एकसाता अधि पहिलो चरणको निर्वाचनमा सहभागी ह“ुदाको क्षण अविस्मरणीय मात्रै रहेन, मैले मेरो स्थानीय तहमा आफ्ना लागि जनप्रतिनिधि पनि चुने । २० वर्षपछि भइरहेको चुनावमा पक्तिकारले पहिलो पल्ट स्थानीय निकायको निर्वाचनमा मत हाल्न लाइनमा उभिदा एउटा उत्साह, कौतुहलता र भिन्नै खालको अनुभुति गरिरहेको
थिए ।
मतपत्र ठुलो र फरक भएकोले केही घण्टा वैशाखको धुपमा उभिनु परेपनि पंक्तिकार लगायत सयौ सर्वसाधरणको अनुहारमा कुनै निराशा थिएन, सबैको अनुहारमा एउटा उत्साह थियो मानौ मनपरेको फिल्म हेर्न टिकट काट्न लाइनमा अथवा उत्सवमा सहभागी हुन उभिएर शान्तसँग बसेका सर्वसाधरण । सबै वर्गका मानिसको उपस्थिति रहेको निर्वाचनामा पंक्तिकारले २० वर्ष अगाडीका वडा अध्यक्षलाई भेट्दा उहाँको अनुहारमा भिन्नै चमक थियो ।
बृद्ध अवस्थामा पनि विहानदेखि बेलुकासम्मै मतदान केन्द्रमा यता र उता गरिरहनु भएको थियो उहाँको उत्साहले पनि निर्वाचनको महत्व बुझ्न सजिलो बनाएको थियो । उहाँले हसिलो हुदै भन्नु भयो मेरो उमेर ढल्केपनि अबको पुस्ताले नयाँ काम गर्ने मौका आयो यसैमा खुसी छु ।
अहिले पहिलो चरणको निर्वाचनको मतगणना र परिणामहरु धमाधम आइरहेको छ । पहिलो चरणको निर्वाचन सम्पन्न भइरहदा एउटा उत्सव सकेको जस्तो भएको छ । हारजीत त एउटा प्रकृया हो त्यसैले यस्मा कस्ले हायो र कस्ले जित्यो लेखाजोखा राजनीतिक दलहरुले आफैले राख्लान अथवा समिक्षा गर्लान नै । सर्वसाधरणको लागि भने ऐतिहासिक निर्वाचनले लोकतन्त्र संस्थागत गर्न सक्नु महत्वपूर्ण रहयो ।
दुई दशक पछि आफ्ना लागि आफैले स्थानीय जनप्रतिनिधि चुन्ने मौका पाउनु अर्र्को महत्वपूर्ण पक्ष रहयो । यो निर्वाचन २० वर्षपछि भएकोले मात्रै पनि ऐतिहासिक भएको छैन कि यस्ले शासकीय पद्दती परिवर्तन भइ स्थानीय तह अधिकार सम्पन्न स्थानीय सरकार बन्ने भएकोले पनि यस्को भिन्नै महत्व र ऐतिहासिक रहेको छ । स्थानीय तहलाई यति बलियो बनेको छ कि अब केन्द्रको मुख ताक्नुपर्ने अवस्था रहेन । मात्रै सर्वसाधरणले अधिकारका बारेमा ध्यानपूर्वक आफ्ना अधिकारलाई प्रयोग गरे मात्रै पनि समूदाय विकास अबको पाँचवर्षमा देशले विकासको मुहार फेर्नेमा शंका छैन ।
समावेशी हुन सकेन नेतृत्व पहिलो चरणको निर्वाचनमा महिला, दलित, अपाङ्गता भएकाहरु, लैङ्गिक अल्पसंख्यक, आदिवासीहरुको नेतृत्वमा (प्रमुख पदमा) समावेशी हुन सकेन । यस्ले समूदाय विकासमा प्रभाव पार्ने नै छ । महिलाहरुलाई केही बाहेक (त्योपनि हारिन्छ) सबै ठाँउमा उपप्रमूखमा प्रस्तुत गरियो । दलित समुदायको त प्रमूख पदमा एक प्रतिशत पनि पुग्ने देखिन्न । जनजातीहरुको केही प्रतिशत भएपनि समावेशी हिसाबले त्यो पनि पूर्ण हैन ।
