नेपालगन्जमा प्रादेशिक महोत्सवको तयारी पूरा

यहि माघ ११ देखि २२ गतेसम्म नेपालगन्ज स्थित सडक डिभिजन परिसरमा संचालन हुने महोत्सवको समुद्घाटन समारोह पूर्व नेपालगन्जमा बृहत सास्कृतिक झाकी प्रदर्शन गरिदै छ । उक्त बिषयमा सांस्कृतिक तथा झाकी व्यवस्थापन उपसमितिका संयोजक टंक धामीसग गरिएको कुराकानी प्रस्तुत छ ।

झाकीको तयार कहांसम्म पुग्यो ?
झाकीको तयारी पुरा भएको छ । हामी अहिले सम्म गरेको मेहनत, तयारीको प्रतिफल प्राप्त गर्ने समयको पर्खाइमा छौं । यो उपसमितिको भूमिका अन्य उपसमिति भन्दा भिन्न रहेकाले हाम्रो सदस्यका सम्पूर्ण साथीहरुले निकै मेहनत गर्नुभएको छ । हामी बिहीवार बिहान नेपालगन्ज उपमहानगरमा पहिलो प्रादेशिक महोत्सवको सुन्दरता झल्काउने अठोटका साथ लागिपरेका छौं ।

 

झाकीका आर्कषणहरु के के छन् ?
झाकी भनेको आफैमा सुन्दर पक्ष हो । झन् यसमा विविध धर्म, सम्प्रदायको भेषभुषा, कला संस्कृतिक झल्कियो भने सुनमा सुगन्ध हुन्छ । हामीले त्यो काम यहा गर्दैछौं । हाम्रो झाकी हेलिकप्टरबाट पुष्पवृष्टि हुन्छ जुन नेपालगन्जका लागि नया“ कुरा हो । यसका साथै झाकीको अगाडी हात्ती सयर गराउदैछौं । एक सय ८ कन्या सहभागी रहने कलश यात्रा गरिने छ । पन्चेबाजा, प्रहरी ब्याण्डबाजा, लाखे नाच, मयुर नाच, थारु, अवधी, मुस्लिम, गुरुङ्ग, मगर, शेर्पा, तामाङ्ग, बौद्ध, शिख, भजनकृतन, ब्याण्डबाजा, गायत्री परिवार, ओम शान्ती परिवार, मानव धर्म, नेवारी नृत्य, आमा समुहरु, क्रिस्चियन समुदाय, सुदुरपश्चिमको देउडा, कर्णाली अन्चलको बिशेष प्रस्तुती र सल्यानको सोरठी नाच प्रस्तुत हुन्छ । यसका साथै औद्योगिक झाकीहरु प्रस्तुती रहने छ । साच्चिकै भन्नुहुन्छ भने हामी झा“कीमा सुन्दर र सद्भावको सहरका रुपमा नेपालगन्जलाई भेटाउने छौं ।
झाकीहरुमा विद्यार्थीहरुको पनि सहभागिता गराइने गरिएको छ ? यसपटक त्यसको तयारी कसरी गर्नुभएको छ ?

विद्यार्थी भाई वहिनीहरुका लागि यो प्रादेशिक महोत्सवको विशेष अर्थ राख्छ । किन भने कलिला बिद्यार्थी बहिनीहरुले महोत्सवमा अवलोकन गरेर देशको अर्थतन्त्र, कला संस्कृतिका बारेमा प्रत्यक्ष बुझ्ने अवसर प्राप्त गर्ने छन् । त्यसले उनीहरुमा ज्ञानको बृद्धि भई भोलिका उद्योगी र ठुला व्यवसायीहरु बन्न प्रेरित गर्ने छ । यसर्थ हामीले यो महोत्सवमा बढि भन्दा बढि बिद्यार्थी भाई बहिनीहरुको सहभागिता होस् भन्ने चाहान्छौं । र, त्यसैको तयारी स्वरुप हामीले जिल्ला शिक्षा कार्यालय, हिसान, सिटिईभिटी, प्याब्सन, एन प्याब्यसन, शिक्षक संघ, संगठनहरुसंग प्रत्यक्ष भेटेर, छलफल गरेर विद्यार्थी, शिक्षक, कर्मचारीहरुको सहभागिताका बिषयमा कुरा राखेका छौं । उहाहरुलाई आउन पत्र पनि पठाएका छौं । आशा छ, उहाहरुको उल्लेखनीय मात्रामा सहभागी रहने छ ।

 
झाकीको रुट र यसको व्यवस्थापन कसरी गर्नुभएको छ ?
झाकी बिहीवार नेपालगन्ज उद्योग वाणिज्य संघको कार्यालयबाट सुरु हुदै त्रिभुवनचोक, घरबारीटोल र धम्बोझीचोक हुदै कारकादो महोत्सव स्थलमा पुग्ने छौं । झाकीलाई मर्यादित, व्यवस्थित गराउन जिल्ला प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय, ट्राफिक प्रहरी, स्वयंवेकको नेतृत्व गर्दै झांकी व्यवस्थापन उपसमितिका सदस्यहरुको नेतृत्व कृष्ण प्रसाद मरासिनीले गर्नुहुनेछ ।

प्रतिक्रिया

प्रतिक्रिया