‘महोत्सवले व्यवसायिक क्षेत्रमा जागरण ल्याउछ’

अब्दुल वाहिद मन्सुरी
प्रथम उपाध्यक्ष, नेपालगन्ज उद्योग वाणिज्य संघ

नेपालगन्ज उद्योग वाणिज्य संघको आयोजनामा यही माघ ११ गतेदेखि २२ गतेसम्म प्रादेशिक महोत्सव आयोजना हु“दैछ । महोत्सवले आर्थिक गतिविधिलाई चलायमान बनाउन सहयोग पु¥याउने र नेपालगन्जलाई यस क्षेत्रमै चिनाउने अपेक्षा गरिएको छ । प्रस्तुत छ, यिनै बिषयमा नेपालगन्ज उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष अब्दुल वाहिद मन्सुरीसंग गरिएको कुराकानी :

बिगतमा क्षेत्र स्तरिय महोत्सव आयोजना गर्नुहुन्थ्यो अहिले प्रादेशिक महोत्सव आयोजना गर्दै हुनुहुन्छ । यसको महत्व के छ ?
देश संघीय संरचनामा गईसकेपछि नीजि क्षेत्रले पनि आत्मसाथ गर्नुपर्छ, हामीले त्यही गरेका हौ । प्रादेशिक महोत्सव भनिए पनि यो महोत्सवमा तीन वटा प्रदेश, प्रदेश नम्बर ५, ६ र ७ ले पनि अपनत्व महसुस गरेका छन् । त्यहांका आमनागरिकहरुले पनि यस महोत्सवलाई माया, ममता दिनुहुने छ भन्ने अपेक्षा गरेका छौं । प्रादेशिक स्तरिय महोत्सव भएकाले यसपटकको महोत्सवको बिशेष अर्थ राख्छ । हामीले महोत्सवलाई अझ परिस्कृत गर्न खोजिरहेका छौं । यस महोत्सवबाट लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ संरचना अनुसार सिङ्गो ५ नम्बर प्रदेशका सम्पूर्ण उद्योगी, व्यवसायीहरुका साथै ६ तथा ७ नम्बर प्रदेशका उद्योगी, व्यवसायीहरु समेत एउटै स्थालमा सहभागी हुन पाउने भएकाले यसले झन्डै आधा नेपालको औद्योगिक एवं व्यावसायिक क्षेत्रमा नवीन ऊर्जा र विशेष जागरण ल्याउने र यसबाट सिङ्गो राष्ट्रलाई नै योगदान पुग्ने कुरामा हामी विश्वस्त छौँ ।

 
नेपालगन्ज उद्योग वाणिज्य संघको स्वर्णजयन्ती परेको र महोत्सव समेत आयोजना गर्न लागिएकाले पनि बिशेष भएको हो ?
निश्चित रुपले हो । नेपालगन्ज उद्योग वाणिज्य सङ्घ प्रदेश नम्बर ५, ६ र ७ को ठुलो सङ्गठनका रुपमा विकसित भएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घको छाता सङ्गठनका रुपमा रहेको यस संघले आफ्नो ५० वर्षको इतिहासमा उद्योग, व्यवसाय क्षेत्रमा ऐतिहासिक, गुणात्मक एवम् परिमाणात्मक योगदान गर्दै यस वर्षलाई स्वर्ण महोत्सव वर्षका रुपमा मनाई रहेको छ । स्वर्ण महोत्सवका अवसरमा प्रस्तावित बहुउद्देश्यीय सभागृह तथा प्रदर्शनी स्थल निर्माण सहयोगार्थ सातौँ प्रादेशिक महोत्सव–२०७४ आयोजना गर्न लागिएको जानकारी गराउन पाउँदा हामी अत्यन्त हर्षित भएका छौँ ।

 
महोत्सवले के फाइदा पु¥याउ“ंछ ?
प्रादेशिक महोत्सव–२०७४ मा बढि भन्दा बढि उद्योगी, ब्यापारी तथा दर्शकहरुलाई प्रत्यक्ष रुपमा अवलोकन गराउने लक्ष्यकासाथ सञ्चालन गरिने उक्त महोत्सवमा राष्ट्रिय, अन्तराष्ट्रिय कम्पनीका साथै बिभिन्न ब्यापारीक, पर्यटकीय तथा प्रविधिसँग सम्बन्धित ३ सय स्टलहरु रहने छन । यसका अतिरिक्त विभिन्न क्षेत्रका ब्यवसायीहरुको सहजताकालागि सहायता कक्षको समेत ब्यवस्था गरिने छ । जसबाट नयाँ ब्यवसायीहरुलाई आप्mनो ब्यवसायको प्रवद्र्धन तथा विस्तारमा मद्धत पुग्ने यस महोत्सवको ठम्याई रहेको छ ।

 
महोत्सवको उद्देश्यहरु के हुन् ?
वहुउद्देशिय सभा–गृह तथा प्रदर्शनी स्थल निर्माण गर्ने लक्ष्य हो । यो कार्यान्वयन मुख्य अभिभारा रहेको छ । उद्योगी, ब्यवसायीबिच व्यवसायीक प्रतिस्पर्धाको वातावरण सृजना गरि लगानीकालागी प्रेरीत गर्ने पनि उद्देश्य हो । राष्ट्रिय तथा अन्तराष्ट्रिय मुलुकका उत्पादन एवं सेवाहरुको बृहत प्रदर्शनी गरी ब्यापार प्र्रवद्र्धनमा सहयोग पु¥याउने र यस क्षेत्रको मौलिक कला, साहित्य र सँस्कृतीको जर्गेना एवं प्रवद्र्धनमा सहयोग पु¥याउने अपेक्षा लिएका छौं । यसका साथै प्रविधिक क्षेत्रका नया“–नयाँ उपलब्धिहरुलाई उपभोक्तासम्म पु¥याउने र जडिबुटी, कृषी, शिक्षा, स्वास्थ्य, सूचना–प्रविधि, उद्योग एवं प्रर्यटन क्षेत्रमा भएका गतिविधीहरुको पहिचानमा सहयोग पु¥याउने अपेक्षा गरेका छौं । साना उद्योगहरु फस्टाउन सके स्थानीयस्तरबाट आर्थिक क्षेत्रमा परिवर्तन आउन सक्ने भएकाले यहाँ रहेका साना उद्योगहरुको स्तरबृद्धि गर्न महोत्सवले उर्जा पैदा गर्ने अपेक्षा लिएका छौं ।

 
महोत्सवका आर्कषणहरु के के छन् ?
महोत्सवको प्रारम्भमा सिंगो प्रादेशको संस्कृती झल्काउने विविध झाँकी र हात्ती सहितको वृहद् शोभा यात्रा गर्दैछौं । हरेक दिन ख्याती प्राप्त राष्ट्रिय कलाकारहरुबाट गीत, नृत्य र हास्यव्यङ्गय सहितको साँस्कृतिक प्रदर्शनी गर्दै छौं । यस क्षेत्रका आदिवासीहरुको रहन सहन सहित संस्कृति भेषभुषाहरुको प्रदर्शनी, कृषि जन्य वस्तुहरुको प्रतियोगितात्मक प्रदर्शनी लगायतका कामहरु हु“दै छन् । साथै बिदेशी स्टलहरु समेत सहभागि हुदैछन् । जसले नेपालगन्जलाई स्वदेशमा मात्र होइन बिदेशमा समेत आर्थिक क्षेत्रका रुपमा चिनाउन सहयोग पुग्ने बिश्वास लिएका छौं ।

प्रतिक्रिया

प्रतिक्रिया