरा बजार छेउमा नयाँ बर्षसँगै सञ्चालनमा आउने भएको छ ।

 

खजुरा स्थित सुशिल कोइराला क्यान्सर अस्पताल नयाँ बर्षको प्रारम्भ, आगामी बैशाख अन्तिम साता सञ्चालनमा आउने भएको हो । ‘त्यसका लागि आवश्यक सबै तयारीमा जुटेका छौं’, अस्पतालका अध्यक्ष किस्मत कुमार कक्षपतिले दैनिक नेपालगन्जसँग भने, ‘प्रधानमन्त्री स्वयंले अस्पताल सञ्चालनमा ढिलो गर्न नहुने गरी रुचि देखाउनु भएको छ ।’
संवाददाता पुग्दा अध्यक्ष कक्षपति र अस्पतालका कार्यकारी निर्देशक डा. विश्वराम पौडेल ओपिडि ब्लकमा बेडको व्यवस्थापन हेर्दै थिए । ‘ओपिडि ब्लकको काम लगभग सकिएको छ’, अध्यक्ष कक्षपतिले दैनिक नेपालगन्जसँग भने, ‘एक सय बेडको पूर्वाधार स्वीकृति पाएपनि सबै हिसाबले ५९ बेड तयार गरेर सेवा शुभारम्भ गरिनेछ ।’
स्तन क्यान्सर विशेषज्ञ समेत रहेका कार्यकारी निर्देशक डा. पौडेलले एक सय शैय्याको पूर्वाधार सबै सञ्चालनमा ल्याउन ८० चिकित्सकको दरबन्दी आवश्यक रहने जानकारी दिए । ‘त्यतिञ्जेल उपलब्ध जनशक्तिबाटै सेवा सुविधा प्रवाह गर्ने काम अगाडि बढाइने छ’, डा. पौडेलले भने, ‘कतिपय सेवा, सुविधाहरु भरतपुर क्यान्सर अस्पताल भन्दा स्तरीय दिनेगरी भौतिक पूर्वाधारहरु तयार गरिएका छन् ।’
दुई जना अंको सर्जन, दुई मेडिकल अफिसर, नर्सिङ इन्चार्ज, आठ जना स्टाफ नर्स सहित २७ जनाको दरबन्दी लोकसेवा आयोग मार्फत पूर्ति गरेको क्यान्सर अस्पतालले ११ जना थप कर्मचारी ‘आउट सोर्सिङ’बाट भर्ना प्रक्रिया अगाडि बढाएको छ । ‘सुरक्षादेखि सरसफाईसम्मका कर्मचारीहरु कन्ट्रयाक बेशमा लिंदैछौं’, अध्यक्ष कक्षपतिले भने ।


२०६५ सालमा कक्षपतिको अगुवाईमा संगठित स्थानीयबासीले महायज्ञ लगायर प्रखर परोपकार मिशन सुरु गरेका थिए । ‘महायज्ञबाट पाँच करोड बोलकबोल भएपनि तीन करोड रुपैयाँ संकलन गर्न सफल भइयो’, संस्थापक अध्यक्ष कक्षपतिले अस्पतालको सपना विजारोपण हुँदाको स्मरण गर्दै भने, ‘त्यो जनसहभागिता नै यो अस्पतालको जग हो ।’ हुनपनि त्यसको केही बर्षपछि माधव कुमार नेपाल प्रधानमन्त्री भएपछि अस्पताललाई सरकारी बजेट दिन थालिएको थियो ।
हालसम्म ३५ करोड बढी लगानी भैसकेको अस्पतालका भौतिक संरचना निर्माणमा थप २५ करोड रुपैयाँ यस बर्षका लागि माग गरिएको छ । ‘उपकरण र प्रशासनिक खर्चका लागि ४५ करोड ५० लाख र भवन निर्माणका लागि २५ करोड थप बजेट माग गरिएको छ’, निर्मार्णाधिन रेडियोलोजी ब्लक देखाउँदै अध्यक्ष कक्षपतिले भने, ‘शुभारम्भ अघि यो काम सकिसक्नेछौं ।’
अध्यक्ष कक्षपति, कार्यकारी निर्देशक डा. पौडेल लगायतको टोली अबेर साँझसम्म अस्पताल परिसरमै व्यस्त देखिन्थ्यो । ‘अहोरात्र खटिएर बैशाखको अन्तिम सातासम्म अस्पताल सञ्चालन गरेरै छाड्ने गरी काम भैरहेको छ’, उनले त्यसो भनिरहँदा ओपिडि ब्लकमा दर्जनौं मजदुर काममा खटिएका थिए ।
देशकै सुविधा सम्पन्न क्याबिन सहितका ५९ शैय्या जडान भैरहेको क्यान्सर अस्पतालमा ल्याब, एक्सरे मेसिन, अत्याधिक सुविधा सम्पन्न अपरेश थियटर तयार भैसकेको छ । ‘एम्बुलेन्स पनि आइसक्यो’, अध्यक्ष कक्षपतिले उत्साहित हुँदै भने, ‘पश्चिम नेपालकै लागि गौरवपूर्ण अस्पताल निर्माण कार्यले छिट्टै सार्थकता पाउँदैछ ।’ ओपिडि ब्लक निर्माण सकिएको, रेडियोलोजी ब्लक अन्तिममा पुगेको जानकारी दिंदै अध्यक्ष कक्षपतिले भने, ‘प्रशासनिक ब्लक, चिकित्सक क्वाटर र फार्मेसी ब्लक निर्माणका लागि बजेट माग गरिएको हो ।’ अस्पतालले आफ्नै फार्मेसी व्यवस्थापन गरी सहुलियत दरमा औषधी बिक्री वितरणको व्यवस्था मिलाउने योजना बनाएको अध्यक्ष कक्षपतिले जानकारी दिए ।

नेपालीको निर्विकल्प बाटो

 


सीमित स्रोतको रचनात्मक विनियोजन र त्यसको गुणस्तरीय कार्यान्वयन आजको अहम् सवाल हो । स्रोतको न्यायपूर्ण वितरण कल्याणकारी राज्यको मूख्य चरित्र हो । के यस्तो चरित्रको राज्यनिर्माण होला ?


