हेमन्तराज काफ्ले
हाम्रो देश नेपाल स्वतन्त्र र सार्वभौ देश हो सारा संसारलाई थाहा छ । न कहिले कसैको अधिनमा बस्यो नकसैसङ्ग घुडा टेक्यो कहिले कसै सामु आफू कमजोर भएन बरु देखायो सहास र जित्यो अंग्रेज़लाई एक्लो महसुर बन्यो र लखेट्यो बैरिलाई ईतिहास साक्षी छ । परतन्त्र हामिलाई मन पर्दैन नेपाली सोतन्त्र आज छ र भोलि पनि हुने छ। सान सङ्ग लडे बहादुर हाम्रा पुर्खाले र हाम्रो अस्तित्व जस्ताको त्यस्तै बचाई राखे आफ्ना सन्ततिको लागि । आज तेहि भएर गर्व ले भन्छौं हामी वीर गोर्खाली तर दिन पर्तिदिन भारत ले नेपाललाइ विभिन्न बहाना मा हेपि रहेको छ ।
कहिले नाकाबन्दी गरेर कहिले भारतमा भएका काम गर्न गएका नेपालीलाई तर्साएर । कहिले सम्झौताको बहानामा विभिन्न जस्तै बिप्पा अनि थुप्रै सन्धी अनि आफ्नो स्वार्थ मात्र हेरेको छ भारतले । एउटा छिमेकीले निकै सोच्नु पर्छ सधै छिमेकी सङ्ग राम्रो समधुर सम्बन्ध बनाई राख्नु पर्ने हो । छिमेकी सङ्गको सम्बन्ध बिग्रनु भनेको आफ्नैदेशमा अस्थिरता छाउनु हो ठूलो माछाले सानोलाई सताए जस्तो गर्न कसैले हुदैन । भरतले बारम्बार विभिन्न बहानामा हामिलाई हेपि रहेको छ ! भारत ले नेपाल को सिमा मा थिचोमिचो गर्दै आइरहेको छ सिमाका नेपालिलाई दिनहु विविध बहानामा दुख सास्ती भोग्दै आएका छ्न ।
नेपाल भारत सिमाना मा भारत ले लगभग ८६ स्थान मा नेपालि भूमिलाई अतिकर्मन गरेका कुराहरु दिन प्रतिदिन मिडियामै आएका छन । नेपाल को करिब ६० हजार हेक्टर जमिन पनि भारत ले हडपेको छ गण्डकी , कोशी , महाकाली नदीहरुमा अपमान्जनाक सन्धि र सम्झौता गराएको छ। सारा नदि हरुमा बाध बाधि सधै बर्सातको बेला डुबानमा पारी दुख दिने गरेको छ । सीमा क्षेत्र अतिक्रमणमा दार्चुलाको कालापानीमा चीन र भारतबीच युद्ध भएका बखतदेखि ३७२ वर्ग किमी क्षेत्र भारतीय सेनाले अतिक्रमण गरेर राखेको छ । सन् १९६५ देखि अहिलेसम्म भएका जनगणना तथा सर्भे नापीका अभिलेखहरु तथा मालमा आवादी जग्गाको मोठ र नक्सा तिरोभरो नेपालीको नै छ ।
महाकाली नेपालको पश्चिमी सीमा नदी भएपछि बैतडीदेखी नै सिंगो महाकाली नदी मझधार सीमा हुन सक्दैन । सबै नदी नेपालको हो, त्यसलाई बिचमा अतिक्रमण गरिएको छ । कञ्चनपुर जिल्लाको शारदा नहर उत्तर टनकपुरमा २२२ बिघा जमिन भारत सरकारले अतिक्रमित गरेको छ र ४० नं को सीमा स्तम्भ निशाना नै नरहने गरी भत्काइएको छ । ब्रह्मदेव मण्डीमा सीमा स्तम्भ गायब गरेर अतिक्रमण गरिएको छ बिस्तारै भोलीको दिनमा यो ब्रहमदेबको भरैबको मन्दिर आफ्नै हो भन्न पनि सक्छ । यस्तो त थुप्रै स्तम्भ गाएब भएका छ्न राता रात भारतले बस्ती बसाएका उदाहरण हरु ताजै छ्न। सुगौली सन्धीबाटसन्धिअनुसार लिम्पियाधुरा कालीनदीको मुहान हो । सोही कालीनदी नै नेपाल–भारतको सिमाना हो । तर भारतले पटक-पटक त्यस क्षेत्रलाई आफ्नो देशमा पार्नका लागि कोशिस गर्दै आएको छ । अघिल्लो वर्ष पनि सोही भूमिलाई आधार बनाएर भारत र चीनले मुख्य नाका खाेल्ने काेशिस गरेका थिए । उक्त समयमा पनि नेपालमा विवाद भएको थियो । नेपालमा विवादपछि भारतले साे कुरालाई सच्याएको थियो । तर भारतले उक्त क्षेत्रमा तीन सय ७२ वर्गकिलोमिटर नेपाली भूमि मिचेको छ । भारतले नेपाली पक्षले सीमा विवाद सुल्झाउने वा अन्य कुनै कुरा गर्दा १९५० को सन्धि देखाउदै सिमाना खुला राख्नुपर्छ भन्छ ।
