विचार

सहरीकरणको साथ, सबै सामाजिक सेवाहरू (शिक्षा, स्वास्थ्य सेवा, ऊर्जा, यातायात) संग लक्जरी जीवन बाँच्न सक्षम हुने फाइदाहरू आउँछन्, तर के तिनीहरू बिना लागत आउँछन् ? यस ग्रहमा जीवनलाई निरन्तरता दिन आवश्यक वायु र पानी हो । सहरीकरणको साथ, हामी ती हराउँदै छौं । कहिलेकाहीँ, हाम्रो सडकमा बाढी छ, अन्य समयमा, हामीसँग पिउने पानीको कमी छ । सडकमा पैदल यात्रा छिटो हिड्ने ट्राफिकको साथ युद्ध मैदान बनेको छ । जति ठूलो सहर बढ्छ, त्यति अधिक समस्याहरू आउँछन् ।

 
तपाईं कति जनाले देख्नुभएको छ कि केवल मानसुनको सुरुवात अघि दुई महिनामा, हाम्रो हात पम्पहरू लगभग सुकेको हुन्छन् । हो, यो नेपालगन्जको अवस्था हो र हामी मेट्रोपोलिटनको अझै नजिक छैनौं । १० वर्ष पहिले, नेपालगन्जको प्रायः कार्यालयहरुमा एयरकन्डिशन थिएन र हामी खुशी थियौं । के तपाईं सोच्नुहुन्छ कि नेपालगन्जका सबै मानिसहरूमा अब एयर कन्डिशनिङ बिना बाँच्न सक्ने क्षमता छ ? अब, काठमाडौंको जतिकै आवादी भएको बेला तपाईंको सहरको अवस्था कल्पना गर्नुहोस् ।

 
के हामी अरूले गरेको उही गल्तीहरू गर्न तयार छौं ? के हामीसँग समाधान छ ?

संधारणीय विकास (sustainable development) समयको आवश्यकता हो । हामीले देखेको संसारमा विनाशकारी प्रमुख सहरहरू आफैले आफूलाई दुख दिएका छन् । त्यसोभए, यो उच्च समयमा हामी उनीहरूको गल्तीबाट सिक्दै हरियो सहर निर्माण गर्न आफैलाई नेतृत्व गर्न सक्छौँ । वर्षा जल संचयन , ग्रिडमा जोडएको सौर्य उर्जा, वैज्ञानिक फोहरमैला व्यवस्थापन प्रणाली, छायाँयुक्त (पेडहरूद्वारा) हिड्ने बाटो , विद्युतीय वाहन चार्ज गर्ने स्टेशनहरू र पार्किंङ, मनोरन्जनका लागि सार्वजनिक स्थानहरू साधारणीय विकासको दिशामा अगाडि बढ्नका लागि आधारभूत पूर्वाधारहरू हुन् । आधारभूत लक्ष्य एक शुद्ध शून्य फोहरमैला (zero waste) र एक नेट कार्बन तटस्थ (net carbon neutral)सहरको हुनु पर्छ । यो चीनमा गरिरहेको छ । भारत पनि पछ्याउँदैछ । हामी हाम्रो सहरको भविष्यको योजनाको लागि दुनियाँको सर्वश्रेष्ठ सहरी डिजाइनरहरूलाई (urban designers) काममा लगाउन सक्छौं ।

 

