कुनै पनि राष्ट्रको वास्तविक पहिचान भनेको त्यस देशको भाषा, संस्कृति, धर्म र सभ्यता हो । त्यसैले हरेक राष्ट्रले आफ्नो देशको पहिचानको रक्षा गर्न छुट्टै भाषा नीति, सँस्कृति संरक्षण गर्न पृथक नीति, धर्म परम्पराको रक्षार्थ त्यहाँको बिषशाधिकारको नीति, सभ्यताको प्रचार प्रसार र त्यसलाई विश्वव्यापिकरण गर्ने छुट्टै व्यवस्थाहरु ग्रिएका हुन्छन् । नेपालमा पनि हरेक पटक बनेका संविधानहरुले कुनै न कुनै रुपमा यस सम्बन्धमा पुरै नबोलेता पनि कम्तिमा भाषाका सम्बन्धमा केहि व्यवस्था गरेको पाइन्छ ।


यससम्बन्धमा २०१५ सालको संविधानले पहिलो पटक देवनागरी लिपिमा लेखिएको नेपाली भाषा नै देशको राष्ट्रभाषा हुने नीति ल्याएको थियो । भने त्यसपछिका संविधानहरु २०१९ सालको संविधानको भाग १ धारा ४ मा नेपाली भाषालाई राष्ट्रभाषा भनियो । यसैगरि २०४७ सालको संविधानको भाग १ धारा ६ मा नेपालीभाषालाई राष्ट्रभाषा का साथै सरकारी कामकाजको भाषा भनियो भने नेपालमा बोलिने अन्य भाषाहरुलाई राष्ट्रियभाषा मानियो भने धर्मको सम्बन्धमा नेपाल हिन्दू अधिराज्य हुने भन्ने कुरा प्रस्तावनामा नै लेखियो । यसै संविधानको भाग ३ मौलिक हकअन्र्तगत धारा १८ मा नेपालमा बस्ने प्रत्येक समुदायलाई आफ्नो भाषा लिपि, सँस्कृतिको संरक्षण र संवद्र्धन गर्ने अधिकार पनि दिइयो । हरेक समुदायका बालबालिकाले आफ्नो मातृभाषामा प्राथमिक तहसम्मको शिक्षालिने अधिकार पनि राखियो । यसैगरि भाग ४ कै धारा २५ (३) र २६(२) ले भाषा लिपि, धर्म, जातजाति, सम्प्रदाय, कला सँस्कृति आदिको संरक्षण, संवद्र्धन र बिकास गर्ने नीति लिएको पाइन्छ ।


२०६३ सालको अन्तरिम संविधानको भाग १ धारा ५ ले राष्ट्रभाषाको परिभाषा नै फेरिदियो । उपधारा १ र २ मा नेपालमा बोलिने सबै मातृभाषाहरु राष्ट्रभाषा हुन् र देवनागरी लिपिमा नेपाली भाषा सरकारी कामकाजको भाषा हो भनियो । २०७२ सालको संविधानको भाग १ धारा ६ र ७ मा सोहि २०६३ को व्यवस्थालाई निरन्तरता दिँदै धारा ७ (२) मा प्रदेशहरुले आफ्नो कानून बनाई नेपाली बाहेकको छुट्टै भाषालाई सरकारी कामकाजको भाषा बनाउन पाउने र उपधारा ३ ले भाषा आयोगको व्यवस्था गर्यो ।


मथिका विभिन्न चरणमा आएका संविधानहरु र यिनले नेपाली भाषाको सम्बन्धमा गरेका व्यवस्था हेर्दा नेपाल मात्रै एउटा यस्तो देश हो जहाँ एउटा मात्रै राष्ट्रभाषा छैन । यस देशको राष्ट्रभाषामा शिलसिलेबार र नियोजित तरिकाले आक्रमण भैरहेको छ र भविष्यमा यो क्रम अझ बढ्ने खतरा देखिएको छ ।