रोटीबेटीको सम्बन्ध छ भन्छ, तर उक्त सन्धिमा कतै पनि सीमा खुल्ला राख्नुपर्छ भनिएको छैन । भारतको हेपाहा प्रबृत्ति एक घातक जहरिलो सोछ हो भरतले आफुले जे गरेपनी हुन्छ भन्ने सोचमा छ। उक्त सन्धिको दफा ७ मा समान तरिकाले आवतजावत गर्न पाउने उल्लेख गरिएको छ । यो भनेको खुल्ला सिमाना हैन । सिमाना खुल्ला, बन्द र नियमन गरी तीन प्रकारका हुन्छन् । तर, भारतसँगको सिमाना त छर्लङ्ग खुल्ला छ । खुल्ला सिमानाको असर सीमा क्षेत्रका बासिन्दाको दैनिकीमा पूरा परेको छ। अर्कोतर्फ, मुलुकको अर्थतन्त्र र अन्य क्षेत्रमा पनि खुल्ला सिमानाका असर देखिन्छन् ।
विभिन्न घटना क्रम र अस्थिर अवस्था भारतकै उपज हो । भारतले कहिले मधेसी मुद्दा अगाडि सार्न लगाउछ र आफै आफैमा किन यस्तो गर्दछ एउटा स्वतन्त्र, सार्वभौमसत्ता सम्पन्न भनिएको हाम्रो देशलाई भारतले । यो एउटा गंभीर महत्वपुर्ण प्रश्न हो ।यसको एकमात्र सही उत्तर छ, त्यो हो राणा प्रधानमन्त्री जंग बहादुर राणा देखि हालसम्मका नेपालका शासकहरु बृटिश भारत र स्वतन्त्र भारतको चम्चा बनेर लम्पसार पर्दै आत्मसमर्पण गर्दै आएका कारण भारतले नेपाललाई हेप्दै आएको छ ।विक्रम संवत १९०३ साल अर्थात सन् १८४६ सेप्टेम्बर १४ तारिखको कोतपर्वबाट जंग बहादुर राणा वृटिशभारतको डिजाइन र आसिरवादले नेपालको प्रधानमन्त्री भएका थिए ।
त्यस यता यो १७१ वर्षको अन्तरालसम्म नेपालका शासकहरु खास गरि प्रधानमन्त्री भारती शासकहरुको आशीर्वाद र सहयोगले प्रधानमन्त्री र नेपालका शासक बन्दै आएका कारण उनीहरुले भारतीय शासक वर्गको सेवा चाकरी गर्दै आएका छन् ।भारतले आजीवन प्रधानमन्त्री बनाई दिने, नेपालको शासक बनाई दिने लोभ, प्रलोभन देखाएर सत्तामा जाने र टिकाई दिने झुठो प्रलोभन भारतले त्यसो गरेर वापत नेपालका शासकहरुले नेपालका नदी नालाहरु भारतलाई सुम्पदै आएको जस्तो देखिदै आएको छ । भारतले नेपाललाई भन्ने प्रश्नको सटिक उत्तर के हो भने हालसम्मका शासकहरु भारतीय शासक वर्गका दास, नोकर, चाकर, वफादार सिपाही, नालायक, निकम्मा, देशवेचुवा, पानी वेचुवा भएकै कारण भारतले नेपाललाई हेप्दै आएको तथ्यलाई कसैले पनि भुल्नु हुँदैन ।सत्तामा पुग्न र टिकिरहन निम्ति वैदेशिक शक्तिको सामु चाकडी गर्नु प्रत्येक परिबर्तनमा भारतको रबैया अझ धेरै हुनु जङ्गे स्तम्भ राता रात गाएब गरि आफ्नो भुमी बनाएका घटनाहरु थुप्रै छ्न। बास्तबमा नेपालका लागि भारत कुनै मानेमा पनि असल मित्र बन्न सकेको छैन मात्र भारतको गिद्दे नजर हाम्रा नदि नाला , बन जङ्गल र प्राकृतिक सम्पदामा छ। कयौ पटक हाम्रा देशका राजनेता भनाउदाले देशको चाबी दिल्लीमा छ भनेर भासण गरेको सुनिन्छ ।
