१९९० सालमा पहिलाेपटक एसएलसी सुरू भएकाे हाे । त्याे वर्ष परीक्षा भइरहेकाे बेला भूकम्प् गयाे र परीक्षा स्थगित गरियाे । माघकाे परीक्षा वैशाख १९९१ सालमा गरियाे । २००३ सालमा विराटनगरका विद्यार्थी वीरगन्ज सेन्टरसम्म अाइनपुग्दा भनेर परीक्षा सारियाे । त्याे वर्ष पुस १७ गते हुनुपर्नेमा पुस २४ गते सन्चालन गरियाे । २००५ सालमा प्रधानमन्त्रीकाे जन्म दिन परेकाले इतिहास विषयकाे परीक्षा सर्याे । २००८ सालमा पनि परीक्षा सर्याे । २०२५ सालमा पनि प्रश्नपत्र बाहिरिएकाे भन्दै परीक्षा सारियाे । २०५४ सालमा शैक्षिकसत्र परिवर्तन हुँदा २०५५ सालमा २०५४ र २०५५ सालकाे परीक्षा एकै वर्ष भएकाे इतिहास छ ।

याे निर्णय गर्न ढिला भएकाे हाे । कम्तीमा एक साताअघि हुनुपर्ने थियाे । काेराेनाकाे समस्या अघिदेखि नै भएकाे हाे । कक्षाा ९ सम्मकाे परीक्षा चैत ५ गतेसम्म सम्पन्न गरिसक्ने तर एसइइ परीक्षा चैत ६ गतेबाट गर्ने भन्ने निर्णय गलत थियाे । कुनै अप्रिय दुर्घटना हुन नदिन भीडभाड नगर्ने भन्ने सरकारकाे निर्णय कार्यान्वयन गराउन परीक्षाा सन्चालन गर्नु उपयुक्त थिएन । दुइ साता परीक्षा स्थगित हुँदैमा अात्तिहाल्नु पर्ने स्थिति थिएन । विगतमा पनि परीक्षा स्थगित गरिएका इतिहास छ । बरू अघिल्लाे दिन परीक्षा स्थगित गर्नुभन्दा केही दिनअघि नै स्थगित गर्ने निर्णय गरिएकाे भए उपयुक्त हुने थियाे ।

प्रतिक्रिया

प्रतिक्रिया