त्यसैले दोस्रो चरणको निर्वाचनमा उम्मेदवारी प्रस्तुत गर्दा यस्मा ध्यान दिन जरुरी छ । यस्मा राजनीतिक दलहरुले सुझबुझका साथ महिला, दलित, अपाङ्गता भएकाहरु, लैङ्गिक अल्पसंख्यक लाई पनि नेतृत्वमा ल्याउन महत्वपूर्ण भूमिका खेल्न जरुरी छ ।
अहिलेको (पहिलो चरणको) सबै परिणाम आईसक्दा पूग नपूग पाँच प्रतिशत महिलाहरुले प्रमुखका रुपमा नेतृत्व गर्दैहुनुहुन्छ । जबसम्म नेतृत्व मै यी लक्षित समूदाय पूग्दैनन तबसम्म विकासमा प्रभाव परिरहन्छ भने सुसुप्त द्वन्द कायमै रहीरहनेछ ।
खड्किएको पक्ष
पहिलो निर्वाचनको मत परिणम पछि दोस्रो चरणमा केही सुधार हुनु अत्यन्त जरुरी छ । सबैभन्दा पहिलो कुरा दलहरु विचको समझदारी, सुरक्षा र मतदान केन्द्रको व्यवस्थापन रहेको छ । त्यसपछि उम्मेदवार चयनमा समावेशीको विषयमा सुझबुझपूर्ण निर्णय । पहिलो चरणको निर्वाचनमा केही स्थानमा हिंसात्मक घटना भए त्यसलाई दास्रो चरणमा नदोहोरिनका लागि राजनीतिक दलहरुले एकअर्कामा भद्दा गाली र दोषारोपण नगर्ने र निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्दा भैपरि आउने पचास प्रतिशत द्वन्द कम हुनेछ भने सूरक्षा व्यवस्था गर्न प्रशासनलाई पनि सहज हुनेछ ।
मतदान केन्द्र व्यवस्थापन पनि द्वन्द्वको अर्को कारण देखिएको छ । चुस्त र सहज केन्द्र बनाउन र प्रतिनिधिहरु, स्वयम सेवकहरुको व्यवस्थापन पनि महत्वपूर्ण रहनेछ । कतिपय स्थानमा बुथमा बस्ने प्रतिनिधिहरुको व्यवहारका कारण पनि द्वन्द बढेको पाइएको छ त्यसैले राजनीतिक दलहरुले प्रतिनिधि छान्दा नै ध्यान दिन जरुरी रहेको छ। प्रतिनिधि तथा स्वयम सेवकहरु आफ्नालाई प्राथमिकतामा दिदा बृद्ध, अपाङ्गता भएका, रोगीहरुलाई सास्ती
देखिन्थ्यो ।
दोस्रो चरणमा झन बढि गर्मी हुने भएकोले बेलैमा ध्यान दिनु जरुरी छ । मतदाता शिक्षा अर्को कमजोरी पक्ष रह्यो । पहिला नै मतपत्रको बारेमा हल्ला धेरै भयो तर मत हाल्दा ध्यान दिनुपर्ने कुरा बुझाउन धेरैको ध्यान जान सकेन । मतदान केन्द्रमा पुगेपछि बल्ल मतदाताहरु मत कसरी हाल्ने, पटटयाउने जस्ता कुरामा अलमलमा देखियो । दोस्रो चरणमा मतदाता शिक्षा अहिलेबाटै शुरु गर्नु आवश्यक छ ।
(हेटौडाका पत्रकार तिमिल्सिना हाल नेपालगन्जमा कार्यरत छन्)