 
नेपालगन्ज महानगर बनाउने स्थानीयदेखि प्रदेश सरकारसम्मको प्रतिबद्धता आइरहेको स्वागत योग्य छ । संयुक्त राष्ट्र, एउटा सहर (महानगर) गठन गर्न तीन परिभाषाको उपयोग गर्छ, सहरहरुको सहरी क्षेत्र, सहरी क्षेत्रको सिमा, महानगरीय क्षेत्रको जनसंख्या । नेपालगन्ज, कोहलपुर र खजुरा सहरहरूको सहरी क्षेत्र हो । जनसंख्या र पूर्वाधार विकासको लागि डुडवा र जानकी सहित पाँच स्थानीय निकाय मिलाएर महानगर बनाउँदा पूर्वाधार विकासको धेरै सम्भावना हामी संग हुन्छ र एउटा बलियो महानगर बन्न सक्छ । महानगरको चर्चा संगै चुनौतीको विश्लेषण पनि आवश्यक छ । स्वच्छता, प्रदुषण, परिवहन, संचार, खानेपानी, शौचालय, बसाईसराई, ट्राफिक व्यवस्थापन, कर व्यवस्थापन, नदी नियन्त्रण, आवास व्यवस्थापन नागरिक सुविधा र नागरिक सुरक्षा लगायत थुप्रै चुनौतीहरु हाम्रो सामु छन् । नेपालगन्ज उप महानगरपालिका स्वच्छतामा धेरै कमजोर छ, क्षेत्र बिस्तार भएपछि सरसफाइको व्यवस्था कसरी होला ? प्रदुषणको प्रबन्ध मिलाइएन भने धुलोको साथ साथै धँुवा र फोहरबाट हुने प्रदुषण बढदै जाने छ । नेपालगन्ज उप महानगरपालिकामा जोडिएका वार्डहरुमा अझै सम्म परिवहन, संचार र सरसफाइ सुविधा पुग्न सकको छैन । नागरिकले पाउने शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, संचार, विधुत, ट्राफिक व्यवस्थापन (पार्किङ) लगायत सुविधाको अभाव छ । नागरिकहरु उपमहानगरपालिकाले कर लिनको लागि हाम्रो क्षेत्र समावेश गर्यो भन्ने अनुभव गरिरहेका छन् । विकासको अनुभूति गराउने मास्टर प्लान ल्याउन आवश्यक छ । महानगर गठन हुदाँ करमा हामी धेरै बढोत्तरी गर्दैनौ भन्ने विश्वास नागरिकलाई हुन जरुरी छ ।
कोहलपुर आफैं नगरपालिका हो । नगर बिकास समितिद्वारा मास्टर प्लान अनुसार विकास गरिएको सहर हो । महेन्द्र राजमार्गमा रहेको कोहलपुर नगर प्रदेश ५, ६ र ७ प्रवेशद्वार को रुपमा छ । मेडिकल कालेज, नेपाल टेलिभिजन, औद्योगिक क्षेत्र, क्रिकेट मैदान, विभिन्न कालेजहरु लगायत धेरै पूर्वाधारहरु विद्यमान छन् । कोहलपुर विकासको धेरै सम्भावनाको नगर हो, जसको तिब्र रुपमा विकास गर्दै जानुपर्छ ।

 

 
खजुरा गाउँपालिकाका धेरै बस्तीहरु पुनर्वासले बसोबास गराएकोले व्यवस्थित छन् । सोनपुर, उढरापुर, रनियापुर साविक गाविसहरु पुनर्वासले बसाएको बस्तीहरु होइनन् । यी बस्तीहरुको व्यवस्थापन फरक किसिमले गर्नुपर्ने हुन्छ । खजुरा बजार आफैंमा एउटा नगरको रुप लिदैछ । क्यान्सर हास्पिटल पश्चिम क्षेत्रकै धेरै महत्वपूर्ण आयोजन हो । यसबाट पश्चिम नेपालका सवै सेवाग्राहीले लाभ लिन सक्छन् । खजुरा कृषि अनुसन्धान केन्द्र, कपास विकासको संरचना लगायत थुप्रै विकासका सम्भावनाहरु खजुरामा विद्यमान छन् । खजुराको विकासको मास्टर प्लान बनाएर कृषि महाविद्यालय, ल्याण्ड पुलिङ माध्यमबाट नगर विकास गर्ने लगायत विभिन्न आयोजनाको माध्यमबाट विकास गर्न सकिन्छ । खाद्यघर, कृषि उद्योगको जोनको रुपमा विकासित गरि विशेष अनुदानको व्यवस्था गर्न सकिन्छ ।

 

 
जानकी गाउँपालिका खजुरा गाउँपालिका र नेपालगञ्ज उप महानगरपालिका एवं कोहलपुर नगरपालिका र नेपालगञ्ज उप महानगरपालिकाको बीचमा अवस्थित छ । त्यसकारणले जानकी गाउँपालिका बिना महानगर गठन सम्भव छैन । जानकी गाउँपालिका उद्योगको लागि धेरै सम्भावना भएको ठाउँ हो । नेपालगन्ज–खजुरा, राँझा–कोहलपुर, पिपरहवा–खजुरा लगायत ठाउँ ग्रीन (प्रदूषण नगर्ने) औधोगिक कोरिडोरको रुपमा प्रयोग गर्न सकिन्छ । जानकी गाउँपालिका नगरहरुको बीचमा परेको कारणले यसको विकास तिव्र गतिमा हुन् सक्छ ।

 

 
डुडवा गाउँपालिका समावेश गर्ने हो भने नदी नियन्त्रणको कार्य योजना बनाउन आवश्यक छ । कुनैपनि क्षेत्र समावेश गर्ने हो भने त्यस ठाउँको जनताले के पाउने ? मास्टर प्लान बनाएर अगाडि बढनु पर्छ । डुडवाको नदीलाई हामी धार्मिक र पर्यटक स्थल, खानेपानी व्यवस्थापनमा उपयोग गर्न सकिन्छ । डुडवामा खेती योग्य थुप्रै जग्गा छ तर व्यवसायिक खेती हुन सकेको छैन, पाउनुपर्ने जतिको प्रतिफल किसानले पाउन सकेका छैनन् । डुडवामा एउटा सुगर फ्याक्ट्री र एउटा फर्टिलाइजर प्लान्टको साथै एउटा नगर विकास समिति गठन गरी सुविधा सम्पन्न व्यवस्थित स्मार्ट सिटी बनाउन सकिन्छ । बाँके, बर्दियाको जग्गा उखु खेतीको लागि एकदमै उपयुक्त छ । नदी किनारको जग्गा उखु खेतीको लागि झन् उपयुक्त हुन्छ । यो एउटा उदाहरण मात्र हो मास्टर प्लान बनाउँदा यी कुराहरूमा ध्यान दिनुपर्ने हुन्छ ।