विज्ञको रुपमा समेत नाम चलेका अर्थमन्त्रीले मुलुकको अर्थतन्त्रको दुरुह चित्र ‘श्वेत पत्र’ मार्फत सार्वजनिक गरेसँगै यसले समृद्धिको चर्चा र बहसमा प्रश्नवाचक तरङ्ग त ल्याएको छ नै, कतिपय गम्भीर विषयमा छलफलको बाटो पनि खोलेको छ । यस आलेखको उद्देश्य अहिले सतहमा आइरहेको बहसलाई सकारात्मक बल दिने र राज्यको पुनर्संरचना सँगै स्थानीय र प्रदेश सरकारहरुलाई आफ्नो भूमिका खोज्नमा प्रेरित गर्ने हो ।
नेपालको बौद्धिक जगतले केही दिनअघि जारी गरिएको पत्रलाई श्वेत पत्र भन्ने या नभन्ने जस्ता बोक्रे कुरा गर्दै समय खेर फाल्यो । खासमा छापाहरुमा यसबारे समाचारले प्राथमिकता पाए अनुरुप बौद्धिक जमात बहसमा सल्बलाएन र हाम्रो बौद्धिक जमात माथी लाग्ने गरेको यो ‘जमात शब्दको फेर पकड्दै बोक्रे गलफत्तीमा मात्र रमाउँछ, परिवर्तनका लागि बौद्धिक मन्थनसँग यसको कुनै लेनादेना छैन’ भन्ने आरोपलाई झण्डै पुष्टि गर्न खोज्यो ।
समस्याको चुरो
अर्थमन्त्रीद्वारा प्रस्तुत नेपाली अर्थतन्त्रको यो चित्रले तिब्र आर्थिक बृद्धि र विकास चाहनेहरुलाई झस्काएको छ र आफ्ना विकास प्राथमिकतामा फेरि पुनरावलोकन गर भन्ने सन्देश दिएको छ । धेरै समय देखि नेपाली अर्थतन्त्रको अवस्था यस्तै थियो तर यसलाई आधिकारिक रुपमा स्वीकार गरिएको थिएन । पूँजीबजार सुन्निएर ठूलो देखिएको थियो । पूँजीगत खर्च वा विकास खर्च गर्न नसक्दा राज्यकोषमा विनियोजित रकम बर्षेनी फिर्ता हुथ्यो र ढुकुटी बलियोनै छ भन्ने भ्रम रहिरहन्थ्यो । तर राज्यको पुनर्संरचना र तीन तहको सरकार भूमिकामा आएपछि र स्थानीय तहमा बजेट प्रवाह भएपछि राज्यकोष रित्तिनु नयाँ विषय थिएन । अब, यसले नेपाली जनताको विकास आवश्यकतालाई विभिन्न तहका सरकारहरुले कसरी सम्बोधन गर्छन् र आइपर्ने प्रशासनिक खर्चको भार थेग्न कस्तो उपाए निकाल्छन् भन्ने कौतुहलता बढाएको छ । हामी कहाँ केही बर्ष देखि राजस्व संकलन भन्दा प्रभावकारी खर्च गर्ने क्षमता अभावको कुरा मुख्य मुद्दा थियो तर खर्च गर्ने क्षमतामा उल्लेखनीय सुधार नहुँदानहुँदै पनि अब राजस्व, आन्तरिक तथा बाह्य लगानी, अनुदान सहयोग तथा अतिआवश्यक क्षेत्रमा ऋणका बारेमापनि घोत्लिनु पर्ने अवस्था आएको छ । र, यससँग उपलब्ध स्रोत साधनको विवेकपूर्ण र किफायती प्रयोगको सवालले पनि छलफलमा प्रवेश पाएको छ ।
राजस्व बृद्धिको बाटो
करको दायरा र दर नै राजस्वको मुख्य आधार हो । तर यो भन्दापनि नीतिगत भ्रष्ट्राचारलाई मात्र रोक्न सकियो भने राजस्व संकलनमा अपेक्षित प्रगति गर्न गाह्रो छैन । करछली गर्ने ठूलाबडा नै हुन्छन् । उनीहरुलाई नियम भित्र ल्याउन स्वच्छ राजनीतिक र प्रशासनिक इच्छाशक्ति चाहिन्छ तर यो असम्भवभने छैन । हालकै तौरतरिकाले मात्र त केही नहोला । स्थानीयतहमा पनि राजस्वको दायरा विस्तार र पर्दा पछाडीका कर्मकाण्डहरु रोक्न सकेमा आन्तरिक राजस्व बृद्धि सम्भव छ । तर यसकालागि संकलित कर राजस्वको समुचित प्रयोग मार्फत जनताले तिरेको कर जनतालाई नै लाभान्वित गरेर फिर्ता गर्न सकियो भने मात्र कर तिर्ने संस्कृति बलियो बन्नेछ । तर संकलित रकम सबै चालु तथा प्रशासनिक खर्चमा रित्तिन थाल्यो भने लोकतान्त्रिक सरकारहरुसँग जनतालाई कर लगाउने नैतिक आधार रहँदैन ।
पूँजीगत खर्चमा जोड
मुख्यगरी रोजगारी प्रबद्र्धन गर्ने र उत्पादनतथा सेवा विस्तार गरी आर्थिक गतिशीलतामा मद्दत गर्ने संरचनागत विकासमा स्थानीय तथा प्रदेश सरकारहरु केन्द्रित भएभने दुई तीनवर्ष पछि त्यसको सकारात्मक असर देखिन थाल्नेछ । यो बाटोबाट कामदारको ज्यालामा बृद्धि गर्ने र उनीहरुको जीवन स्तर माथि ल्याउन र सार्वजनिक सेवाहरुमा उनीहरुको सहभागिता बढाउन टेवा पुग्नेछ । त्यसैगरी अर्को महत्वपूर्ण दीर्घकालिन लगानीको क्षेत्र भनेको शिक्षा हो जहाँ गरिएको लगानी कहिल्यै खेर जाँदैन । अझ सामाजिक प्रतिफल उच्च रहने विद्यालय शिक्षाको जिम्मेवारी मात्र होइन जवाफदेहीता पनि स्थानीय सरकारले बहन गर्न सक्नु पर्छ ।
किफायती सेवा प्रवाह
सरकारी सेवा प्रवाहमा चुस्तता, गुणस्तरियता र छरितोपना ल्याउनु सकिएन भने जनताका लागि लोकतन्त्र एकादेशको कथा मंै सिमित हुने निश्चित छ । आवश्यकताहरु धेरै छन् र अहिले स्थानीय र प्रदेश तहमा जनशक्ति कम छ । तर पनि उपलब्धजन शक्तिको व्यवस्थापनमा पनि ध्यान नपुगिरहेको जस्तो देखिन्छ । किफायती सेवाप्रवाह नै आजको समयको माग हो । यसका लागि नेतृत्व क्षमताले मात्र पुग्दैन व्यवस्थापकीय सक्षमता र सीपको पनि खाँचो पर्दछ । के यसका लागि हाम्रो स्थानीय तथा प्रादेशिक तहका सरकारमा आएकाहरुले वर्तमानका चुनौतिहरुलाई सामना गर्न सिर्जनशील र अँझ बढी जिम्मेवार बन्न जाँगर देखाउलान ? यही प्रश्नमा लोकतन्त्रको भविष्य निर्धारण हुँदै जानेछ ।
पुछारमा,
राज्यको पुनर्संरचनाको दौर चलेको पनि धेरै बर्ष भैसक्यो र निर्वाचन पश्चात यो पूर्ण कार्यान्वयनको चरणमा प्रवेश गरेको छ । यो नयाँ संरचनाको सान्दर्भिकता यसको उपयोगिता र जनताको जीवनमाआउने परिवर्तनबाट मात्र नापिने हो । अहिलेको राजनीतिक नेतृत्व स्थानीय, प्रदेश तथा संघ लगायत सबै तिर रचनात्मक र गम्भीर भएन भने वर्तमानको स्रोतको सीमिततामा रहेर जनताका अपेक्षा पूरा गर्नमा असफल हुने जोखिम अत्यधिक छ । त्यसैले सीमित स्रोतको रचनात्मक विनियोजन र त्यसको गुणस्तरीय कार्यान्वयन आजको अहम् सवाल हो र स्रोतको न्यायपूर्ण वितरण कल्याणकारी राज्यको मूख्य चरित्र हो । के यस्तो चरित्रको राज्य निर्माण होला ? हुनैपर्छ । नेपालीका लागि यो भन्दा अर्को बाटो उपलब्ध छैन । (पोखरेल सामाजिक अभियन्ता हुन्)

१८ बालक सहित फन्दामा तस्कर

रुपैडिहा (भारत)/एसके मधेशिया

दैनिक नेपालगन्ज

नेपालबाट भारत तर्फ मानवतस्करी गर्दै आएको एउटा गिरोहलाई एसएसबीले आइतबार फन्दामा लिन सफल भएको छ ।
एसएसबी रुपईडिहाले १८ बालक सहित ४ जना मानव तस्करलाई पक्राउ गरेको छ । तीन वटा समूहमा छुट्टा छुट्टै भारत तर्फ लैजाँदै गर्दा एसएसबीको चेकजाँचमा उनीहरुलाई पक्राउ गरिएको हो ।

 

फन्दामा परेका तस्कर बाँके बनकट्टी बस्ने अहमद हुसेन संग नेपाली नागरिकता र भारत गुजरातको आधारकार्ड बरामद भएपछि सो बारे छुट्टै अनुसन्धान अघि बढाइएको एसएसबी कमाण्डेन्ट जयप्रकाशले बताए । दोहोरो नागरिकताको प्रयोग गरी तस्करले आफुलाई भारतीय नागरिक प्रमाणित गर्ने प्रयास गरेपछि सो बारे फरक अनुसन्धान अघि बढाइएको छ । १८ जना बालक र ३ मानव तस्करलाई जमुनाहा प्रहरीको रोहबरमा माइती नेपालको जिम्मा लगाइएको एसएसबीले जनाएको छ ।

 

जाजरकोट बस्ने संत बहादुर सिंह, कमल गौतम सहित बालकलाई नेपाली प्रहरीको जिम्मा लगाइएको हो । उनीहरु बालकलाई भारतीय क्षेत्रको उत्तराखण्ड तर्फ लैजान लागेको अनुसन्धानबाट खुलेको एसएसबीले जनाएको छ ।
नेपाली क्षेत्रबाट भारतीय क्षेत्रमा महिला तथा बालबालिकाको तस्करी हुने गरेको तथ्य बारे एसएसबीले सतर्कता देखाउँदै आएको छ ।

यस्ता छन्, प्रदेश सरकारका नीति तथा कार्यक्रम

प्रदेश समृद्धिका लागि कृषि, उद्योग र पर्यटन मुख्य आधार
‘समृद्ध प्रदेश, खुशी जनता’

भरत केसी/बुटवल

प्रदेश नं ५ को सरकारले प्रदेशको समृद्धिका लागि कृषि, उद्योग र पर्यटनका माध्यमबाट समग्र आर्थिक सामाजिक विकासको रणनीति अवलम्बन गर्ने नीति अगाडि सारेको छ । प्रदेश सरकार योजनाबद्ध रुपमा विकास र समृद्धिको लक्ष्य हासिल गर्ने दिशामा अघि बढ्न संकल्पित रहेको समेत प्रतिबद्धता जनाइएको छ । प्रदेश सरकारका तर्फबाट आज प्रदेशसभामा प्रदेश प्रमुख उमाकान्त झाले प्रस्तुत गर्नुभएको सरकारको नीति, कार्यक्रममा सरकारले प्रादेशिक विकासको अवधारणा तयार गरी योजनाबद्ध विकासको बाटोमा अघि बढ्ने नीतिअन्तर्गत अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना तर्जुमा गर्ने कुरालाई उच्च प्राथमिकता दिइने जनाइएको छ ।

 

सरकारले सरकारी, निजी र सहकारी क्षेत्रका माध्यमबाट प्रदेशको आर्थिक विकास गर्ने नीति अगाडि सारेको छ । यसका साथै प्रदेशको विकासमा स्वदेशी र विदेशी पूँजी लगानीलाई आकर्षित गर्ने नीति अवलम्बन गर्दै प्रदेशको विकास र समृद्धिका लागि आगामी आबमा सञ्चालन गर्न सकिने सम्भाव्य आयोजनाको पहिचान र सम्भाव्यता अध्ययनमा जोड दिइनेछ ।

 

सरकारी, निजी र सहकारी क्षेत्रको सहकार्य, समन्वय र सहभागितामा आधारित प्रदेशको समग्र विकासको योजना अघि नीति अगाडि सारिएको छ । प्रदेश सरकार लगानीमैत्री सुरक्षित वातावरणका लागि प्रतिबद्ध रहेकाले निजी क्षेत्रलाई ढुक्क भएर यस प्रदेशमा लगानी गर्न प्रदेश सरकार आह्वान गरिएको छ ।

 

नीति कार्यक्रममा एशियाकै ठूलो र सुन्दर उपत्यका दाङ, शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्बिनी तथा बुद्धकालीन ऐतिहासिक स्थलसमेत रहेको यो प्रदेश भौगोलिक, सामाजिक, धार्मिक तथा सांस्कृतिक दृष्टिले विविधतायुक्त रहेकाले नेपालको प्रायः सबै भू–भागको विशेषता बोकेको यो प्रदेश ‘मिनी नेपाल’को रुपमा रहेको भन्दै प्रदेशको विकास भन्नु नै समग्र मुलुकको विकास हुनु हो भन्ने उल्लेख गरिएको छ ।

 

राजमार्ग सुरक्षामा चासो
प्रदेशमा पर्ने सबैभन्दा जोखिमयुक्त राजमार्ग सिद्धार्थ राजमार्गको रुपन्देही एवं पाल्पा जिल्लाको सीमानामा पर्ने सिद्धबाबा क्षेत्रको सिद्धार्थ राजमार्गमा पहिरोका कारणले बर्से्नि हुने धनजनको क्षतिलाई न्यूनीकरणका लागि उपयुक्त विकल्पको पहिचान गरी आवश्यक कार्य अघि बढाइने उल्लेख गरिएको छ ।