यो त भयो संवैधानिक पाटो अब हेरौं नेपालमा भाषागत अवस्था के छ त ? भनिन्छ नेपालमा १२३ थरिका भाषाहरु बेलिन्छ, र यहाँ त्यतिकै जातजाति पनि रहेका छन् तर यी भाषाहरुको अवस्थालाई राष्ट्रिय जनगणना २०६८ सम्ममा आइपुग्दा उन्नतिप्रगति के रह्यो त त्यो पनि हेर्न जरुरी छ । नेपालमा केहि अतिबादी हिंसक मानसिकता भएका नेपाली धर्म र सँस्कृति बिरोधीहरुले अरुको इसारामा नेपाली जनतालाई सुख समृद्धि र वैभवको लालच देखाएर २०५२ साल देखि दशबर्षसम्म हत्याको खतिउपति गरे र यहाँ सहृदयताका साथ आ–आफ्नो धर्म, भाषा सँस्कृति, परम्परा र सभ्यतालाई जोगाउँदै बसेको समाजमा घृणावाद र कित्ताकाटको बिष रोपेर आफ्नो राजनीतिको रोटी सेकेकाहरु सत्तारोहण भएको पनि १३ बर्ष भैसकेको छ तर सरकारी तथ्याङ्क कै आधारमा पनि यहाँ त भाषाको दूर्दशा मात्रै भएको देखिन्छ । सँस्कृति अपहरण भएको छ । धर्म बेचिएको छ । सभ्यता मासिएको छ । मौलिकता हराएको छ ।


यहाँ बोलिने भाषाहरुको संरक्षणको मात्रै कुरा गर्ने हो भने पनि २०१८ सालमा ५०.९६ प्रतिशत जनताले बोल्ने भाषा २०६८ सालमा आइपुग्दा घटेर ४४.६३ मा झरेको छ । यहि समयमा १२.३० प्रतिशतले प्रयोग गर्ने मैथिली भाषा २०६८ सालमा ११.६७ मा झरेको छ । थारु भाषी केहि बढेका छन् भने नेपालका व्यापारी समुदाय भनेर चिनिने नेवारहरुको मातृभाषा बोल्नेहरु ४.०१ प्रतिशतबाट ३.१९ मा खस्केका छन् । नेपाली माटोका बीर जातिहरु तामाङ्ग, गुरुङ्ग, मगर, राई किराँत , लिम्बू र शेर्पा भोटेहरुको मातृभाषाको अवस्था त झन दयनीय हुँदै गएको छ । अर्कोतिर तराइका बासिन्दाहरुको आफ्नो मातृभाषा भोजपुरीको संख्या केहि बढेता पनि अवधी भाषा लगभग सकिने अवस्थामा आएको छ । तर जुन भाषा नेपालका कुनैपनि जातिले मातृभाषाको रुपमा बोल्दैनन् र तथ्याङ्कले १ प्रतिशत पनि मातृभाषाको रुपमा देखाउँदैन त्यहि हिन्दीभाषालाई नेपालको तराईबासीको भाषा बनाउने पापकर्म र दुक्ष्साहस गर्दै प्रदेश नम्बर २ को सरकारले सरकारी कामकाजको भाषा बनाउने जुन घृणित र निन्दनीय कार्य गरेकोे छ त्यो त्यहाँको सरकारले ल्याएको मैथिली, भोजपुरी भाषा माथिको नाङ्गो हस्तक्षेप र मिथिला भोजपुरा संस्कृति माथि बम्बइया भाइगिरी लाद्ने ठूलो षणयन्त्र हो । त्यहाँका जनताले आफ्नो अस्मिता बचाउन यसको बिरुद्ध आवाज उठाउन ढिलो गर्नु हुँदैन । आज चुपलागेर बसियो भने भोली त्यहाँका नेपाली पुस्ताले आफ्नो मातृभाषा र राष्ट्रभाषा सँगै आफ्नो पहिचान पनि गुमाउने छन् ।


