भ्रष्टाचार बिरुद्ध जुटौं युवा

मन भण्डारी
समाज परिवर्तनका प्रमुख मेरुदण्ड मानिने युवा बर्गको देशमा सुशासन बहालिका लागि सबै भन्दा अग्रणी भुमिका हुन्छ यो कसैले नकार्न सक्दैन होला । युवा भनेको समाजको मेरुदण्ड हो, समाजको खम्बा हो । युवामा समाज परिवर्तत गर्न सक्ने दागत हुन्छ, जोस र जागरण कुन्छ । हरेक परिवर्तनकका घटनाक्रमलाइ हेर्ने हो भने युवाहरुको सहभागिता बिना कुनै पनि परिवर्तन भएको पाइदैन । देशमा जब, जब अन्याय, अत्याचार र थिचोमिचोका घटनाहरु बढ्दै जान्छन् तब, तब युवाहरु आफ्नो हक, हित र अधिकारको लागि आन्दोलित हुंदै आएको इतिहांस हाम्रो अगाडि सांक्षी छ । नेपाली जनताको अधिकार सुनिश्चित गर्ने नाममा नेपालमा धेरै किसिमका आन्दोलनहरु भएता पनि नेपाली जनताले नत सुशासनको प्रत्याभुति गर्न पाएका छन्, नत दिगो विकासको प्रत्याभुति । समाज भ्रष्टाचारबाट ग्रसित भएको छ ।
समाजमा बढ्दै गइरहेको भ्रष्टाचार र सामाजिक बेथितिका बिरुद्धका हरेक अभियान र आन्दोलनहरुमा कुनै न कुनै रुपमा युवाहरुले आफ्नो उपस्थिति र भूमिका देखाएकै हुन्छन् । नेपालको इतिहांस लाइ फर्केर हेर्ने हो भने पनि प्रष्ट हुन्छ युवाहरुको भूमिकाको बारेमा । बिगतका हरेक काल खण्डमा समाज परिवर्तनका लागि भएका बिभिन्न अभियान र आन्दोलनहरुमा पनि बढि मात्रामा युवाहरुकै सहभागिता देखिन्छ । युवाहरुको सहभागिता बिना कुनै पनि अभियानहरु सफल भएको इतिहास छैन । पछिल्लो समय बढ्दै गइरहेको भ्रष्टाचार र सामाजिक बिकृतिको बिरुद्ध युवा जमात बिभिन्न संगठन र संजाल नै निर्माण गरि अभियानमा लागेको पाइन्छ । भनाइको मतलब युवाहरुको सहभागिता बिना नत परिवर्तन गर्न नै सकिन्छ नत राष्ट्रको बिकास गर्न सम्भब हुन्छ हामिलाइ बिगतले यहि सिकाएको छ । यति कुरा भनि रहदा समाजमा अरु मान्छेहरुको सहभागिता नै रहदैन भन्न खोजेको चाइ होइन । तर हामिले बुझ्नु पर्ने कुरा के हो भने बिगतका हरेक कालखण्डमा भएका सामाजिक अभियानहरुमा नेपालका राजनीनिक दलहरुले युवाहरुलाई प्रयोग गरेको कुरालाइ हामी युवाहरुले कहिलै मनन गरेका छैनौ ।

 

२००७ सालको आन्दोल होस् २०४६ सालको आन्दोलन होस् मावोवादीको १० बर्षे जनयुद्ध होस अनि २०६२/०६३ सालको आन्दोलन नै किन नहोस् हरेक आन्दोन र अभियानमा युवाहरुको अग्रणी भूमिका रहेको थियो । बिभिन्न किसिमका आशा र अभिलाशा बोकेका आन्दोलनहरुमा युवाहरुको तागतलाई हामीले नजिकबाट बुझेका छौ । बिडम्बना जस्ता सुकै लक्ष र उद्धेश्य बोकेर आन्दोलन गरिएता पनि त्यस्को प्रतिफल नेपालका युवाहरुले कहिलै पाउन सकेका छैनन् । युवालाई समाजको मेरुदण्ड भन्दै हरेक आन्दालोन र लडाइमा अगाडी लगाउने र जस्को फाइदा आफुले लिने काम नेपालका शासक वर्गले गर्दै आएका छन् । यो कुराको प्रतिकार गर्दै समाज परिवर्तनको अभियानमा प्रयोग नभई नेतृत्वदायी भूमिका अब युवाहरुले खेल्न सक्नु पर्दछ ।
सधै भरी अरुको निर्देशनमा चल्ने र रानीतिको खोल ओढेर समयको बर्वाद गर्नु भन्दा राष्ट्र बनाउने जिम्मा अब युवाहरुले लिनु पर्छ । हरेक किसिमका आन्दोलन र अभियानमा आफुलाई सहभागी बनाउने मात्र हैन अर्थपूर्ण सहभागिता खोज्नु पर्ने बेला आएको छ । संधैभरी अरुकै बिस्वास र भरोसामा परेर हाम्रो देश बर्बाद हुदैछ । समाज परिवर्तनको लक्ष्य बोकेर स्थापना भई भ्रष्टाचार बिरुद्धको अभियानमा सशक्त रुपमा लागेका बिभिन्न संस्था र संजालहरुमा आबद्ध भई सुशासनको बाटोमा लम्किनुको बिकल्प छैन अब युवाहरुमा । क्यान्सर झैं फैलिरहेको भ्रष्टाचारलाई रोकथाम गर्न सबै तह र तप्काबाट युवाहरु एकजुट हुन सकिएन भने हाम्रो समाजले कहिल्यै मुहार फेर्न पाउने छैन नत गरिब, निमुखा जनाताले सुखको शास फेर्न नै पाउने छन् । देशैभरि संजालिकरण हुदै गएको भ्रष्टाचार बिरुद्धको अभियानलाई सफल पार्नका लागि युवाहरुको साथ र सहयोगको खाँचो छ । राजनीतिक बिचार जे सुकै होस् देश र जनताको हित बिपरित भएका हरेक राष्टघाति काम र भ्रष्टाचारको बिरोध गर्नु कुसल युवाको धर्म हो ।