 

प्रदेशमा सञ्चालित केन्द्रीयस्तरका र राष्ट्रिय गौरवका आयोजनालगायत सञ्चालनमा रहेका अन्य आयोजनाको सहज कार्यान्वयन र समयमै सम्पन्न गर्न अनुगमनलगायत कामसमेत संघीय सरकारसँग समन्वय गरी गरिने र महाभारत शृंखलामा पर्वतीय पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले प्रादेशिक पहाडी लोकमार्गको अवधारणा अघि बढाइने छ ।

पहाडी जिल्लाका सदरमुकाम जोड्ने मार्गलाई दुई लेनको कालोपत्रे स्तरको बनाइने छ । साथै प्रदेशको पूर्वमा परासीको त्रिवेणी सुस्तादेखि पश्चिममा राजापुरसम्मको हुलाकी राजमार्ग निर्माण कार्य समयमै सम्पन्न गर्न पहल गरिने छ ।

‘मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम’

प्रदेशअन्तर्गतका आर्थिक तथा सामाजिक रुपले सबैभन्दा पछाडि परेका पहाड र तराई क्षेत्रका गाउँपालिकालाई लक्षित गरी समष्टिगत विकासको योजना र कार्यक्रमसहित ‘मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम’ लागू गरिने छ ।

‘समृद्ध प्रदेश, खुशी जनता’

यस्तै प्रदेशलाई आर्थिक र सामाजिकरुपले समृद्ध प्रदेश बनाउने लक्ष्यका साथ ‘समृद्ध प्रदेश, खुशी जनता’को लक्ष्य अघि बढाउने नीतिसहित उपलब्ध स्रोत र साधनको प्रभावकारी उपयोग र आवश्यक थप वित्तीय स्रोतको खोजी गरिने बताइएको छ । पर्यटन क्षेत्रको विकासका लागि सरकारले विश्वमै प्रसिद्ध शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्बिनी एवं बुद्धसँग सम्बन्धित तिलौराकोट, रामग्राम, देवदह, निग्लीहवा, कक्रहवा र कुदानजस्ता ऐतिहासिक स्थलको संरक्षण र विकास गर्ने, पाल्पा दरबार, रानीमहल, जितगढी किल्ला, नुवाकोट, छिल्लीकोटजस्ता ऐतिहासिक स्थलको संरक्षण र विकास गर्ने नीति अवलम्वन गरिने छ ।

 

यसैगरी धार्मिक पर्यटनका सम्भावित क्षेत्र प्यूठानको स्वर्गद्वारी, गुल्मीको रिडी रेसुंगा, दाङको धारापानी, रिहार र बाह्रकुने दह, परासीको त्रिवेणीजस्ता क्षेत्रको विकास र प्रवद्र्धनमा जोड दिइने सरकारको नीति अगाडि सरेको छ ।
यस्तै दुर्लभ पाटेबाघको संरक्षण क्षेत्रका रुपमा रहेको बाँके, बर्दिया राष्ट्रिय निकुञ्ज तथा ढोरपाटन शिकार आरक्षण क्षेत्र, पाहुना चराको महत्वपूर्ण गन्तव्य बन्न पुगेको जगदीशपुर तालको संरक्षण र विकासमा जोड दिइने छ ।
सरकारले नयाँ पर्यटकीय गन्तव्यका लागि मोनो रेल, क्यानोयिङ, ट्रेकिङ, जैविक विविधता तथा विशेष सांस्कृतिक संग्रहालय, गार्डेन सिटी, केबलकार, भिलेज, होम स्टे, हिल स्टेशन आदिको सम्भाव्यता अध्ययन गरी विकास गर्दै लैजाने भएको छ ।

 

ऐतिहासिक र प्राचीन क्षेत्रलाई जोड्ने बाटोलाई पर्यटकीय पदमार्गका रुपमा विकास गर्ने र चारवटै उपमहानगरपालिका आसपासका क्षेत्रमा आधुनिक चिडियाखाना र वनस्पति उद्यानसहितको बहुउद्देश्यीय पार्क निर्माण, पूर्व–पश्चिम राजमार्ग आसपासमा आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले शैक्षिक तथा मनोरञ्जन पार्कको स्थापना गर्न सम्भाव्यता अध्ययन गरिने छ ।

सुशासन र रोजगारी

प्रदेश सरकारको कार्य प्रणाली सुशासनको मूल्य र मान्यतामा आधारित रहने भन्दै यसका लागि मुख्यमन्त्रीको अध्यक्षतामा सुशासन, अनुगमन तथा मूल्याङ्कन संयन्त्रको स्थापना गरिने नीति सरकारको रहेको छ । रोजगारीका अवसर सिर्जना गरी गरिबी अन्त्य गर्ने, आर्थिक र सामाजिक क्रियाकलापमा सबैको समान पहँुच सुनिश्चित गर्ने कुरालाई प्रादेशिक विकासको रणनीतिका रुपमा अवलम्बन गरिने छ । शहरी जनसंख्याको वृद्धिदरलाई ध्यानमा राखी दीर्घकालीन योजनासहितको तीन महानगरको स्थापना गरी समग्र प्रदेशको आर्थिक सामाजिक विकासको रणनीति अवलम्बन गरिने छ ।

 

सहकारीलाई आर्थिक खम्बाका रुपमा लिँदै प्रदेशको विकास गर्न सहकारीका सदस्यले उत्पादनमूलक कार्य गर्न उत्पादनमा आधारित भएर सहुलियत ऋण तथा अनुदानको व्यवस्था गर्न सहकारी विकास कोष स्थापना गरिने छ ।

कृषि व्यवसायमा आत्मनिर्भर बनाइने

कृषि, पशु तथा मत्स्यपालनका लागि उत्पादनमा आधारित भएर अनुदान नीति अवलम्बन गरी यसको लागि कृषि अनुदान कोष स्थापनाको प्रक्रिया अघि बढाई माछाजन्य, दुग्धजन्य, मासुजन्य पदार्थमा आत्मनिर्भर बनाउन आधुनिक प्रविधि प्रयोग गरी दाना उत्पादन गर्ने उद्योग र उद्यमीलाई प्रोत्साहन गरिने छ । सिञ्चित क्षेत्र विस्तार गरी वर्षैभरि सिँचाइ सुविधा उपलब्ध गराउन सिँचाइका सम्भाव्य सबै प्रविधि र प्रणालीको विकास गर्ने कार्यलाई प्राथमिकताका साथ अगाडि बढाउने र भेरी–बबई डाइभर्सन, सिक्टा र बड्कापथ सिँचाइ आयोजनाको कार्यान्वयनमा जोड दिइने छ ।

 

यस्तै कालीगण्डकी तिनाउ डाइभर्सन, दाङको गुहार खोला र कटुुवा खोला तथा कपिलवस्तुको सुराइनाका हाई ड्यामको सम्भाव्यता अध्ययनको प्रक्रिया अघि बढाइ तराईका सिँचाइयोग्य जमिनमा स्यालो ट्यूबेल र पहाडी जिल्लाका लागि बैकल्पिक सिँचाइ प्रणाली विकासको नीति लिइने छ ।

 

वित्तीय सुशासन कायम गरिने

पारदर्शी बजेट तर्जुमा नीति अवलम्बन गरी स्रोतको मितव्ययी र प्रभावकारी ढंगले उपयोग गर्दै वित्तीय सुशासन कायम गर्ने नीति लिइने जनाइएको छ । प्रदेशमा अत्यावश्यक वस्तु तथा सेवाको सहज, सुलभ र नियमित आपूर्तिका लागि सार्वजनिक, निजी तथा सहकारीको सहकार्यको प्रणालीलाई स्थापित गरी कृत्रिम अभाव, गुणस्तरहीन उपभोग्य वस्तुको बेचबिखन, भ्रमपूर्ण विज्ञापन, नापतौल ठगीे नियन्त्रण तथा सिन्डिकेट र कार्टेलिङको अन्त्य गरी स्वस्थ प्रतिस्पर्धा बजार व्यवस्थालाई प्रोत्साहन गरिने सरकारले प्रतिबद्धता जनाएको छ ।

 

प्रदेशस्तरमा सहज ढंगले कर्जाको उपलब्धता र वित्तीय पहुँच अभिवृद्धिको लागि प्रादेशिक वित्तीय संस्था स्थापना सम्बन्धमा सम्भाव्यता अध्ययन गरी कार्यान्वयनका लागि आवश्यक कानूनी आधार तयार पारिनेछ ।
संविधानप्रदत्त जनताको मौलिक हक र अधिकारको निर्वाध उपयोगको वातावरण सिर्जना गर्न आन्तरिक सुरक्षा नीति तर्जुमा गरी कार्यान्वयन गर्ने र उद्योग क्षेत्रको सुरक्षाका लागि संघीय सरकारसँग विशेष समन्वय गरी प्रदेशस्तरबाट दिगो र भरपर्दो सुरक्षाको प्रबन्ध गरिने भएको छ ।

 

प्रदेश प्रमुख झाले प्रदेश सरकारले लिएका नीति कार्यक्रम कार्यान्वयनका लागि प्रदेश सरकारको एक्लो प्रयासबाट मात्र सम्भव नहुने भन्दै यसका लागि प्रदेशका जनताको सामूहिक प्रयासको खाँचो औँल्याउनुभएको छ । उहाँले प्रदेश सरकार संघीय सरकार, स्थानीय सरकार र विकासका साझेदार सबै संस्थासँगको सहकार्यमा विकास र समृद्धिको बाटोमा अघि बढ्न दृढसंकल्पित रहेको भन्दै प्रदेशको समृद्धि र विकासका लागि प्रदेश सरकार राजनीतिक दल, निजी क्षेत्र, नागरिक समाज तथा आम जनताको राय सुझावलाई ग्रहण गर्दै प्रादेशिक विकासको अवधारणा, अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना तर्जुमाको पक्षमा रहेकाले प्रदेश सरकारको विकास र समृद्धिको अभियानमा सहभागी हुन अनुरोध गर्नुभएको छ ।

