डेष्टिनेशन खजुरा

सतिश निरौला

खजुरा एउटा बलियो सम्भावना बोकेको सहर उन्मुख ‘टाउन’ हो । खजुराभित्रका सम्भावना मध्य एउटा बलियो सम्भावना पर्यटन हुन सक्छ । आन्तरिक पर्यटकलाई भित्र्याउन खजुरा खासै धेरै लगानी गरिनुपर्ने स्तिथि पनि छैन । स्थानीय सरकारले ब्यवस्थित प्लान निर्माणका साथ गुरुयोजना निर्माण गरि कार्य अघि बढाउने हो भने २ करोडको प्रारम्भिक लगानीमा खजुरालाई घुम्न मिल्ने ठाउँ बनाउन सकिन्छ ।

 
अहिले स्कुल पढ्ने विद्यार्थीदेखि कलेज पढ्ने विद्यार्थी सम्म ‘विकेण्ड’ मनाउने परम्परा चलिसकेको छ । र, आम मानिसहरूको जीवनशैली बदलिदै छ । केटा केटिसहित फुर्सदको समय पार्क र रेस्टुरेन्ट पस्ने चलन अब ‘कमन’ हुन थालिसक्यो । खजुरा प्रवेश गरिसकेपछि १० घण्टा वा पुरै दिन कसरी बिताउने ? आम मानिसहरुको प्रश्न हुन सक्छ । खजुराको बसाई सुखद् र राम्रो बनाउन घुम्ने स्थानहरु निम्न हुनसक्छन् ।

 
कृषिअनुसन्धान केन्द्र : खजुरापालिकाको सीमामा रहेकोे कृषि अनुसन्धान केन्द्र परिसर घुमि कृषि सम्बन्धि ज्ञान लिनुका साथै त्यहाँको सुन्दरताको आनन्द लिन सकिन्छ । विभिन्न बालीको अवलोकन, बाख्रा फार्मको अवलोकन, अङ्गुर खेती र आँप बगैंचाको अवलोकन गर्न सकिन्छ । फार्म भित्र रहेको माछा पालन र कुखुरा फर्म समेतको अवलोकन र ज्ञान लिनको लागि यो फार्मको घुमाइ महत्वपूर्ण हुन सक्छ । यो फार्म अझ स्कुल पढ्ने विद्यार्थीका लागि त विशेष नै हुन सक्छ । विहान आठ बजेदेखि यो फार्म ११ बजे सम्म घुमी त्यहीँ भित्र रहेको क्यान्टिनमा खाजा र खाना खान सकिन्छ । त्यस फार्म भन्दा करिब १ किमि उत्तरमा रहेको सुरदाशजी महाराजको आश्रम र मन्दिर समेत पुगि केही समय बिताउन सकिन्छ ।


मुसबेटवाबाबाको मजार : यो ५० औं बर्ष पुरानो मजार हो । हिन्दु र मुस्लिम दुवै समुदायको आस्थाको केन्द्र रहेको यो मजारमा प्रत्येक बर्ष सरस्वती पुजाका दिन विशेष मेला लाग्ने गर्दछ । यो मजारमा पुगि च्यादर चढाइ पुजा गरेमा आफ्नो मन्नत पूरा हुने जनविश्वास रहिआएको छ ।


मिनिपार्क एन्ड रिसोर्ट : बैशाख १ गते देखि विधिवत सन्चालनको तयारीमा रहेको यो पार्क खजुरा भ्रमणको सबै भन्दा महत्वपूर्ण आकर्षण हुन सक्छ । निजी रूपमा करिब ५० लाखको लगानीमा तयारी भैरहेको यो पार्कमा मनमोहक सुन्दर बगैंचा देखि सेल्फी स्पोर्ट समेत बनाइएको छ । पिकनिक मनाउन आउनेहरूका लागि पार्क भित्रै पिकनिक स्पर्ट पनि रहेको यो पार्क एन्ड रिसोर्टमा खानको लागि सुन्दर कटेज सहित सबै किसिमका परिकारको ब्यवस्थापन गरिएको छ । ८ जना सम्म बस्न सकिने गरि २ ओटा अट्याज रुम समेत यहाँ तयार गरिएको छ । बाँके जिल्लामा नै निजी लगानीमा तयार गरिएको सुन्दर बगैंचा सहितको रेस्टुरेन्ट सम्भवत यो पहिलो हुन सक्छ । गाभर भ्याली र ढकेरीको विकल्पका रूपमा यसलाई अगाडि बढाइरहेको संचालकहरु बताउँछन् ।