पछिल्ला केहि बर्षदेखि मलाइ आफ्नो देशको भूगोल, भाषा सँस्कृतिको विषयमा सासो अलि बढेर गयो । बिषेशगरि नेपाली भाषा माथि लगातार भैरहेको आक्रमणबाट यसमा भएको क्षतिको जानकारी लिन मन लाग्यो र म विभिन्न जिल्लामा व्यक्तिगत भ्रमण गरें विभिन्न विद्यालयहरुमा गएँ, विभिन्न समुदायका बालबालिकाहरुसँग भेटघाट गरें, संयोग भनौं विगत डेढ बर्षदेखि आफ्नो गाउँपालिकाको शिक्षा समितिमा समेत रहेर यहाँका विद्यालयहरुमा पढ्ने बालबालिकाहरु र शिक्षकशिक्षिकाहरु, शिक्षा क्षेत्रमा काम गरेकाहरुसँग प्रत्यक्ष संवाद गर्ने मौका पाइरहेको छु भने कलम चलाउने बानी भएको हुँदा केहि अध्ययन पनि गर्ने गरेको छु, विभिन्न भाषा विज्ञहरु, धार्मिक गुरुहरु, सँकृतविद्हरुसँग पनि सम्पर्कमा रहने गर्छु । यो सबै आफ्नो प्रयासबाट मैले पाएको एउटा मात्रै कुरा हो आज नेपालका भाषाहरुमाथि नियोजित रुपमा आक्रमण भैरहेको छ । भाषा धर्म संस्कार सँस्कृति र नेपाली सभ्यताको मामिलामा नेपाली सरकार नै छैन ठोकुवाका साथ भन्न सकिन्छ । नेपाली शिक्षा नीति सन्. १८३५ को लर्ड मेकालेको निरन्तरता मात्रै हो जसले भन्ने गथ्र्यो तेस्रो मुलुका मानिसहरु अनुहारमा अँग्रेजी नदेखिएता पनि मन चाहिँ अँग्रेजी बनोस् कुली र यसमेन बनेर मात्रै काम गर्ने मसीन बनोस् त्यहि साँचोका जनशक्ति तयार गर्ने हाम्रो शिक्षा नीतिले जीवनउपयोगी शिक्षा दिन सकेको छैन । अँग्रजी पढेर या बीच बीचमा अँग्रेजीका शब्दहरु प्रयोग गरेर, अँग्रेजको खानपान, भेषभुषाको सिको गरेर सभ्य भइने भ्रम र त्यसमा गरिने गर्वले नेपालीपन मासिँदै छ ।


आजका बालबालिकाहरुलाई नेपाली भाषा बोल्न त विकल्प नभएर होला आउँछ त्यो पनि थुप्रै अँग्रेजीका शब्दहरु मिसाएर । नेपाली नातापाता र सम्बन्ध जम्माजम्मी मम्मी, ड्याडी, अंकल, आन्टी, ब्रो र सिस् मा पुगेर टुङ्गिएको छ । नेपाली मौलिक नामबाट राखिएका नामहरु हराएर गएका छन् । बच्चाहरुका नामहरु नेपाली हुन छोडेका छन् । ठाउँहरुका नाम धमाधम नेपालीबाट अँग्रजीकरण र हिन्दीकरण भैरहेका छन् । दश कक्षाको अन्तिम परीक्षामा लेखिने निबन्ध र चिठ्ठी बाहेक अहिलेका अधिकांस बच्चालाई नेपालीमा चिठ्ठी लेख्न या अन्य कुनै कुरा लेख्न आउँदैन । नेपाली अंक लेख्न आउने अहिलेको पुस्ता खोज्नै गार्हो भै सक्यो । नेपाली भाषामा नै नामाकरण भएका र हाम्रै खानपान, पेयपदार्थ, सरसमानहरु, बस्तुहरुको नाम नै लिन परहेज गर्नेहरुको ठूलो समूह समाजमा खडा भैसकेको छ । नेपाली पुस्तक पढेनन् भन्ने गुनासो हुनु कुनै नौलो कुरो रहेन । अब नेपाली भन्दा अँग्रेजी भाषास र साहित्यका पुस्तक तथा समाग्रीहरुको बिक्री र प्रयोग बढेको छ । नेपाली मौलिकताका धरोहर मासेमा मात्रै सभ्य भइन्छ भन्ने मानसिकता हावी भैराखेको छ । हिमालको काखमा समेत कोक पेप्सीकोला, भोड्का, वाइन र पिज्जा सँस्कृतिको आक्रमण हुँदा पनि स्वीकृती दिने र आनन्द लिने सरकार नेपाली कसरी हुनसक्छ ? यसले नेपालीपनको रक्षा कसरी गर्न सक्छ ?