 

बैठकमा प्रदेश प्रमुखले सरकारको नीति कार्यक्रम प्रस्तुत गरेपश्चात आइतवारनै दोस्रो सत्रको बैठकमा उक्त नीति कार्यक्रम सरकारका तर्फबाट मुख्यमन्त्री शंकर पोखरेलले टेबल गर्नुभएको थियो । ‘नीति तथा कार्यक्रम पास गरियोस्’ भनी प्रदेशसभा सदस्य नारायण आचार्यको प्रस्तावमा अर्का प्रदेशसभा सदस्य पूर्वबहादुर घर्तीले समर्थन गर्नुभएको थियो । बैठकमा टेबल भएको नीति कार्यक्रम सभामुखले ‘बैठकमा पास गरियोस्’ भनी प्रस्ताव गर्न सर्वसम्मतले पास भएको छ । नीति तथा कार्यक्रम आज सोमबार बस्ने बैठकमा सैद्धान्तिक छलफल अगाडि बढाइने भएको छ । (रासस)

भ्रष्टाचार नियन्त्रणमा निरन्तर खवरदारी

वसन्त गौतम

भ्रष्टाचारलाई वृहत् नेपाली शब्दकोषले पतित आचरण र दूषित मर्यादाको रुपमा व्याख्या गरेको छ । नियम वा कानुन विरुद्ध नैतिक पतन हुने गरी घुस खाइ पक्षपातपूर्ण निर्णय र व्यवहार गर्ने काम, भ्रष्ट मनसाय वा घुसखोरीको काम नै भ्रष्टाचार हो ।

 

राजनीतिक दलहरूका बजेट, चन्दा संकलन वा अपारदर्शी शैली, सार्वजनिक अडिटिङको अभाव र खर्चिलो निर्वाचन प्रणालीका कारण पनि भ्रष्टाचारजन्य कार्यमा बढोत्तरी भैरहेको छ । यसै गरि महत्वपूर्ण संवैधानिक, राजनीतिक र कूटनीतिक पदहरूको दलीय भागवण्डा र सरकारी ठेक्कापट्टामा अपनाइने अपारदर्शिता बढ्दो भ्रष्टाचारका कारक बन्ने गरेका छन् ।

 

वास्तवमा, भन्ने हो भने राजनीतिज्ञका साथै सार्वजनिक ओहोदामा रहेका पदाधिकारीहरु सरकारी विकास बजेट दोहनमा लिप्त रहने प्रवृत्ति भष्टाचार नियन्त्रण चुनौतीपूर्ण बनेको छ । जवाफदेहीता र पारदर्शिताविना संचालन गरिने बिकाश निर्माणका कार्यले पनि भष्टाचार हुनमा मद्दत पुर्याइरहेको छ ।

 

अहिले बिश्वभरि खुला र पारदर्शी सरकारको अवधारण अगाडि आएको छ । नागरीक र सरकारी निकायको आपसी समन्वय, सहकार्य र सहभागितामा काम कारवाही संचालन गर्ने परिपाटीको बिकाश भए पनि नेपालमा त्यसले अझै सस्थागत रुप लिन सकेको छैन । नेपाली राजनीति र राज्य सञ्चालनमा जवाफदेही भनेको पटक्कै देखिदैन । नीति, निर्माण र कार्यान्वयनमा पारदर्शिताको सर्वथा अभाव रहेको देखिन्छ । सरकारी काम कारवाहीलाई समय समयमा सार्वजनिक गर्नु पर्ने, आफ्नो कार्यालयको सेवा सुबिधाका बारेमा सार्वजनिक बडापत्र जारी गरि सो अनुसार सेवा प्रवाह गर्नु पर्नेमा सबै निकायले सो बमोजिम कार्य गरेको पाइँदैन । नेपालमा भ्रष्टाचार आम प्रवृतिको रुपमा देखिन थालेको छ । दण्डहीनताको संस्कृति मौलाउँदै जाँदा भ्रष्टाचार त्यही अनुपातमा झांगिदै गएको छ ।

 

 

बर्षेनी हजारौं नेपालीहरु सामान्य औषधि उपचार नपाएर कालको मुखमा पर्छन् । पेटभरी खान नपाएर वा उमरै नपुगी बुढो हुन्छन् । लाखौं युवाहरु आफ्नो देशमा रोजगारी पाउन नसक्दा बिदेशी भूमिमा आफ्नो रगत पसिना बगाएर देशको अर्थतन्त्रलाई टेवा दिन्छन् । बिडम्बना भष्टाचारीहरु अर्बौ भ्रष्टाचार गरेर निर्लज्ज मुस्कुराउँछन् । यस्ता भ्रष्टाचारीका कारण लाखौं नेपाली जनताको मानव अधिकार हनन भए पनि उनीहरु दण्डहिनतामा रमाउन्छन् । आज देशका अधिकांस जनतालाइ आधारभूत आवश्यकता पुरा गर्न धौ धौ भैरहेको छ ।

 

 

भ्रष्टाचार एक्लै गरिने कार्य होइन । यो त संगठित र संस्थागत रुपमा समेत भएको पाइन्छ । सरकार, राजनीतिक दलहरु, सरकारी कर्मचारीहरु र गैरसरकारी संस्थाहरु सार्वजनिक रुपमा एकले अर्कालाइ दोष दिइरहन्छन तर कतिपयले आपसमा मिलेर भ्रष्टाचार गरिरहेका हुन्छन् । जनाताले आधारभूत सेवाका लागी घुस दिनु सामान्य जस्तै बनेको छ ।

 

 

भ्रष्टाचार नियन्त्रणलाई प्रभावकारी गराउने उद्देश्यले नेपालको नयाँ संविधान लगायत प्रशस्त कानुनी आधार समेत तयार गरिएको भए पनि भ्रष्टाचार नियन्त्रणको अभियान गतिशील र प्रभावकारी हुन सकेको छैन । नेपालमा भ्रष्टाचारको अवस्थाका बारेमा भएका विभिन्न अध्ययन अनुसन्धानले समेत यस तथ्यलाई स्पष्ट गरेको छ ।

 

 

ठूला परियोजना सञ्चालनमा नीतिगत निर्णय, न्याय प्रशासनमा नागरिकको पहुँच सहजै नपुग्नु, सार्वजनिक सेवाप्रवाह गर्ने निकायमा मौलाएको कमिसन र घुसखोरी, आर्थिक वर्षको अन्त्यतिर बजेट रित्याउने प्रवृत्तिका कारणले पनि भ्रष्टाचारजन्य कार्यमा बढोत्तरी भैरहेको छ । यसै गरि राजनीतिमा अपराधीकरण, अपारदर्शी खरिद प्रक्रिया, सरकारी नियुक्ति तथा सरुवा–बढुवामा आर्थिक मोलमोलाई लगायतमा सुधार आउन नसक्दा सुशासन र भ्रष्टाचार नियन्त्रण प्रमुख चुनौती बनेको छ । सरकारी आँकडा अनुसार विकास निर्माण सम्बन्धी कुल बजेटको ८० प्रतिशत भन्दा बढी खर्च आर्थिक वर्षको अन्त्यतिर हुने गरेको छ । भ्रष्टाचार नियन्त्रणका लागि यो सबैभन्दा चुनौतीको रुपमा देखिएको छ ।
भष्टाचारले देशको विकास र शान्ति र सम्वृद्धिमा पनि गम्भीर असर पारिरहेको छ । विकास निर्माण र जनतालाई सेवा सुविधा दिने सार्वजनिक जवाफदेहिताका सस्थामा मौलाएको भ्रष्टाचारले विकासले दु्रत गति लिन सकेको छैन भने भएका पनि कतिपय गुणस्तरहिन रहेको पाइन्छ । यस्तै मौलाउँदै दण्डहिनता, अपराधको राजनीतिकरण कारण शान्ति र सम्वृद्धिमा समेत गम्भीर असर परेको छ ।

 

 

नेपालको संविधान २०७२ ले ब्यवस्था गरे अनुसार नेपाल लोकतान्त्रिक गणतन्त्रात्मक शासन ब्यवस्थामा प्रवेश गरेको छ । संविधानको धारा ५६ ले राज्यको संरचना संघ, प्रदेश र स्थानीय गरि तीन तहको हुने व्यवस्था गरेको छ । यसै गरि संविधानको धारा ५७ मा राज्यका तीनैवटा तहको अधिकार बाँडफाँटको पनि व्यवस्था गरेको छ । केन्द्रमा सिमित सिंहदरवारको अधिकार अव स्थानीय तहसम्म संविधानले नै बाँडफाँड भएको अवस्थामा जनताले स्थानीय स्तरबाट सेवा सुविधा पाउन सहज भए पनि ति निकायमा भ्रष्टाचारजन्य क्रियाकलाप हुन सक्ने सम्भावना पनि उत्तिकै रहेको छ । यस्तो अवस्थामा ति निकाय र त्यसमा कार्यरत ब्यक्तिहरुले सुशासन कायम राख्नका लागि जिम्मेवार र जवाफदेहितापूर्ण कार्य गर्नु पर्दछ । त्यसमा आमजनताको निरन्तरको खवरदारीको आवश्यक छ । भष्टाचार विरुद्धमा ग्रामिण स्तरसम्म जनचेतना फैलाउन पनि उत्तिकै जरुरी रहेको छ ।

 

 

