चिनबाट सुरु भएर विश्वका धेरै देशमा फैलिसकेको एक प्रकारको विषाणु भाइरसका कारण हुने श्वासप्रश्वास सम्बन्धी गम्भीर रोगले विश्व त्रसित भइरहेको अवस्था छ । हालसम्म नेपालमा आधिकारिक रूपमा २२० बढी बिरामी देखिसकेका छन् । हामी सबैले विशेष सचेत र सावधानी अपनाउनु पर्ने देखिन्छ । हामी नेपलि सचेत भएनौ भने हामीले निकै ठूलो मूल्य चुकाउनु पर्ने हुन सक्छ । इटली, बेलायत, स्पेन, अमेरिका, ईरान जस्ता देशमा त भयावह भयो अबस्था भने हाम्रो देशमा त ठुलै क्षति हुनसक्छ ।
कोरनाले सबै क्षेत्रलाई बर्बाद गर्यो । आर्थिक, सामाजिक , राजनैतिक अनि मानिसहरुलाई त्रसित बनाई रह्यो । लगभग दुई महिनामा बिश्वमा लाखौको मृत्यु भैइ सकेको छ । मानिस त्राहीत्राही छन् । अझ कस्तो हुने हो अबस्था अन्योलमा नै छन् । समाचार यति उति भन्दा पनि चिसो मन हुने गरेको छ आज भोलि । यो रोगले मानवलाई निकै सचेत बनायो । धन र घमण्ड सबै तोड्दियो । एक्काईसौ शताब्दीको एक कहर बनेर आयो कोरना मानिसलाई एक बिश्व युद्ध भन्दा पनि ठूलो नोक्सानी दिएर जाँदैछ निकै पीडित भएका छन् । आफन्त गुमाउनेहरु धेरैको घरबार अनि जीवनको हाँसो लुटेर जाँदैछ कोरना । कोरनाले धेरै सिकायो मानिसहरुलाई ।
मानवमानव बीचको सम्बन्धलाई अझै प्रगाढ बनायो कोरनाले धनि गरिब केही भनेन र कसैलाई अछुतो बनाएन । शक्तिशाली देश भनेर घमण्ड गर्नेहरुको घमण्ड नि तोडदियो । कुनै आणविक हतियारको केही काम भएन कोरनाका अगाडि । कुनै देशको शक्तिले अहिले सम्म केही गरेन उहीँ पिजडा भित्रका चरा जस्तै लुक्न सिबाय अरु केही दिएन बाँच्नलाई मात्र एक उपाए दुरि कायम गर्न सिकायो । मानिस बिचको दुरि बढे पनि आत्मीयता नजिक बनायो । निकै हृदय बिदारक घटनाहरु देख्न पाइयो ।
मानिसलाई आखिर जीवन के रहेछ त भनेर झटका दियो कोरनाले । मानिसले अरुको लागि जिउनु पर्छ भन्ने सिकायो संसार भरी धेरै सहयोगी मनहरु देखिएका छन् । र, दिनरात सहयोगमा जुटेका पनि छन् । निकै तरिकाले एक आपसमा सम्बन्ध बढ्दै गएको छ मानिस मानिस बिचमा । वास्तविक जीवनको रस देखाउदै छ कोरनाले । यो एक प्रलय नै सम्झे हुन्छ मानव चोलाको लागि । एक छुट्टै प्रकारको डर छ चाहे जो कोही नहोस सानो ठूलो भनेको छैन । मानिस बेसरी तनाबमा छ एक त अर्थ क्षेत्र नै चौपट्ट बनाईदियो । मानिसलाई रुनु न हाँस्नु बनाईदियो कोरनाले । निकै ठूलो अजिबको पाठ सिकाउँदै छ मानिसहरूलाई । जीवन जगत मात्र नभैइ प्राकृतिलाई बचाउनु पर्छ भन्ने सन्देश दिदैंछ । महिनौ यातायात नचल्दा कस्तो भयो होला यातायात व्यावसायीलाई महिनौ बन्द हुदा कस्तो भयो होला । व्यापारी र उद्योगीहरुलाई महिनौ विद्यालय बन्द हँुदा कस्तो भयो होला । विद्यार्थी अनि विद्यालय सञ्चालकहरुलाई ज्यान भन्दा ठूलो केही छैन भन्ने सिकायो । निकै मजाले आफ्नो औकातमा ल्याईदियो मानवलाई वास्तविक हामीको होउ भन्ने तर्कलाई अन्त्य गराईदियो । ब्यालेन्स हुँदै छ प्रकृति उहीँ पुरानै गतिमा हिड्न खोज्दैछ निकै सफा हुन पायो वायुमण्डलले धेरै पाठ सिकाएको छ कोरनाले । परिवार प्रेम के हो परिवार मात्र नभई देश प्रेम के हो त्यसको झल्को नि दिएको छ कोरनाले ।
