नेपाल आमा आफ्ना सन्ततिहरु विदेशबाट आफ्नो काखमा आएको देख्दा अत्यन्त हर्षित मुद्रामा देखिएकी छिन् ।आफ्ना सन्तानहरु जुनसुकै कारणले भएपनि आफ्नो काखमा खेलाउन पाउँदा भावविभोर देखिन्छिन् ।


ढकमक्क फूलेका फूलहरु, खेतमा फलेका अन्नबालीहरू, बारी कौसीमा फलेका साग सब्जीहरु हेर्ने हो भने धर्तीको प्रसन्नताको अनुभूति गर्न सकिन्छ । नेपाल आमाको प्रशन्नता कायम रहिरहोस्, अन्नबालीहरु फुलिरहनु, साग सब्जीहरु कौसीमा टन्न फलेका रहि रहुन्, फलफूलहरुले हाम्रो भकारी सदा भरिएका रहुन्, यसको लागि आवश्यक छ यी सन्तानहरुको बिछोड नेपाल आमाले न भोग्नु परोस् ।

यो समय हो, यी उदण्ड सन्तानहरूलाई सम्झाउने बुझाउने, यो अनुभूति गराउने की नेपाल आमाले यिनीहरु बिदेश गएको बेला यिनैलाई सधै खोजिरहन्छिन र भेट् नभएपछि उदास हुन जान्छिन् । यिनीहरूको पुरुषार्थ बिना यो देश निष्प्राण हुनजान्छ । यी आफ्नो देश फर्किदा सीमामा विलम्ब हुँदा आफ्नै सरकार बिरूद्ध नाराबाजी गर्ने सन्तानहरुलाई यो कुरा आत्म मन्थानिय प्रश्न हो ।


यो महामारीको बेला जब आफू र आफ्ना जहान पाल्न गाह्रो भयो, जब यिनीहरुलाई यो महामारी रोग लाग्ने डर लाग्यो, कामकाज ठप्प भयो, यो स्थितिमा यिनीहरु भागेर जाने कुनै बाटो नपाएपछि घर फर्किन बाध्य भए । साथमा उनीहरुमध्ये कतिपयले आफ्नो साथ नेपालको लागि यो महामारी उपहारमा पनि लिएर आए । त्यसबारे कुनै अप्ठ्यारो नमानिकन नेपाल आमाले उनीहरुलाई आफ्नो ह्रदयबाट लगाइन् ।


स्वागत छ उनीहरूलाई

अब भविष्य के ?


के उनीहरु यो महामारी सिद्धिने बित्तिकै नेपाल आमालाई यो विपतको अधरमा छोडेर आ आफ्नो ठाउँ फिर्ता गइहाल्ने हुन् कि ? जबकी आफ्नो देशको भूमि अर्को देशले मिचिरहेको स्थितिले आपातकालीन जस्ता स्थितिहरु उत्पन्न भएका छन् । आत्मनिर्भरताका कुरा भइरहेका छन् । यस्तो विभिषिकामा छोडेर यदि यिनीहरु विदेश गइहाल्ने हुन् भने यिनीहरु नेपाली कहिलाउनका लायक छैनन् ।


अन्यथा यिनीहरु आफ्नै नेपाल आमाको काखमा बसेर आफूले विदेशमा अर्जित गरेको ज्ञानलाई नेपालको हितमा प्रयोग गरी आत्मनिर्भरताका सेनानी बन्न होमिनु पर्छ । यो आजको आवश्यकता पनि हो । नेपाल आमा को यिनीहरुबाट भएको आशा पनि यही हो ।


विदेशमा कलकारखाना चलाउने हातहरु यिनकै हुन् । विदेशका खेतहरुमा अन्न फलाउने श्रमका पसिना यिनै का हुन् । विदेशको सीमाका रक्षा गर्ने छाती यिनै योद्धाहरूको हुन् । के यिनीहरू बिदेशीको लागिमात्र श्रम गर्न सक्दछन ? यिनीहरूमा आत्म सम्मान, आत्मगौरव जस्ता भावनाहरु छैनन् ?


अहिलेसम्म त जे गर्नु तिमीहरुले गर्यो, तर अब कुरा आत्म सम्मान, आत्म गौरव, नेपाल आमाको इज्जतको छ । नेपाल आमालाई तिमीहरूको आवश्यकता छ । अब बिदेश नजाउ यही खटेर आफ्नो देश बनाऊ । समयले औंल्याएको आवश्यकता यहीं हो ।


लिख रहा हूँ मैं अंजाम
जिसका कल आगाज आएगा
मेरी स्याहीका एक एक कतरा
कल इंकलाब लाएगा

प्रतिक्रिया

प्रतिक्रिया