भ्रष्टाचार, अनुत्तरदायी सरकार र मानव अधिकारको सम्मानको कमि जस्ता विशेषता भएको खराब शासन प्रणाली हो । भ्रष्टाचारले विकास र प्रगति ठप्प भई भयावय स्थितिको सृजना गर्ने भएकोले सन् १९९० को दशक देखि नै दिगो विकास र गरिवी न्यूनीकरणका लागि अनिवार्य आवश्यकताका रुपमा सुशासनको अवधारणालाई अगाडि सारिएको हो ।
भष्टाचार नियन्त्रका लागि जनप्रतिनिधि, कर्मचारी र नागरिक समाज लगायतका सबै सरोकारवाला निकायहरुको भूमिका उत्तिकै महत्वपूर्ण छ । संघ, प्रदेश र स्थानीय निकायमा निर्वाचित जनप्रतिनिधिहरु सदा सदाचार र सुशासन कायम राख्न गुणस्तरिय वस्तु तथा सेवा प्रदान गर्नका लागि भ्रष्टाचार जन्य कार्यलाई पूर्ण रुपमा निषेध गर्दै कानून बमोजिमको कार्यवाही अगाडि बढाउनु पर्ने हुन्छ । यसै गरि नागरिक समाज र आमनागरिकले पनि भ्रष्टाचारजन्य क्रियाकलाप हुन नदिन सदा सक्रिय रहि आमजनतासम्म जनचेतना फैलाउनु पर्दछ । भ्रष्टाचारजन्य क्रियाकलपा हुन लागे वा भएको पाइएमा कानूनी कारवाहीका लागी सम्बन्धि निकायमा उजुरी गर्ने बानी बसाल्नु पर्दछ ।

 

 

मुहान फोहोर भएमा तल जति सफा गरेपनि पानी शुद्ध नहुने भएकाले भ्रष्टाचार रोकथामको लागी पहिले मुहान सफा हुन जरुरी छ । जबसम्म राज्यका नीति निर्माता तथा अन्य शक्तिशाली निकायहरूले सदाचार, सुशासन र जवाफदेहीता कायम गर्दैनन, त्यसबेलासम्म भ्रष्टाचार विरुद्धको अभियानले सार्थकता पाउन सक्दैन ।

 

 

भ्रष्टाचार नियन्त्रण जटिल, चुनौतीपूर्ण र निरन्तर गरिरहनुपर्ने कार्य हो । यसलाई न्यूनीकरण गर्न सकिन्छ तर पूर्ण निर्मूल गर्न निकै गाह्रो पर्दछ । तत्कालको अभियानले मात्र यसलाई नियन्त्रण गर्न नसकिने भएकाले मुलुकको मौजुदा परिस्थिति, भ्रष्टाचारको स्वभाव एवं प्रकृति अनुरूप नियन्त्रणका शैली, तरिका, समग्र अभियानलाई आवश्यक परिमार्जन सहित बलियो गराउने कार्यलाई निरन्तरता दिनु पर्दछ ।

 

 

अन्तमा पारदर्शी, जवाफदेही एवं जिम्मेवार सरकार, स्वतन्त्र एवं निष्पक्ष न्यायपालिका, जनउत्तरदायी संसद, लोकतान्त्रिक राज्य, जवाफदेही सार्वजनिक निकायहरु, निरन्तर खवरदारी गर्ने जागरुक नागरिक भएको खण्डमा भ्रष्टाचार नियन्त्रणमा मद्दत पुग्न सक्दछ । (लेखक अधिवक्ता हुन् ।)

आरपी सर अर्थात साँच्चैको अग्लो ब्यक्तित्व

नरेन्द्रजंग पिटर

मान्छेबाट मानव बनिसकेको र ब्यक्तिबाट ब्यक्तित्व बनिसकेको एउटा भिन्न चित्र र चरित्रकोबारे लेख्नु÷बोल्नु आफैँमा चुनौती हो । पूmलको वास्ना डाँडावारी मान्छेको वास्ना डाँडापारी । त्यस्तै शिक्षाका नायक मध्य एक नेपालगन्जको ब्यक्तित्व हो – समयसंगै बिस्मृतका गर्भतर्फ धकेलिनु भएका रूद्रपति लालकर्ण । उहाँ नेपालगन्जका एउटा अमुल्य गहना हो, जस्को सम्मान गरेर सम्मान गर्ने संस्था मध्यपश्चिमान्चल स्रष्टा समाज आफँै पनि सम्मानित हुने गौरवता पायो ।
कुनैसमय नेपालगन्ज मध्य तथा सुदुरपश्चिम क्षेत्रको राजनीति, ब्यापार, शिक्षा, शासनको केन्द्रनै थियो । अन्य हैसियत खस्कँदै गएपनि शैक्षिक हब भने अझै कायमै छ । यहाँको आधुनिक शिक्षाबारे चर्चागर्दा नारायण शिक्षा प्रसार अभियान, योगेश्वर मिश्र, डीबी सिंह, श्यामलाल पांडे र कृष्णगोपाल टण्डन अझ आदि । यसक्षेत्रकै शिक्षा महारथी मंगलप्रसाद माडसाब र महादानी अवतारदेई चौधराइन, भगवानदिन चौबे अर्थात मन्ना बाबा र सत्तार सेठबारे नबोले नेपालगन्जको शैक्षिक इतिहास अपुरो हुन्छ । लेखलाई आरपी कर्ण माथी नै केन्द्रित गरौं ।

 

 
पिताश्री चन्द्रपति लालकर्ण र माताश्री गिरजावतीका सन्ततीका रूपमा विसं १९९२ मा जन्मनुभएका रूद्रपति लालकर्णको पुर्खौली थलो बारा, कलैया हो । उनको जन्म भने नेपालगन्जमा भयो । उनका पिताश्री पटवारी थिए । प्रारम्भिक शिक्षा मंगल माडसाबको शिष्यका रुपमा भयो । उच्चशिक्षा भारत, लखनउको लखनउ विश्वबिद्यालयबाट बिए र आगराबाट अंग्रेजीमा र राजनीतिशास्त्रमा एमएका साथै बिएड रह्यो । अध्ययन पश्चात सन १९५५÷५६ नेपालगन्ज फेर्केपछि नारायण माध्यामिक बिद्यालयमा अध्यापन थालनी गरे । नारायण शिक्षा प्रसार योजना भारतीय राष्ट्रिय स्वयम सेवक संघ संग (आरएसएस) आबद्धता थियो । डिबी सिंह त्यसका अगुवा थिए । शिक्षाको मूल उद्देश्यमा डिबी सिंह र श्यामलाल पाण्डेसंग उनको मतान्तर भएपछि भने महेन्द्र नाइट कलेजको स्थापना गरेर गुरु मंगल प्रसादको पदचिन्ह पछ्याए । कालान्तरमा महेन्द्र माविको रुपमा २०१६ मा सुरु भएर मोर्डन शिक्षा, विज्ञान संकायको अध्यापन गराउँदै कालान्तरमा जिल्ला मात्र नभै मध्यपश्चिमान्जलकै गौरव बन्न पुग्यो । महेन्द्र मावि कै संस्थापकदेखि आप्mनो शैक्षिक सकृयताको पछिल्लोकालसम्म अर्थात .२०५८ सम्म कर्णले सो विद्यालयलाई कार्यकारी नेतृत्व प्रदान गरे ।

 

 
कुनैपनि ब्यक्तिको ब्यक्तित्वको मापन उस्को जीवन–दृष्टिकोण, सोही अनुसारको जीवनपद्दती, त्यसले तय गरेको गोलप्रतिको निरन्तरता, लक्ष प्राप्तीका लागी लागि पर्ने तत्परता, लक्षका सामुन्ने निजी विषयलाई के कस्तो महत्व दिन्छ र तत्कालीन चुनौति सामना गर्ने उस्ले अंगालेको नीति, विधि र कलालाई ध्यान दिनु पर्छ । त्यसले समाजलाई पार्ने प्रभाव के, कस्तो हुन्छ भन्ने कुराले महत्व राख्छ । नेपालगन्जको शैक्षिक इतिहास र अभ्यास नियाल्दा र आरपी कर्णको ब्यक्तित्व अध्ययन गर्न तत्कालीन नारायण शिक्षा प्रसार योजना, मंगल मावि र महेन्द्र मावि र कृष्ण गोपाल टण्डनको आपसी सम्बन्ध र प्रतिस्पर्धा, शिक्षा र बिद्याप्रतिको दृष्टिकोण नियाल्न आवश्यक हुन्छ ।

 

 
समग्रमा आरपी कर्णको सम्मानगर्दा समाजले पाउने शिक्षा र सन्देश भनेको आपूm अग्लो भएपछि अर्कालाई होच्याउनै पर्दैन, उ स्वयम् पुड्को बनिहाल्छ । लक्षप्रति दृढ रहु, समग्र टिमलाई एकताबद्ध र उत्साहित र प्रोत्साहित बनाई रहँु । सार्वजनिक विषयलाई केन्द्रमा राख, निजी विषयलाई तपसिलमा …तब सफलता तिम्रो पाइताला चुम्न स्वयम आईपुग्छ भन्ने हो । इतिहास न लेखिन्छ न लेखाइन्छ नै । नायक वा खलनायकले गरेका सुकर्म वा कुकर्मका कृति इतिहासकार लेख्न बिवश हुन्छन् ।

 

किन नेपालगन्जबासीले आरपी कर्णलाई अभिनन्दन गर्नुपर्छ त ?