 

 

राष्ट्रियता खल्बलिएको बेलामा युवाहरुले आवाज नउठाए कस्ले उठाउ“छ, युवाहरु नबोले को बोल्छ अनि माउ पार्टिका माउ नेताहरुलाई युवाहरुले सचेत नगराए कस्ले गराउने । त्यसैले देशमा भइरहेको अन्याय, अत्याचार र भ्रष्टाचारको बिरुद्धमा युवा शक्ति एकजुट हुनुको बिकल्प छैन । देश र जनताको लागि सबै तह र तप्का बाट सबै युवाहरुको एउटै आवाज हुनु पर्छ अब । भ्रष्टाचार बिरुद्धको अभियानमा सबै एकजुट भई देशलाइ बिदेशीको हातबाट बचाउनु हाम्रो कर्तब्य हुनेछ । राज्य संचालनको जिम्मा अब नागरिक समाज र युवाहरुले लिनु पर्छ । सर्बसाधरण जनाताको नाममा आएको विकासको बजेट खोसेर खानेहरुका बिरुद्धको लडाईमा युवाहरु जाग्नु पर्ने बेला आएको छ ।

 
समाजमा सकरात्मक परिवर्तन गर्नमा युवाहरुको महत्वपूर्ण भूमिका रहदा रहदै पनि केहि नकरात्मक परिवर्तनहरुमा पनि युवाहरु सहभागी भएको पाइन्छ । यस्तो काममा संलग्न हुनु हामि कसैको लागि पनि राम्रो भने हैन । तर पछिल्लो समयमा हाम्रो समाजका कतिपय युवाहरु गलत बाटोमा लागेको यथार्त घटनाहरु हाम्रो सामु छन । समाज परिवर्तनको मेरुदण्ड मानिने युवा पुस्ता नै गलत बाटोमा लाग्नु भनेको राष्ट्रको लागि नै घातक हो यो कुरा सबैले मनन गर्नु पर्छ । नकरात्मक परिवर्तन भन्दा सकरात्मक परिनर्तनको बाटो सबैका लागि राम्रो मानिन्छ । त्यसैले समाज परिबर्तनको नारा बोकेर स्थापना भएका विभिन्न संघ संस्थाहरु, बिभिन्न संजालहरु र युवा संगठनहरु सबैले भ्रष्टाचार रहित सुशासनमूखि राष्ट्र निर्माणको अभियानमा सरिक भई लक्षित बर्ग प्रति उत्तरदायि बन्नै पर्छ । नाताबाद, कृपाबाद, अन्याय, अत्याचार र भ्रष्टाचारले लिप्त हाम्रो समाजको मुहार फेर्न हरेक तह र तप्काबाट युवा शक्ति जुर्मुराउनु पर्ने बेला हो यो । डर, त्रास, आतङ्क, भ्रष्टाचार र अशान्तिबाट ग्रसित नेपाली जनतालाइ स्वतन्त्र संग बा“च्न पाउने बाताबरणको सिर्जजन गर्न हजारौ असल शासनकर्मि जन्मिनु पर्छ अब ।
समाजमा ब्याप्त भ्रष्टाचारको जेहाद छेड्ने अभिभारा तपाई, हामि सबै युवाहरुले लिएनौ भने असल शासनको प्रत्याभुति गर्न सकिने अवस्था समाप्त भएर जानेछ । अरुले के गरे, के गर्छन् हैन आफुले समाज परिवर्तनको लागि के गर्ने भन्ने तर्फ युवा शक्तिको ध्यान केन्द्रित हुनुपर्छ अनि मात्र नेपाल र नेपालीको भलो हुनेछ । जो जहाँ छौं, जहाँ काम गर्छौ, जहाँ जान्छौ त्यही सुशासनको खोजि गर्न सिकौं, अन्याय, अत्याचार र भ्रष्टाचारका बिरुद्ध शुन्य सहनसिलताको विकास गरौं, निस्वार्थ भावना बोकेर समाज परिवर्तनको अभियानमा सरिक बनौं । सदाबहार सकरात्मक सोचको बिकास गरी देश बिकासको अभियानमा युवा बर्गहरु आजै देखि सहभागी बनौं ।

प्रतिक्रिया

प्रतिक्रिया