एक बास्तबिक किसान बनायो कोरनाले मानिस खेत बारीमा तरकारी अनि बाली लगाउन सिकायो । मानिसले धेरै चिजलाई आफ्नो बुद्धे घैटोको सहयोगले कब्जा गर्यो । तर कोरना एक कहर भैइदियो विभिन्न रुपमा देखिन थालेपछि ठुला ठुला देशका बैज्ञानिक नि कायल भएका छन् । कोरनाको रोकथामको सबै भन्दा ठूलो उपाए लकडाउन नै हो । कति दिन भित्र पानी बिनाको माछा बनेर बसोस् मानिस तै पनि दुई महिना जति हुन थाली सक्यो घर भित्रै छ । मानिससँग अजीवको डर दिएर जाँदैछ कोरनाले । मानिस निकै सचेत हुन जरुरी देखियो यदि बाँच्न चाहान्छ भने प्रकृतिलाई जित्न खोज्नु मानिसको ठुलो भुल हो र मानिस आफ्नो बिनासको कारण आफै बन्दै छ । कोरना एक टेलर हो यदि मानिस सचेत भएन प्रकृति बचाउन लागेन भने मानव चोला नै नष्ट हुन सक्छ ।
विशेष गरेर रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिसमा यो रोगले धेरै सताउने र ज्यानै गइरहेको हामीले देख्न र सुन्न पाइरहेका छौ । हाम्रो जस्तो पूर्वाधार कमजोर भएको देशमा कुनै पनि समयमा मानविय सङ्कट देखापर्न सक्छ । यो कुरालाई ध्यानमा राख्दै नेपाल सरकारले पनि मानिसहरूको आवत जावत हुने स्थानमा स्वास्थ परीक्षण अनि विदेशी नागरिक र विदेशबाट आउने नेपाली नागरिकमा पनि अनिवार्य स्वास्थ परीक्षण र आइसोलेसन जस्ता व्यवस्थाहरू मिलाएको त छ तर यतिले पर्याप्त भएको छैन । भारतबाट आउने हाम्रा नेपाली दाजु भाइ को विशेष क्वारेन्टाइनको ब्यबस्था गर्नुपर्छ । हामी सबैले आफ्नो ज्यान बचाउन सुरक्षाका विभिन्न उपाएहरु अपनाउनु पर्छ सरकारको नियम मान्नु पर्छ । उच्चतम उपाय घर भित्रै बसौ र बाँचौ ।
यस संक्रमणकालमा रोगबाट बच्नु नै सबै भन्दा राम्रो उपाय हो । यसका मुख्य लक्षणहरूमा रुघा लाग्नु, खोकी चल्नु, शरीर कमजोर हुँदै जानू सास फेर्न अप्ठ्यारो हुनु, उच्च ज्वरो र निमोनिया हुनु शरीर कमजोर हुँदै जानु अथवा रोग प्रतिरोधात्मक क्षमता घटेर जानु विशेष बुढा मानिसहरुको ख्याल गर्नु पर्छ । नियमित साबुन पानीले हात धुनु र सेनिटाइजर प्रयोग गर्नु नै एक उपाय । बाँच्नलाई यहाँ त रोग लागेका भन्दा रोग नलागेकालाई मानसिक तनाब भएको छ । यो कोरनाले मानिस मानसिक रोगी बन्दैछ दिन प्रतिदिन । मानव चोलाका लागि रोउ कि हाँसौ भयो यो कोरना । उच्चतम उपाय घर भित्रै बसौ र बाँचौ ।
यस संक्रमणकालमा रोगबाट बच्नु नै सबै भन्दा राम्रो उपाय हो । यसका मुख्य लक्षणहरूमा रुघा लाग्नु, खोकी चल्नु, शरीर कमजोर हुँदै जानू सास फेर्न अप्ठ्यारो हुनु, उच्च ज्वरो र निमोनिया हुनु शरीर कमजोर हुँदै जानु अथवा रोग प्रतिरोधात्मक क्षमता घटेर जानु विशेष बुढा मानिसहरुको ख्याल गर्नु पर्छ । नियमित साबुन पानीले हात धुनु र सेनिटाइजर प्रयोग गर्नु नै एक उपाय । बाँच्नलाई यहाँ त रोग लागेका भन्दा रोग नलागेकालाई मानसिक तनाब भएको छ । यो कोरनाले मानिस मानसिक रोगी बन्दैछ दिन प्रतिदिन । मानव चोलाका लागि रोउ कि हाँसौ भयो यो कोरना ।











