–मीनवहादुर मल्ल
मानिस भनेको चेतनशील प्राणी हो भनेर हामी वुझ्दछौँ । मानिसको आत्मा भित्र हरेक किसिमको तरंग उत्पन्न हुन्छ । र, त्यो एक किसिमले सबैको आत्मा भित्र सलबलाउन थाल्छ । त्यो तरंगहरु बहुल किसिमको हुन्छ र त्यही नै विचार हो । त्यही बहुल विचारहरु नै लोभ, लालच, मोह, ईष्र्या, पापमा परिणत हुन्छ । अन्तत्वगत्वा त्यो पापी विचार व्यवहारमा परिणत हुन्छ, त्यस्तो किन हुन्छ ? ती त्यस्ता व्यवहारहरु अज्ञानता र अशिक्षाले हुन्छ भन्ने वुझाई रहेको हामी पाउन सक्छौ । तर अब यो समाजमा वास्तविकता त्यस्तो रहेन । प्रतिस्पर्धात्मक युगमा विवेकको प्रयोग शुन्य अवस्थामा पुग्दैछ । मानव नकारात्मक प्रवृतिले दिनानु दिन फरक किसिमको अवस्था सृजना गर्दैछ ।
कसैले वुझ्न नसक्ने विचित्रको यो दुनियाँमा हामी बिभिन्न आचरणका मान्छेहरु बसेको छौं । आ–आफ्नो रीतिरिवाज धर्मकर्महरुमा समर्पित भएर ! संसार जसरी विचित्रको छ त्यसैमा लाखौं प्रकारको जीवजन्तहरु पनि सामेल छन् । यसै विचित्रतामा अभिनय गर्न सक्रिय कलाकार स्वरुप हामी रंगमञ्जमा दिनहुँ आफ्नो कलाकारिता देखाउँदैछौं । यथार्थमा भन्नुपर्दा यो संसारमा राज गर्ने, अधिन गर्ने, यो संसारलाई स्वर्गको टुक्क्रा झै बनाउने यो संसारलाई नरक झै बनाउन सिर्फ हामी मानव रुपी दानव नै सक्रिय छौं भन्दा अनुचित नहोला । अज्ञानताले कारण कुनै पनि पशुपंक्षीहरुले अवश्य पनि संसारलाई कुनै पनि अवस्थामा राम्रो या नराम्रो पक्षमा धकेल्न सक्दैन यो हामी सबै लाई थाहा भएकै कुरा हो । कारण यो पृथ्वीमा हामी मान्छे जस्तो चेतनशील प्राणी अरु कोही छैन, यही चेतनाको कारणले गर्दा नै हामी मानव अरु जीवभन्दा अगाडी छौं । हामी सबैको आ–आफ्नो सोचाई बिचार हुन्छ, हामी सबै आ–आफ्नो बुद्धि बिवेकले चल्ने गर्दछौं ।
हाम्रो जस्तो विकासोन्मुख देशमा वस्ने जनताले विकासको अत्याधिक विकास भइेसकेको अवस्थामा पुगेका देशहरुको शिको गर्दै गरिएको नक्कल मिश्रित जीवनशैलीले हामी कता तिर लम्कदैछौ भन्ने कुराको हेक्का राखिनुपर्छ । राम्रो कुरालाई अंगिकार गर्ने नाउँमा विकृति भित्राइनु अवस्य फलदायी हुँदैन । संस्कृतिको विकास भनेकै समाज, हावापानी, माटो तथा वातावरणको प्रभावको कारणले प्रभावित हुन्छ । आज हाम्रो नेपाली समाजमा अरुको अनुशरण गर्ने प्रवृत्तिले हामी ग्रसित छौं ।