सरकारी विद्यालयको शैक्षिक गुणस्तर बृद्धिको नाममा आइएनजीओ को झाँसामा लागेर उसैको शर्तअनुसार पुच्छर हल्लाउने हाम्रो सरकार र उसैको नीतिको वकालत गर्ने शिक्षाविद्हरुबाट देवनागरी लिपिको जननी मानिएको सँस्कृत भाषा विगतमा हाम्रा विद्यालयहरुबाट हटाएर मासिएको होइन र ? नेपाली विद्यार्थीमा नैतिक शिक्षाको कमि भएको र नैतिकहीन समाजको निर्माण हुँदै गएको यर्थाथ के अझैपनि लुकेको छ र ? अँग्रेजी माध्यमबाट पढाएपछि सरकारी विद्यालयको गुणस्तर ह्वात्तै बढ्छ भन्ने पीडित मानसिकता बोकेका भरियाहरु शिक्षाक्षेत्रमा विज्ञ बनेर बसेपछि नेपाली भाषाको प्राथमिक केन्द्र विद्यालयबाट नै नेपाली भाषालाई नै ध्वस्त पार्ने र त्यसो गर्न अनुमति दिने निकाय दुबै नेपाली भाषाका घोर बिरोधी र राष्ट्रभाषा मास्ने ए्जेन्ट हुन भन्दा अतिशोक्ति होला र ? अहिले नेपाली भाषा र हाम्रा मौलिक अन्य भाषाहरुको जुन गतिमा क्षयिकरण गर्दै र गराउँदै लगिएको छ र जुन गतिमा अहिले प्रबिधिको बिकास भैरहेको छ जसका कारण हामीले ती प्रबिधियुक्त वस्तु र सेवाको नाम नेपालीमा पाइरहेका छैनौं यो गति जारी रहेमा नेपाली भाषा इन्जिनियरीङ्गमा विद्यावारिधी गरेका भाषा विज्ञ डा. लक्ष्मी प्रसाद खतिवडाका अनुसार अबको २७ बर्षमा नेपाली भाषा लेख्ने र बोल्ने व्यक्ति भेटिने छैनन् । हो देवनागरीलिपिमा त लेख्लान तर त्यो वास्तवमा नेपाली शब्द हुने छैन ।


यो कुरा सुन्दा अहिले नपत्याउँदो त लाग्ला तर तितो सत्य भने हो । यसलाई स्वीकार गर्नै पर्छ । अब पनि नेपालमा सबै समुदायका नेपालीले टुलुटुलु हेरेर बस्ने बेला छैन । आज नेपाली भाषा मेरो होइन भनेर मौन बसेको परिणाम हो तिम्रो मैथिली, भोजपुरी, अवधी, पनि मासिएको पत्तो पाएनौ । आज नेपाली भाषाले तिम्रो सँस्कृति मासिदियो भनेर उनीहरुले उचाल्दा उचालिएको परिणाम हो हाम्रा जनजातीका भाषाहरुको लोप भएको । नेपाली भाषाले त थवाङ्ग, लिवाङ्ग, गल्याङ्ग, भूर्तिवाङ्ग, दिक्तेल, नाम्चे, खुमलटार, नेपालटार, बड्डिचौर, बिर्तामोड, जनकपुर, मिर्चैया आदी जस्ता त्यहाँका भाषा सँस्कृतिका नामबाट राखिएका ठाउँका नाम फेरेको थियो र ? अनि गोरे, ठूले, आङ्ककाजी, लाक्पा, नातीबाबु, भाइकाजी, चनमती, मनमती, सैलव, बेचन, लालबाब, दिगम्बर, शैलेन्द्र, बिर्ख बहादुर, हर्कमान, सत्यवाङ्ग, पासाङ्क, ओनसरी आदी नामहरु माथि नेपाली भाषाले अधिपत्य कहिले गर्यो र ? तर आज हेर त न तिम्रा यी नामहरु जीवित छन् न नेपाली भाषाका सुन्तली, गौंथली, लक्ष्मी, सरस्वती, राम प्रसाद, विर प्रसाद नामहरु जीवित छन् । यो सब के कारण भयो ? कसले गर्दा भयो ? के यो खोजनीय बिषय होइन ? ती अँग्रेजहरुको कित्ताकाट घृणावाद, फुटाउ र राज गर को नीतिलाई नेपाली समाज र सम्प्रदायले नबुझेर वा बुझपचाएर हिँड्दाको नतिजा आज नेपाली समाज र यसका सन्तति मातृभाषा बीहिन मात्रै भएको छैनन् राष्ट्रभाषा विभुख पनि हुँदैछन् । आज अमेरिका यूरोप र अष्ट्रलियाको भिसा नलागेका कारण मात्रै नेपालमा बस्न बाध्य रहेको जस्तो व्यवहारले नेपाल र नेपालीको भविष्य किमार्थ सुनिस्चित हुन सक्दैन बेलैमा राष्ट्रलाई माया गर्नेले सबैले सोंच्नै पर्छ किन कि आफ्नो अस्मिता लुटिएको टुलुटुलु हेरेर बस्न मिल्दैन ।

प्रतिक्रिया

प्रतिक्रिया