१) उहाँ शिक्षक, दाता वा शिक्षाप्रेमीमात्रै नभै शैक्षिक अभियन्ता पनि भएर । जागिरे मात्रै नभै मन, वचन् कर्मण आधुनिक समाजको आवश्यकता हल गर्नसक्ने शैक्षिक जनशक्ति तयार गर्नेे बिद्यादाता पनि भएकाले । आधुनिक शिक्षा र बिद्याको विश्वव्यापी महत्व बुझेकाले । बौद्धिक, जागरुक भएको र सोंचलाई कर्ममा उतार्ने कर्ता भएकाले ।

 

 
२) आज शिक्षा ब्यापार बनिरहेको र शिक्षकहरु तलबी मात्र हुँदै शिक्षाउद्यमी पनि बनिरहेको समयमा उहाँ तलबी शिक्षक मात्र कहिल्यै हुनु भएन । स्वयम्ले १० बिघा जमिन स्कूललाई दान गर्नु भयो । थप ३ बिघा जमिनको ब्यवस्थापन पनि गर्नुभयो । ३) दान र अभियानलाई निजी हितमा कहिल्यै प्रयोग नगरेकाले ।

 

 
४) संस्थाको हित पु¥याउन जेजस्तो भूमिका आवस्यकता परेमा खेल्न सक्ने, ब्यक्ति, संस्था वा राज्यसत्तालाई समेत कलामय तरिकाले सस्थाको हितमा प्रयोग गर्न सक्ने ब्यक्तित्व भएकाले ।

 

 
५)शिक्षा, दिक्षा र विद्याको रुप र गुणको मर्मज्ञ । शिक्षा ब्यबसाय नभएर बिद्यादानको पवित्रता सोंच्दै सोही मान्यताको जीवनभर अनुयायी बनेकोले ।

 

 
६) बिद्याको द्वार खुलेपछि स्वयं चेतना, विवेक र संवेदनाका ढोका क्रमश् खुल्दै जान्छन् तब एउटा असल मानव बनेर आप्mनो सद्मार्ग स्वयमले रोज्न सक्छ भन्ने मान्यता राख्नु हुँने आरपी कर्ण कसैलाई पनि धार्मिक र राजनीतिक दिशानिर्देश नगरी स्वयं आफ्नो गन्तब्य आफैँं छान्ने हैसियतको मानव गरिमाको निर्माता बनाउने बिद्याकर्मी । यो नै उहाँको आरएसएससंगको मतान्तर हो भने कुनै पनि राजनीतिक संघ संगठनका भातृसंगठनको सदस्य नहुनाका कारण पनि । जबकी उनी स्पष्ट प्रजातान्त्रिक चिन्तनधारामा बिश्वास राख्छन् । उनको मान्यतामा शैक्षिक संस्था बिद्यादानको पवित्र थलो मात्र हो । यसलाई धर्म, राजनीति र जातिय आवेग एवं उत्तेजनाको संस्थागत–कारखाना बन्न दिनुहुँदैन भन्ने मान्यता राख्ने र कार्यान्वनकै पहलकर्ता हुनुहुन्छ आरपी सर ।

 

 

७) कुशल संगठक र ब्यबस्थापकः आफुलाई प्रचार वा सुविधाको केन्द्रमा नराखी संस्थालाई प्रमुखता, सहकर्मीहरुको उच्च विश्वास र सम्मान लिन सक्ने महागुण (लेखक पिटर राजनीतिक विश्लेषण र सामाजिक इतिहासमा कलम चलाउन रुची राख्छन् । )

भ्रष्टाचार नियन्त्रणमा निरन्तर खवरदारी

वसन्त गौतम

भ्रष्टाचारलाई वृहत् नेपाली शब्दकोषले पतित आचरण र दूषित मर्यादाको रुपमा व्याख्या गरेको छ । नियम वा कानुन विरुद्ध नैतिक पतन हुने गरी घुस खाइ पक्षपातपूर्ण निर्णय र व्यवहार गर्ने काम, भ्रष्ट मनसाय वा घुसखोरीको काम नै भ्रष्टाचार हो ।

 
राजनीतिक दलहरूका बजेट, चन्दा संकलन वा अपारदर्शी शैली, सार्वजनिक अडिटिङको अभाव र खर्चिलो निर्वाचन प्रणालीका कारण पनि भ्रष्टाचारजन्य कार्यमा बढोत्तरी भैरहेको छ । यसै गरि महत्वपूर्ण संवैधानिक, राजनीतिक र कूटनीतिक पदहरूको दलीय भागवण्डा र सरकारी ठेक्कापट्टामा अपनाइने अपारदर्शिता बढ्दो भ्रष्टाचारका कारक बन्ने गरेका छन् ।

 
वास्तवमा, भन्ने हो भने राजनीतिज्ञका साथै सार्वजनिक ओहोदामा रहेका पदाधिकारीहरु सरकारी विकास बजेट दोहनमा लिप्त रहने प्रवृत्ति भष्टाचार नियन्त्रण चुनौतीपूर्ण बनेको छ । जवाफदेहीता र पारदर्शिताविना संचालन गरिने बिकाश निर्माणका कार्यले पनि भष्टाचार हुनमा मद्दत पुर्याइरहेको छ ।

 
अहिले बिश्वभरि खुला र पारदर्शी सरकारको अवधारण अगाडि आएको छ । नागरीक र सरकारी निकायको आपसी समन्वय, सहकार्य र सहभागितामा काम कारवाही संचालन गर्ने परिपाटीको बिकाश भए पनि नेपालमा त्यसले अझै सस्थागत रुप लिन सकेको छैन । नेपाली राजनीति र राज्य सञ्चालनमा जवाफदेही भनेको पटक्कै देखिदैन । नीति, निर्माण र कार्यान्वयनमा पारदर्शिताको सर्वथा अभाव रहेको देखिन्छ । सरकारी काम कारवाहीलाई समय समयमा सार्वजनिक गर्नु पर्ने, आफ्नो कार्यालयको सेवा सुबिधाका बारेमा सार्वजनिक बडापत्र जारी गरि सो अनुसार सेवा प्रवाह गर्नु पर्नेमा सबै निकायले सो बमोजिम कार्य गरेको पाइँदैन । नेपालमा भ्रष्टाचार आम प्रवृतिको रुपमा देखिन थालेको छ । दण्डहीनताको संस्कृति मौलाउँदै जाँदा भ्रष्टाचार त्यही अनुपातमा झांगिदै गएको छ ।

 
बर्षेनी हजारौं नेपालीहरु सामान्य औषधि उपचार नपाएर कालको मुखमा पर्छन् । पेटभरी खान नपाएर वा उमरै नपुगी बुढो हुन्छन् । लाखौं युवाहरु आफ्नो देशमा रोजगारी पाउन नसक्दा बिदेशी भूमिमा आफ्नो रगत पसिना बगाएर देशको अर्थतन्त्रलाई टेवा दिन्छन् । बिडम्बना भष्टाचारीहरु अर्बौ भ्रष्टाचार गरेर निर्लज्ज मुस्कुराउँछन् । यस्ता भ्रष्टाचारीका कारण लाखौं नेपाली जनताको मानव अधिकार हनन भए पनि उनीहरु दण्डहिनतामा रमाउन्छन् । आज देशका अधिकांस जनतालाइ आधारभूत आवश्यकता पुरा गर्न धौ धौ भैरहेको छ ।

 
भ्रष्टाचार एक्लै गरिने कार्य होइन । यो त संगठित र संस्थागत रुपमा समेत भएको पाइन्छ । सरकार, राजनीतिक दलहरु, सरकारी कर्मचारीहरु र गैरसरकारी संस्थाहरु सार्वजनिक रुपमा एकले अर्कालाइ दोष दिइरहन्छन तर कतिपयले आपसमा मिलेर भ्रष्टाचार गरिरहेका हुन्छन् । जनाताले आधारभूत सेवाका लागी घुस दिनु सामान्य जस्तै बनेको छ ।
भ्रष्टाचार नियन्त्रणलाई प्रभावकारी गराउने उद्देश्यले नेपालको नयाँ संविधान लगायत प्रशस्त कानुनी आधार समेत तयार गरिएको भए पनि भ्रष्टाचार नियन्त्रणको अभियान गतिशील र प्रभावकारी हुन सकेको छैन । नेपालमा भ्रष्टाचारको अवस्थाका बारेमा भएका विभिन्न अध्ययन अनुसन्धानले समेत यस तथ्यलाई स्पष्ट गरेको छ ।

 
ठूला परियोजना सञ्चालनमा नीतिगत निर्णय, न्याय प्रशासनमा नागरिकको पहुँच सहजै नपुग्नु, सार्वजनिक सेवाप्रवाह गर्ने निकायमा मौलाएको कमिसन र घुसखोरी, आर्थिक वर्षको अन्त्यतिर बजेट रित्याउने प्रवृत्तिका कारणले पनि भ्रष्टाचारजन्य कार्यमा बढोत्तरी भैरहेको छ । यसै गरि राजनीतिमा अपराधीकरण, अपारदर्शी खरिद प्रक्रिया, सरकारी नियुक्ति तथा सरुवा–बढुवामा आर्थिक मोलमोलाई लगायतमा सुधार आउन नसक्दा सुशासन र भ्रष्टाचार नियन्त्रण प्रमुख चुनौती बनेको छ । सरकारी आँकडा अनुसार विकास निर्माण सम्बन्धी कुल बजेटको ८० प्रतिशत भन्दा बढी खर्च आर्थिक वर्षको अन्त्यतिर हुने गरेको छ । भ्रष्टाचार नियन्त्रणका लागि यो सबैभन्दा चुनौतीको रुपमा देखिएको छ ।
भष्टाचारले देशको विकास र शान्ति र सम्वृद्धिमा पनि गम्भीर असर पारिरहेको छ । विकास निर्माण र जनतालाई सेवा सुविधा दिने सार्वजनिक जवाफदेहिताका सस्थामा मौलाएको भ्रष्टाचारले विकासले दु्रत गति लिन सकेको छैन भने भएका पनि कतिपय गुणस्तरहिन रहेको पाइन्छ । यस्तै मौलाउँदै दण्डहिनता, अपराधको राजनीतिकरण कारण शान्ति र सम्वृद्धिमा समेत गम्भीर असर परेको छ ।

 
नेपालको संविधान २०७२ ले ब्यवस्था गरे अनुसार नेपाल लोकतान्त्रिक गणतन्त्रात्मक शासन ब्यवस्थामा प्रवेश गरेको छ । संविधानको धारा ५६ ले राज्यको संरचना संघ, प्रदेश र स्थानीय गरि तीन तहको हुने व्यवस्था गरेको छ । यसै गरि संविधानको धारा ५७ मा राज्यका तीनैवटा तहको अधिकार बाँडफाँटको पनि व्यवस्था गरेको छ । केन्द्रमा सिमित सिंहदरवारको अधिकार अव स्थानीय तहसम्म संविधानले नै बाँडफाँड भएको अवस्थामा जनताले स्थानीय स्तरबाट सेवा सुविधा पाउन सहज भए पनि ति निकायमा भ्रष्टाचारजन्य क्रियाकलाप हुन सक्ने सम्भावना पनि उत्तिकै रहेको छ । यस्तो अवस्थामा ति निकाय र त्यसमा कार्यरत ब्यक्तिहरुले सुशासन कायम राख्नका लागि जिम्मेवार र जवाफदेहितापूर्ण कार्य गर्नु पर्दछ । त्यसमा आमजनताको निरन्तरको खवरदारीको आवश्यक छ । भष्टाचार विरुद्धमा ग्रामिण स्तरसम्म जनचेतना फैलाउन पनि उत्तिकै जरुरी रहेको छ ।