थुप्रै यस्ता घटनाहरु दिनहुँ हामीले आँखैले देख्दछौँ जुन समाजले पचाउन सक्दैन तर हामी जानी नजानी गरिरहेका छौँ । हाम्रा सन्ततिले गरिरहेका छन् । फरक यति हा,े मात्रामा कसैले धेरै गरेका छन त कसैले थोरै । उदाहरणको लागि सामाजिक सञ्जालमा छरपुष्ट हुनेगरी देखाइएका फोटोहरु, लेखिएका आलेखहरु त्यहि कुराको प्रतिक हुन् । हामी अनायसै होडवाजी र को भन्दा को कमको खेलमा विभिक्त भएका छौं । अव भन्नुस के हामीले भावी सन्ततीलाई सुम्पेर जाने कृति यिनै हुन त् ? कतिपय सामाजिक सञ्जालका भित्ताहरुमा लेखिएका शब्दहरु साँच्चिकै मार्मिक र पथ प्रदर्शक हुन्छन् । लेखिसकेपछि हेर्नेको ज्ञानको ज्योति वल्छ होला वा बल्दैन एउटा पाटो हो, तर लेख्नेको बल्छ कि वल्दैन, वा वल्नु पर्ने हो कि हैन ? यस्तोे प्रश्न जहिलपनि अनुत्तरित नै रह्यो ।
समाजको परिधिभित्र रहेर ब्यक्तिले जीवन यापन गर्नु पर्छ, तर परिधि उलंघन गर्न ब्यक्तिलाई सधैं हौस्याइन्छ र उसको अनुस्पथितिमा समाजमा कलंकित गर्न खोजिन्छ । हरेक मानिस आफैमा पूर्ण कोही छैन । व्यक्तिको नाम पूर्ण हुन सक्छ, तर व्यक्ति कोही पूर्ण छैन । हाम्रो शरीरको भित्रीका अंगको कुरै छोडौं वाहिर अंगहरुपनि नराम्रा छन् त्यसैलेले मानिस त्यसलाई छोपेर हिड्छ, भने समाजमा देखिने मानिसको अलिकतिको प्रगति पथले उसको विरोध गर्नुमा हामीपनि कतातिरको यात्रा तय गरिरहेका छौ भन्ने वुझ्न जरुरी छ । मानिस कतिपटक अरुमा वारेमा सोच्दछ र कतिपटक आफ्नो बारेमा सोच्दछ दिनभरीमा मन, मस्तिष्कमा (Automatic measuring machine) लगाउन शायदै हामी कोही तयार छैनौ होला । तर, भन्दिर्छाैं अर्कै कुरा ।
किताबमा पढ्न नपाइने ज्ञान समाजको किताबमा लेखिएको हुन्छ त्यसलाई पढ्न सक्नु पर्दछ, पढाइन सक्नु पर्दछ । तर अहिलेको नक्कली र वनावटी सामाजिक अवस्थाले त्यो चिन्तन गर्न सकिरहेको छैन । वाहिरी रुपमा मिलेका छौ भन्नु र आत्मीय रुपमा साँच्चिकै मिल्नुमा धेरै फरक छ । हो पाठ्य पुस्तकको अलवा बालबालिकालाई सामाजिक शिक्षाको ज्ञानमा ध्यान पुर्याउनु आजको टट्कारो आवश्यकता हो । तर, अहिले सवै वस्तु नक्कली भए जस्तै आत्मीयताहरुपनि नक्कली हुन थालेका छन् । यसैले सामाजिक शिक्षाको गहनता दिनानुदिन ओझेलमा पर्दै गएको छ । समाजमा ब्यक्ति सामाजिक बन्नबाट तछाड मछाड गरिरहेको छ वास्तवविकता उ सामाजिक बन्न भन्दापनि सामाजिक देखाउनका लागि मानव भिडमा उपस्थित हुन्छ । यि र यस्ता प्रवृत्तिको विकासले भोलिको नेपाली समाज कस्तो होला । सामाजिक जिम्मेवारी बोध हराएको समाज कस्तो होला । एउटा मोबाइलर ल्यापटपमा घन्टउ घोत्लिन्छ नजिकको ब्यक्तिसंग उसलाई बोल्ने फुर्सदसम्म हँुदैन । यि र यस्ता उदाहरण हाम्रो सामु प्रशस्त छन् ।