के हामी भारतका गुलाम होउ त के हामी भारतकै ईसारामा नाच्ने होउ त के हामी सधै सहेर बसि रहने हो त।नेताको कुर्सी बचाउन उनिहरु बोल्दैनन् भने केही छैन हामी आफ्नो आमाको अस्मिता लाई खुलेआम नङ्याउन खोज्नेका बिरुद्धमा सबै तह तप्का बाट लाग्न जरुरी छ। आफ्नो स्वाधीनता बचाउन हामी सबै एक जुट हुनु पर्छ र आफ्नो अस्तित्वको लागि लडाईनै हुन्छ भने हामी ज्यानको आहुती दिन तयार हुनु पर्छ। हामी यो भारतले अतिक्रमण गरेको सम्पुर्ण जमिन फिर्ता गराउन राजनीति भन्दा माथी उठि रास्ट्र बचाउ अभियानमा लाग्नु पर्छ। भारतले यसरी सजिलै हजारौ बिगाहा जमिन सजिलै लुट्दै लगेको छ।
सबैलाई थाहा छ तर किन मौन बस्छ्न कारण यौटै हो सत्ता मोह । हाम्रा नेताको सम्पुर्ण चुनावी खर्च भारत ले गर्दिन्छ अनि एक मियो जस्तो बनी रहेको हुन्छ किन नहेपोस हामिलाई। अब कुनै दलको पुच्छर समाई अगाडि हिड्नु भन्दा आमाको ईज्जत् बचाउन टाउकोमा कफन बाधेर संख फुक्दै एक बिगुल बजाउदै युद्ध गित गाउदै अगाडि बडन तयार भएर बस्ने बेला आएको छ। भारत ले पटक पटक हामिलाई जिस्काई रहेको छ कहिले नाकाबन्दीको बहाना त कहिले जमिन अतिक्रमण गरेर । भारत हाम्रो देशमा अस्थिर भैइ रहोस बिकास नहोस कल कार्खाना नखुलुन भन्ने चाहान्छ आफ्नै एकाधिकार रबैया यस्तै भैइ रहहोस नुन देखि सुन सम्म टाँक देखि सियो सम्म भारतमै भर परोस तेस्तै छ हामी लाचार छौ अवस्था जटिल छ ।
देशमा अस्थिर भैइ रहे आफ्नो हैकम जमाउन चाहान्छ भारत । हाम्रो बिगतका पन्चायत राजा महेन्द्र देखिका उदाहरण थुप्रै छ्न भारत्ले हरेक क्षेत्रमा एकाधिकार गर्न खोज्दै छ । प्रत्येक राजनैतिक परिबर्तनमा हस्तक्षेप देख्दा के हामी भारतको ईसारामा छौ र पहिलो संविधान सभा तुहिनुको मुख्य कारण भारत हो, नेपालमा जातिय नारा लगाई द्वन्द निम्ताउने सोचमा सधै भारत अगाडि रहि रहन्छ। यसरी बेसरी सताउन थाल्यो भने अति गर्नु अत्याचार नगर्नु भन्छ्न । सारा नेपाली भासा बोल्ने जति एक भए दार्जीलिङ , सिक्किम , देहरादुन, वस्ट बङाल गडवाल र कुमाउमा आगो सल्क्यो भने भारत तेरो केही लाग्ने छैन ।
नजिस्का नेपालिलाई तैले आफ्नो ओरिपरिको सम्पुर्ण छिमेकी देशहरु पाकिस्तान , चीन, बङलादेश , श्रीलंका , भुटानलाई कुनै न कुनै मानेमा आफ्नो रबैया देखाउन खुज्छ्स । भारतका प्रधानमन्त्री मोदिले सोच्नै पर्छ कति सम्म छिमेकी लाई सताउने हो यसरी नै सताउदै जाने हो भने भारत ले निकट भबिस्यमा निकै ठूलो मूल्य चुकाउनु पर्ने छ। एक दिन उहीँ गोर्खाली फेरि बौलाउन सक्छ्न र सन्धिमा गुमेका जमिन फिर्ता माग्दै भारतका विरुद्धमा आए र भारत सङ्ग भएका गोर्खा सैनिकले मात्र आफ्नो मातृभुमी लाई हेपेकोमा तिम्रो बिरुद्ध मा राईफल उठायो भने भारत तलाई निकै गारो हुनेछ सानो छ भनेर हेपेको होलास सहासी छ्न नेपालिहरु यदि समयमा सचेत भैनस भने भारत आफ्नो अस्तित्वमै आच आउन सक्छ । निकै दुख दिदै गएको छ्स छिमेकीहरुलाई , अब तेरा उल्टा गन्ती सुरु भएको त होईन लिपुलेक , कालापानी हाम्रो हो तैले अतिक्रमण गरेको जमिन सक्दो छिटो फिर्ता गर तेरो बिस्तार वाद नीति मुर्दाबाद यसरी भारतले सधै किन नेपालिलाई हेपि रहन्छ ? यो गम्भीर प्रश्न हो यसको उत्तर प्रत्येक नेपालिले खोज्न एक्दमै जरुरी छजय देश जय जन्मभूमि