संघर्षमा सफलताको सुत्र

सुनिता चौधरी

 

ज्ञात भएकै कुरा हो, मानिस हामी सामाजिक प्राणी हौँ । हामी समाजमा बस्न रुचाउँछौ । हामीलाई बाँच्नको लागि चाहिने आवश्यकता मध्ये समाजले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । मानिस समाजमा जन्मन्छ, समाजमा हुर्किन्छ र समाजमै उसको देह समाधिस्त हुन्छ ।

 

मानिस सङग आ–आफ्नो परिचय, रुची, बानी–ब्यवहार हुन्छ । यसैको आधारमा लक्ष्य पनि निर्धारण गरिन्छ । मानिसमा आदर, सम्मान, कदर र श्रद्धा हुनुपर्छ किनकि यीनै कुराले सामाजमा छुट्टै पहिचान ल्याउन मद्दत पुग्छ । त्यसैले मानिस समाजकै परिधिभित्र, समाजले सजिलै स्वीकार गर्न सक्ने कार्य गर्न सिक्नु पर्दछ । हरेक ब्यक्ति सङग आ–आफ्नो पहिचान हुन्छ, पहिचान पाउनु कुनै सामान्य कुरा होइन यस्का लागि सकारात्मक कार्य गर्न अनुशासन र जिम्मेवारीको उत्तिकै महत्व हुन्छ ।

 

कुनै ब्यक्ति सामाजिक, आर्थिक र राजनीतिक रुपमा सक्षम हुनुपर्छ यो सजिलै पाउने सक्षमता होइन यसका लागि धेरै संघर्ष गर्नु पर्छ । प्रत्येक मानिसमा विविधता पाइन्छ, भिन्दा भिन्दै बिचार वा अलग्गै धारणा भएकाले उनीहरुको लक्ष्य र उद्देश्य एकै किसिमको हुँदैन । कुनै विशिष्ट ब्यक्ति सङ्ग परिचित हुनुलाई पहिचान पाएको भनिंदैन, समाजमा केही गरेर मर्नुस् जहाँ तपाईको पहिचान झल्कियोस् ।

 

यदि तपाई मरेर पनि जीवित रहन चाहनुहुन्छ भने केही यस्तो क्रियाकलाप गर्नुस् जुन समाजले पढ्न लायक होस् या त केही गरेर देखाउनुस् जुन लेख्न लायक होस् । व्यवहारले मानिसको सभ्यताको परिचय झल्काउँछ । मानिसले गर्न नसक्ने काम केही छैन तर सोही काम गर्नलाई मानिसलाई साहसको आवश्यकता पर्दछ । आफुले गर्नुपर्ने कर्तव्य र जिम्मेवारी पूरा गर्नुलाई जिम्मेवारीबोध भनिन्छ ।

 
भनिन्छ, विवेकशील ब्यक्ति नै समाजको एक अमृत हो । जुन ब्यक्ति सङग ओठमा मुस्कान, आँखामा खुशी र मनमा आत्मविश्वास हुन जरुरी छ । मानिसको सबैभन्दा ठूलो सम्पत्ति भनेको क्षमता हो, यसैलाई आफ्नो जीवनभरी अनुगमन गर्दै लक्ष्य निर्धारण गर्दै अघि बढ्न सक्नुपर्छ । समस्या पर्यो भन्दैमा निराश हुने, आत्तिने, रोइहाल्ने र मनोबल कमजोर बनाएर काम छैन । बरु, यसको सट्टामा समस्याको सामना र समाधानको सहि उपाय अपनाउनु पर्छ । मानिस जुनै पनि तवरले पूर्ण हँुदैन । पूर्णताको खोजीमै जीवन सकिन्छ ।

 
जो कोहीलाई पनि सफलता मन पर्छ जस्लाई पाउन धेरै मेहनत, लगनशीलता अनि संघर्ष गर्न उचित छ । किनकी संघर्षमानै सफलताको सुत्र छिपेको छ । असल व्यबहारको कुनै आर्थिक मुल्यांकन नभएता पनि करोडौंको मन जित्न सकिन्छ । जब सम्म ब्यक्तिमा म सुन्छु, म देख्छु, म सम्झिन्छु, म गर्छु र म बुझ्छु भन्ने भावना हँुदैन तब सम्म बिकासमा परिवर्तन आउदैन । जसरी एक पलको मुस्कानले तस्बिर सुन्दर देखिन्छ त्यसरी नै जिन्दगीको हरेक पलमा मुस्कुराउँदै जानुस्, जिन्दगी आफंैमा सुन्दर बन्दै जान्छ । त्यसैले म भन्छु, आफ्नो पहिचान आफंै बनाउनु पर्छ, मागेर पाइदैन ।

प्रतिक्रिया

प्रतिक्रिया