 
मनमोहन चिल्ड्रेन पार्क : खजुरा एकनम्बर बजारमा रहेको यो पार्क सरकारी लगानीमा तयार हुँदै छ । केटाकेटीहरुलाई घुमाउनको लागि विशेष महत्वपूर्ण हुन सक्छ यो पार्क । स्थानीय सरकारले विशेश ध्यान दिइ यस्को ब्यवस्थापन गर्न सके यो एउटा महत्वपूर्ण स्थान बन्न सक्छ । यो पार्क सँगै मामा होम होमस्टे रहेको छ । जहाँ खानपिन र बसोबासको प्रबन्ध छ ।

 


लक्ष्मी नारायण मन्दिर :यो मुख्य खजुरा बजारमा रहेको छ । पुरानो यो मन्दिर मा दिनहुँ पुजा अर्चना हुने गर्दछ ।
गिजरा सामुदायिक बन ः यो खजुरा आएर पिकनिक मनाउनका लागि उपयुक्त स्थान हो । पुरानो खाडसारी उद्योग (टन्डनको मिल) भएको जग्गासँग मानखोला किनारमा रहेको यो स्थल रमणीय छ ।


झोलुङ्गे पुल  यो घुमफिर गर्न र पिकिनिकको लागि उपयुक्त छ । झोलुङ्गे पुलमा सेल्फी खिक्ने देखि खोला र जङ्गलको आनन्द यहाँ लिन सकिन्छ । सितापुर रिमझिम बजार हुँदै यहाँ पुग्न सकिन्छ ।

 
गणेशधाम : सामाजिक ब्यक्तित्व श्री गङ्गाधर कर्णेलको विशेष लगानी र पहलमा खजुराबजारदेखि करिब दुई ढाइ किमि उत्तरमा रहेको यो धाम गणेश भक्तहरुका लागि महत्वपूर्ण स्थान हुन सक्छ । हरेक मंगलवार विशेष पुजा अर्चना हुने यो मन्दिरमा दिनहुँ पुजाअजा हुने गर्दछ ।

 
यस्तै खजुराबजार आसपास थुप्रै मठ मन्दिर, चर्च, गुम्बा र मस्जिदहरु रहेका छन् । यहाँ सजिलोसँग घुम्नका लागि यातायातको सुबिधा उपलब्ध हुनसक्छ । हालै सञ्चालनमा आएको ट्रीपल ब्रो होटल सुविधा सम्पन्न रहेको छ । एसि रुम सहित रहेको यो होटल स्तरीय सेवा दिने संचालकहरु बताउँछन् ।

 
साइकिलिङ्गका लागि उपयुक्त : नेपालगन्जको भृकुटीनगरबाट साइकिलिङ्ग सुरु गरि राधापुर–सैनिक , रिमझिम बजार, गौघाट, पुरैना, सिंदुरे, गोदाहाना हुँदै खजुरा बजार पुगेर फेरि नेपालगन्जसम्म करिब ३० किमि भन्दा बढीको फ्यानको साइकलमा लगाउन सकिन्छ । खजुरा साइकिलिङ्गका लागि उपयुक्त रुट हो । दिनभरी साइक्लिङ्ग गर्ने हो भने रिमझिम बजारमा खाजा खाई खजुराको मिनिपार्क घुमी त्यहीँ केहीबेर आराम गरि खाना खाएर फेरि घुम्न सकिन्छ । यसरी साइकलमा खजुरा गाउँपालिकाका १ नं. वार्ड राधापुरदेखि ८ न वडा रनियापुरसम्म सजिलोसँग घुमफिर गर्न सकिन्छ।


कपास विकास समिति : यो कार्यालयमा आइ कपास उत्पादन, प्रशोधन सम्बन्धि विशेष ज्ञान लिन सकिन्छ । यो स्कुले विद्यार्थीका लागि भ्रमण गराउन उपयुक्त स्थान हुन सक्छ ।

 
थप सम्भावना र लगानी : यसबाहेक पनि थप सम्भावनाहरु खजुरा सँग छन् । त्यस्का लागि गाउँ पालिकाले लगानी गर्न तयार हुनुपर्छ । गाउँपालिकाको कार्यालयसँग जोडिएको तलाउमा लगानी गरे त्यहाँ सुन्दर जलबिहार सहितको मनमोहक स्थल बनाउन सकिन्छ । यसैगरी नारि उत्थान केन्द्र सँग जोडिएको पार्कको नाममा रहेको १३ कट्ठा जग्गामा मिनि जु सहितको पार्क बनाउन सकिन्छ भने सितापुरको झोलुङ्गे पुल आसपासको क्षेत्रमा पार्क सहितको विशेष मनोरञ्जन स्थल बनाउन सकिन्छ ।

प्रतिक्रिया

प्रतिक्रिया