 

 
नेपालगन्ज भारतीय नाका संग जोडिएको ऐतिहासिक सहर हो । नेपालगन्ज भन्सार, सुखा बन्दरगाह, नेपालगन्ज विमानस्थल, प्रस्तावित नेपालगन्ज विश्वविद्यालय, भेरी अंचल अस्पताल, जिल्ला समन्वय समिति, सम्पूर्ण जिल्ला रस्तरीय संरचना, भेरी प्राविधिक शिक्षालय, विभिन्न प्राइवेट प्राविधिक कालेजहरु, विभिन्न बाणिज्य संकायका कालेजहरू, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल, विभिन्न प्राइभेट अस्पतालहरु, खानेपानी, विद्युत, खाद्य संस्थान, नेशनल ट्रेडिङ, साल्ट ट्रेडिङ, कृषि, बन, सिचाई, शिक्षा, दूरसंचार संचार, रंगशाला, सडक, प्रहरी, सेना, तुलसीपुर उच्च अदालत लगायत विभिन्न भौतिक संरचनाहरु विद्यमान छन् । वाणिज्य बैक, विकास बैक, लघु वित्त कम्पनी, सहकारी, विमा कम्पनी लगायत छ दर्जन वित्तीय संरचना समेत संचालनमा छन् ।

 

 
नेपालगन्ज औधोगिक क्षेत्र, विभिन्न उद्योग व्यवसायको केन्द्र बिन्दुको रुपमा नेपालगन्जले नेतृत्व गर्दै आएको छ । होटल, कटेज, रेष्टुरेन्ट स्तर र संख्यामा वृद्धि हुँदै गइरहेको छ । पर्यटनको क्षेत्रमा मानसरोवर, बाँके, बर्दिया राष्ट्रिय निकुञ्ज, बागेश्वरी मन्दिर, रारा, स्वर्गद्वारी, लुम्बिनी लगायतका सम्भावनाले पर्यटक आकर्षित गर्न नेपालगन्ज भारतीय पर्यटकको लागि प्रवेश द्वार हुन सक्छ । क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल र भारतीय रेल संग नेपालगन्ज कोहलपुर जोड्ने योजना पर्यटनको क्षेत्रमा धेरै महत्वपूर्ण छ । सुख्खा बन्दरगाह निर्माणले नेपालकै औद्योगिक र व्यापारिक हबको रुपमा विकसित गर्ने छ । नेपालगन्ज विश्वविद्यालयको स्थापनाले पश्चिम नेपालको शैक्षिक हबको रूपमा स्थापित गर्ने छ । भेरी अंचल अस्पताललाई मेडिकल कलेजको शिक्षण अस्पतालको रुपमा प्रयोग गर्ने गरी महानगर भित्र सरकारी मेडिकल कलेज खोल्न सकिन्छ ।

 

 
जिल्ला स्तरीय विभिन्न कार्यलयहरू विघटन भई स्थानीय सरकारमा आप्mनो भौतिक संरचना सहित हस्तान्तरण भैरहेका छन् । महानगरको विकासमा ती संरचनाहरु उपयोग गर्न सकिन्छ । महानगरले राष्ट्रिय, अन्तर्र्रािष्ट्रय धेरै लगानीहरुलाई आकर्षित गर्न सक्छ र महानगरको द्रुत गतिले बिकास हुन सक्छ । महानगरमा आफ्नो क्षेत्र समावेश गराउन जनता उत्साहित हुने बातावरण बनाउनु पर्छ । प्रस्तावित महानगर गठन गर्नु भन्दा पहिला सम्बन्धित सरोकारवाला र नागरिकहरु संग छलफल आवश्यक छ । हामी संग अझै ४ बर्ष समय छ, यस बीचमा सम्बन्धित निकायहरुको बीचमा विकासको केही साझा अवधारणा बनाएर अगाडि बढ्नु पर्छ । एक अर्कोको बीचमा देखिएको महानगरमा कुन पालिकाको के आवश्यकता छ त्यसलाई कसरी पुरा गर्ने बिषयमा छलफल जारी राख्नु पर्छ । खनेपालगन्ज महानगर गठन गर्नको लागि बनाउने मास्टर प्लानको लागि यो मेरो सुझाव हो । कुनै प्रस्ताव उपयुक्त देखिए उपयोग गर्ने, अझै थप सल्लाह सुझावको लागि छलफल गर्न सदैव तैयार छु ।

प्रतिक्रिया

प्रतिक्रिया