 
भ्रष्टाचार, अनुत्तरदायी सरकार र मानव अधिकारको सम्मानको कमि जस्ता विशेषता भएको खराब शासन प्रणाली हो । भ्रष्टाचारले विकास र प्रगति ठप्प भई भयावय स्थितिको सृजना गर्ने भएकोले सन् १९९० को दशक देखि नै दिगो विकास र गरिवी न्यूनीकरणका लागि अनिवार्य आवश्यकताका रुपमा सुशासनको अवधारणालाई अगाडि सारिएको हो ।
भष्टाचार नियन्त्रका लागि जनप्रतिनिधि, कर्मचारी र नागरिक समाज लगायतका सबै सरोकारवाला निकायहरुको भूमिका उत्तिकै महत्वपूर्ण छ । संघ, प्रदेश र स्थानीय निकायमा निर्वाचित जनप्रतिनिधिहरु सदा सदाचार र सुशासन कायम राख्न गुणस्तरिय वस्तु तथा सेवा प्रदान गर्नका लागि भ्रष्टाचार जन्य कार्यलाई पूर्ण रुपमा निषेध गर्दै कानून बमोजिमको कार्यवाही अगाडि बढाउनु पर्ने हुन्छ । यसै गरि नागरिक समाज र आमनागरिकले पनि भ्रष्टाचारजन्य क्रियाकलाप हुन नदिन सदा सक्रिय रहि आमजनतासम्म जनचेतना फैलाउनु पर्दछ । भ्रष्टाचारजन्य क्रियाकलपा हुन लागे वा भएको पाइएमा कानूनी कारवाहीका लागी सम्बन्धि निकायमा उजुरी गर्ने बानी बसाल्नु पर्दछ ।

 
मुहान फोहोर भएमा तल जति सफा गरेपनि पानी शुद्ध नहुने भएकाले भ्रष्टाचार रोकथामको लागी पहिले मुहान सफा हुन जरुरी छ । जबसम्म राज्यका नीति निर्माता तथा अन्य शक्तिशाली निकायहरूले सदाचार, सुशासन र जवाफदेहीता कायम गर्दैनन, त्यसबेलासम्म भ्रष्टाचार विरुद्धको अभियानले सार्थकता पाउन सक्दैन ।

 
भ्रष्टाचार नियन्त्रण जटिल, चुनौतीपूर्ण र निरन्तर गरिरहनुपर्ने कार्य हो । यसलाई न्यूनीकरण गर्न सकिन्छ तर पूर्ण निर्मूल गर्न निकै गाह्रो पर्दछ । तत्कालको अभियानले मात्र यसलाई नियन्त्रण गर्न नसकिने भएकाले मुलुकको मौजुदा परिस्थिति, भ्रष्टाचारको स्वभाव एवं प्रकृति अनुरूप नियन्त्रणका शैली, तरिका, समग्र अभियानलाई आवश्यक परिमार्जन सहित बलियो गराउने कार्यलाई निरन्तरता दिनु पर्दछ ।

 
अन्तमा पारदर्शी, जवाफदेही एवं जिम्मेवार सरकार, स्वतन्त्र एवं निष्पक्ष न्यायपालिका, जनउत्तरदायी संसद, लोकतान्त्रिक राज्य, जवाफदेही सार्वजनिक निकायहरु, निरन्तर खवरदारी गर्ने जागरुक नागरिक भएको खण्डमा भ्रष्टाचार नियन्त्रणमा मद्दत पुग्न सक्दछ । (लेखक अधिवक्ता हुन् ।)

टेण्डर नखोलेरै ठेक्का ! अख्तियार पुग्यो उजुरी (भिडियो सहित)

विनय दीक्षित

नेपालगन्ज उपमहानगरपालिका कार्यालयमा टेण्डरमा दरखास्त आह्वान गरेका निर्माण कम्पनीहरुको बोलपत्र नखोलेर, सेटिंङमा अन्य निर्माण कम्पनीहरु शिलबन्दी नै रहेको अवस्थामा दुईवटा कम्पनीले निर्माणको ठेक्का दिइएको भन्दै अख्तियारमा उजुरी परेको छ ।

 
नेपालगन्ज उपमहानगरपालिका वडा नं.१ मा ग्राभेल गर्ने कामका लागि नेपालगन्ज उपमहानगरपालिका कार्यालयले माघ ७ गते टेन्डर आह्वान गरेको थियोे । सो टेन्डरमा बर्दियाको इशा कन्स्ट्रक्सन प्रा.लि.ले शिलबन्दी बोलपत्र भरेको थियो । मादपण्ड बमोजिम कम्तिमा ३ जना निर्माण ब्यवसायीको आवेदन आउनु पर्नेमा १ जनाको मात्रै आयो । सार्वजनिक खरीद ऐन अनुसार प्रक्रिया पूरा नभएपछि दोस्रो पटक बोलपत्र आह्वान भयो । माघ १० गते दर्ता भएका कम्पनीहरु मध्ये शौरभ कन्स्ट्रक्सनले ६ लाख ४७ हजार ९ सय ८४ मा १५ नं.को र दुर्गा निर्माण सेवाले ६ लाख ५० हजार ४ सय रुपैयामा १७ नं.को ठेक्का स्वीकार गरेको कार्यालयले जनाएको छ ।

 
सो बाहेक एउटा अरु कम्पनीले पनि बोलपत्र भरेकोमा उपमहानगरपालिका कार्यालय नेपालगन्जका इन्जिनियरहरुको मिलोमतोमा इशा कन्स्ट्रक्सन प्रालिको बोलपत्र नै नखोलेर उल्लेखित दुई फरक निर्माण कम्पनीले जिम्मेवारी पाएको आरोप लगाइएको छ ।


नेपालगन्ज वडा नं.१ मा ग्राभेल विस्तारका लागि कम्पनीले टेण्डर आवेदन गरेकोमा, कर्मचारी र इन्जिनियरको आपसी सेटिंगमा एउटा कम्पनीको बोलपत्र आवेदन नखोलेरै दुई वटा निर्माण कम्पनीलाई ठेक्का दिइएको आरोप लगाइएको छ ।
माघ ७ गते दर्ता भएको आवेदनमा कुनै प्रतिक्रिया नआएपछि सुरु गरिएको खोजीमा अन्य आवेदनकर्ताको फाइल शिलबन्दी रहेकै अवस्थामा फेला परेको हो । अधिकतम मुल्य ७ लाख ७५ हजार रुपैयाका दरले दुई वटा टेन्डर स्वीकार गरिएपछि शिलबन्दी नखोलेर मोलतोलमा काम गरिएको आरोप सम्बद्धको छ । ‘आफुले न्युनतम् मुल्यमा काम गर्नका लागि विड हालेकोमा सो नखोलेरै कर्मचारीको मिलोमतोमा फरक कम्पनीलाई दिइएको छ,’ इशा कन्स्ट्रक्सन प्रा.लि.का अध्यक्ष विनय भण्डारीले दैनिक नेपालगन्ज सँग भने, ‘सार्वजनिक खरीद ऐनलाई नै उलंघन गरेर कर्मचारीले मिलोमतो गरेका छन् ।’

 
उपमहानगरपालिकाले भने आरोपको पुरै प्रतिवाद गरेको छ । ‘सार्वजनिक खरीद ऐनमा, बोलपत्र आह्वान भएको समयावधि भित्र ३ भन्दा कम आवेदन आएमा पुनः टेण्डर गर्नु पर्ने ब्यवस्था छ’, दैनिक नेपालगन्ज संग उपमहानगरपालिकाका इन्जिनियर सुरज कुमार गुप्ताले भने, ‘पहिला परेका आवेदनलाई सोही स्थितिमा यथावत छाडी अर्थात पुनः भएको टेण्डरमा जोड्न नमिल्ने गरि काम कारवाही अघि बढाउने ब्यवस्था छ ।’ ‘सोही अवस्थामा यथावत राखेपछि त्यसलाई रद्द वा सोही बमोजिम भएको मानिन्छ,’ इन्जिनियर गुप्ताले भने, ‘दोस्रो पटक सूचना प्रकाशित भएपछि उक्त विवादित कम्पनीले आवेदन दिएको पाइएन ।’

 
इशा कन्स्ट्रक्सन प्रा.लि.का इन्जिनियर विराट भण्डारीले भने ऐनको गलत ब्याख्या भएको दावी गरेका छन् । ऐनमा मापदण्ड पूरा नभए थप आएका आवेदन संग पहिले दर्ता भएको आवेदनलाई पनि गणना गर्नु पर्नेमा सो नगरी ‘मिलोमतो भएको’ उनको आरोप छ । ‘सार्वजनिक खरीद ऐनमा न्युनतम् मुल्यमा काम गर्न चाहने निर्माण कम्पनीले नै ठेक्का पाउने ब्यवस्था छ । कति मुल्यमा कसले आवेदन ग¥यो भन्ने विषय हेर्नका लागि शिलबन्दी बोलपत्र खोल्नु पर्छ,’ इन्जिनियर भण्डारीले भने, ‘नखोलेर मुल्य कसरी थाहा भयो ?’

 
दर्ता भएका शिलवन्दी बोलपत्रलाई उपमहानगरपालिकाको प्राविधिक टोली र सरकारी कर्मचारी प्रतिनिधि भएको समितिले खोल्ने प्रावधान छ । दर्ता भएको एउटा बोलपत्र शिलवन्दीकै अवस्था दुईवटा कम्पनीले ठेक्का प्राप्त गर्नु शंकाको विषय भएको भण्डारीको भनाइ छ । मंगलवार नै अख्तियार दुरुपयोग अनुसन्धान आयोग कोहलपुर कार्यालयमा उपमहानगरपालिका भित्र भएको कर्मचारी सेटिंग बारे उजुरी दर्ता गरिएको भण्डारीले जानकारी दिए ।

 
इन्जिनियर गोविन्द महतरा नेतृत्वको मुल्याकंन समितिले शिलवन्दी बोलपत्र बारे निर्णय गरेको कार्यालयले जनाएको छ । ‘खरीद ऐन र आर्थिक नियमलाई पालना गरेर नै शिलबन्दीहरु खोलिएको हो,’ महतराले भने, ‘पहिलो पटक एउटा आवेदन मात्र आएका कारण पुनः आह्वान गरिएको थियो ।’ इशा कम्पनीले दोस्रो पटक शिलबन्दी बोलपत्र पेश नगरेका कारण ठेक्का नपरेको जानकारी दिंदै उनले भने, ‘यसमा मिलोमतो भन्दा पनि बढि भन्दा बढि निर्माण कम्पनी संग प्रतिष्पर्धा होस् भन्ने उद्देश्यले काम गरिएको छ ।’

 
नेपालगन्ज उपमहानगरपालिका कार्यालयका प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेलले विवाद बारे जानकारी आएको बताए । ‘सो विषयमा समितिले गरेको निर्णय अहिले हामी माझ नपुगेको यकिन भन्न सक्ने अवस्था छैन,’ प्याकुरेलले भने, ‘यद्यपि यसबारे सबै विवरणहरु पेश गर्न भनिएको छ ।’

 
सार्वजनिक खरिद सम्बन्धी कार्यविधि, प्रक्रिया तथा निर्णयलाई अझ बढी खुला, पारदर्शी, वस्तुनिष्ठ र विश्वसनीय बनाउन, सार्वजनिक खरिद प्रक्रियामा प्रतिस्पर्धा, स्वच्छता, ईमान्दारीता, जवाफदेहीता र विश्वसनीयता प्रवद्र्घन गरी मितब्ययी तथा विवेकपूर्ण ढङ्गबाट सार्वजनिक खर्चको अधिकतम प्रतिफल हासिल गर्न सरकारले देशमा सार्वजनिक खरीद ऐन २०६३ लागु गरेको छ ।

 
सार्वजनिक निकायले निर्माण कार्य गर्दा गराउँदा, मालसामान, परामर्श सेवा तथा अन्य सेवा खरिद गर्दा त्यस्तो खरिदको व्यवस्थापन क्षमता अभिवृद्धी गरी उत्पादक, विक्रेता, आपूर्तिकर्ता, निर्माण व्यवसायी वा सेवा प्रदायकलाई बिना भेदभाव सार्वजनिक खरिद प्रक्रियामा सहभागी हुने समान अवसर सुनिश्चित गरी सुशासनको प्रत्याभूति गर्ने सम्बन्धमा कानूनी व्यवस्था गर्न ऐनले निर्दिष्ट गरेको छ ।

कागजी घोडा चढ्नेलाई कारवाही : मन्त्री पौडेल

सहकारीकर्मी सम्मानित

दैनिक नेपालगन्ज

प्रदेश ५ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले काम नगरी ‘कागजी घोडा चढ्नेलाई कारवाही गर्ने’ चेतावनी दिएकी छन् । मंगलबार राष्ट्रिय सहकारी दिवसको एउटा भव्य कार्यक्रममा बाँके जिल्लाका अगुवा सहकारीकर्मीहरुलाई सम्बोधन गर्दै मन्त्री पौडेलले राम्रो सहकारी र किसानलाई सहुलियत ऋणको व्यवस्थामा आफु लागि पर्ने प्रतिबद्धता पनि जनाइन् । जिल्ला सहकारी संघ बाँकेले राष्ट्रिय सहकारी दिवसको अवसर पारेर कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा प्रमुख अतिथि सहकारी मन्त्री पौडेलले जिल्लाका झण्डै १ हजार सहकारी अभियन्ताहरुलाई सम्बोधन गर्दै भनिन्, ‘बाँके जिल्लालाई प्रदेश ५ को नमूना जिल्ला बनाउन तपाईहरुले गरेको प्रयासमा मेरो पूर्ण सहयोग र समर्थन रहनेछ ।’ मन्त्री पौडेलले देशमा समृद्धिको नारा घन्किरहेकाले कृषि क्षेत्रको विकास अपरिहार्य भएको भन्दै त्यसका लागि प्रत्येक किसान कहाँ सजिलै पुग्ने बाटो सहकारी नै भएकाले प्रभावकारी परिणामको अपेक्षा गरिन् ।

 

मन्त्री पौडेलको भनाइ थियो, ‘कृषि अब चक्लाबन्दी प्रणालीबाट मात्रै अगाडि बढाइने विधि अपनाइनेछ ।’ काम गर्ने युवाहरुलाई विदेश जान रोक्ने र किसानहरुलाई संगठित गर्दै सेयर सदस्यता वितरण गर्दै वचतकर्ताको लगानी सुरक्षा गर्न सक्ने सहकारीलाई राहत अनुदान प्रदान गरिने मन्त्री पौडेलको आश्वासन थियो । ‘कागजी घोडामात्र चढ्ने सहकारीलाई कालो सूचिमा राखेर कारवाही गरिनेछ’, मन्त्री पौडेलले कृषिका लागि इजरायलबाट धेरै कुरा सिक्न सकिने तर्क गर्दै भनिन्, ‘कृषि सहकारीहरुलाई विशेष प्राथमिकतामा राखेर प्रवद्र्धनको नीति लिइनेछ ।’

 

त्यसअघि जिल्ला सहकारी संघका अध्यक्ष प्रेम सुवेदीले नेपालको सहकारी आन्दोलन ‘आर्थिक समृद्धिको अभियान’ का रुपमा चर्चा गरे । अध्यक्ष सुवेदीले जिल्लामा रहेका झण्डै ४ सय सहकारीले पुर्याएका योगदानहरु बारे बोल्दै भने, ‘अबका दिन राष्ट्रिय समृद्धिको यात्रामा ऐक्यबद्धता जनाउँदै अगाडि बढ्नु पर्नेछ ।’

 

एक सहकारी, एक उत्पादनको नारा लिएका अध्यक्ष सुवेदीले जिल्ला सहकारी संघ मार्फत आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता जनाउँदै भने, ‘सहस्राब्दी लक्ष्यमा सहयोग पुर्याउन, भोकमरी अन्त्य र गरिबी विरुद्धको संघर्षमा सहकारीहरुले ठूलो योगदान पुर्याउन सक्नेछन् ।’ त्यसका लागि जिल्लामै प्रत्येक सहकारीले उत्पादनसँग जोडिने लक्ष्य अघि सार्दै त्यसका लागि आफुले बनाएका योजना सुनाए । ‘गोठदेखि ओठसम्म’ अध्यक्ष सुवेदीले प्रत्येक सहकारीकर्मीलाई उत्पादनसँग जोडिन प्रेरित गर्दै भने, ‘आलीदेखि लालीसम्मका लक्ष्य हामी निर्धारण गरेर अगाडि बढ्न सक्छौं ।’
राज्य पुनर्संरचनाको पछिल्लो अवस्थाले नियमनकारी निकाय नरहेको अनुभूति गर्दै अध्यक्ष सुवेदीले भने, ‘सहकारीहरु अन्योलमा छन्, हाम्रो नियमन र सहजीकरण कसले गर्ने ?’ अध्यक्ष सुवेदीले कार्यक्रमका प्रमुख अतिथि प्रदेश ५ का सहकारी मन्त्री आरती पौडेललाई लक्षित गर्दै भने, ‘भारतीय सहकारीहरुलाई खुलेआम नेपाल आएर पैसा उठाइरहेका छन्, त्यसलाई प्रतिबन्ध लगाउन उपयुक्त कदम चाल्नु पर्यो ।’


सभाहलमा भ्याइनभ्याइ सहकारीकर्मीहरुको उपस्थिति तर्फ देखाउँदै संघका अध्यक्ष सुवेदीले निस्वार्थ भावले संगठित सहकारी अभियन्ताहरुलाई राज्यले प्रोत्साहनको नीति लिनुपर्ने सुझाए । उनले बाँके जिल्लामा कम्तिमा ५ हजार जना अट्ने सभाहलको खाँचो पनि आफ्नो वक्तव्यका क्रममा औंल्याए ।

अध्यक्ष सुवेदीका अनुसार, १० अर्ब भन्दा बढी बचत परिचालन भैरहेको बाँकेमा १ लाख ४१ हजार सेयर सदस्य सहकारीमा संगठित भैसकेका छन् । ५३ प्रतिशत महिला संगठित सहकारीमा १ हजार ६ सयलाई प्रत्यक्ष रोजगारी, २३ हजार स्वरोजगारी सिर्जना गरेको सहकारीले बाँकेमा उद्यमी सहकारी संस्था मार्फत मासिक २ हजार पाँच सय खसी जिल्लाबाट बाहिर पठाइने गरेको अध्यक्ष सुवेदीले जानकारी दिए ।

 

कार्यक्रममा होलिका बचत तथा ऋण सहकारी संस्था, गुरुकुल बचत तथा ऋण सहकारी संस्था, दिव्य बहुउद्देश्यीय सहकारी संस्था, साना किसान र शुभकामना बहुउद्देश्यीय सहकारी संस्थालाई उत्कृष्टताको सम्मान गरिएको थियो । सहकारी अभियानमा योगदान दिने वेष्टर्न बचत तथा ऋण सहकारी संस्था, गृहणी बहुउद्देश्यीय सहकारी संस्था, ज्ञान दियो, चुलिमालिका कृषि सहकारी संस्था, मध्यपश्चिम बचत तथा ऋण लगायतका सहकारी संस्थाहरुलाई प्रमुख अतिथि मन्त्री पौडेल र संघका अध्यक्ष सुवेदीले कदरपत्र प्रदान गरेका थिए ।