बालबालिकाहरुलाई कुनै पनि हिसावले शारीरिक तथा मानसिक रुपमा आघात पार्ने कार्य वालहिंसा हो । यस्तो हिंसाजन्य कार्यले वालवालिकाको मनोभावनामा आघात पार्नुका साथै उनीहरुको बृद्धि र विकासमा समेत नकारात्मक असर पार्दछ । बलात्कार, यौन दुब्र्यवहार तथा शोषण, शारीरिक दण्डसजाय, बालश्रम, अपहरण, बालविवाह, बेचविखन, घरेलु हिंसा, अपहेलना, परित्याग, हानिकारक परम्परागत अभ्यासहरु वालहिंसाका स्वरुप हुन । यस्ता घटनाहरु हाम्रो घरपरिवार, समाजमा निरन्तर घटिरहेछन् । ठुलो संख्यामा वालवालिकाहरु अझै हिंशाको मारमा परिरहेका छन् ।
बालबालिकाहरु उल्लेखित घटनाहरुबाट प्रभावित मात्र भएका छैनन । हत्या हिंशाको प्रत्यक्ष मारमा पनि पर्ने गरेका छन् । वालवालिकालाई अपराधिक र राजनैतिक आन्दोलनमा प्रयोग गर्ने, निर्वाचनका बेला राजनैतिक दलहरुले प्रचार प्रशारमा प्रयोग गरि जोखिममा पार्ने कार्य हुने गरेका छन । यस्तै बिभिन्न अपराधिक समुहले बालबालिकालाई फिरौतीको लागी अपहरण गरि हत्या गर्ने सम्मका कार्यहरु हुने गरेका छन् ।
बलात्कार, यौन दुब्र्यवहार तथा शोषण वालहिंशाको डरलाग्दो स्वरुप हो । यसले वालवालिकाको शारिरीक र मानसिक बिकासमा गम्भीर असर पार्ने गर्दछ । कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा बलात्कार गरेको मानिन्छ । तर १६ बर्ष भन्दा कम उमेरकी बालिकालाई निजको मञ्जुरी लिई वा नलिई करणी गरेमा वा कसैले कुनै नाबालकसँग कुनै किसिमको अप्राकृतिक मैथुन गरे गराएमा बलात्कार गरेको मानिने कानूनी ब्यवस्था छ ।
बालबालिकाहरुलाई वयस्कहरुको यौन आनन्द र यौन सन्तुष्टिको लागि गरिने कुनै पनि प्रकारको यौनजन्य गतिविधिलाई यौनजन्य दुब्र्यवहार भनिन्छ । उल्लेखित कार्यहरु पनि बालबालिकाहरु उपर हुने गरेका कारण बालबालिकाहरु हिंशामा पर्ने गरेका छन् ।
वाल हिंशाको स्वरुप मध्ये बालश्रम पनि एक हो । वालश्रमले वालवालिकाको बृद्धि र विकासमा गंभिर असर पार्ने
गर्दछ । यो बालविकाशमा असर पार्ने शोषणजन्य कार्य हो । नेपालमा लगभग १६ लाख बालबालिका कुनेै न कुनै रुपमा श्रममा लागेको तथ्याङ्कहरुले देखाएका छन् । बालश्रमिकहरु सबै खाले हिंसाको अत्याधिक जोखिममा रहने गर्दछन् । अन्य जिल्लामा जस्तै बाँकेमा पनि ठुलो संख्यामा होटल, ग्यारेज, कलकारखाना सवारी साधन लगायतका स्थानमा बालश्रमिकको रुपमा रहेको पाइन्छ ।
बालहिंसाको अर्को रुप बालविवाह हो । वालबिवाह कुरितीजन्य कार्य हो । यसले बालबालिकाको बृद्धि र विकासमा गंभिर असर पार्ने गर्दछ । बाँके, रुकुम, दैलेख, सल्यान जिल्ला बालबिवाहको उच्च दरका रहेका जिल्लाहरुमा पर्ने गरेको बिभिन्न तथ्याङ्कहरुले देखाउने गरेको छ । यी जिल्लामा मात्रै होइन नेपालका अन्य जिल्लामा पनि बालबिवाह हुने गरेको बिभिन्न प्रतिवेदनहरुले देखाएका छन् ।
बेचविखन वालवालिका माथी हुने हिंशाको अर्को डरलाग्दो रुप हो । मानवलाई वस्तुको रुपमा र अमानवीय कार्यमा लगाउनको लागि एक ठाुउबाट अर्को ठाुउमा लग्नु तथा लग्न प्रेरित गराउनु मानव बेचविखन हो । २०१३ मा अमेरिकी सरकारले गरेको एक अध्ययनले १८ वर्ष मुनिका २० प्रतिशत बालिकाहरु कुनै न कुनै रुपमा विक्री तथा बेचविखन र यौनशोषणमा पर्ने गरेको जनाएको छ ।
घरेलु हिंसा वालहिंशाको अर्को रुप हो । घरेलु हिंसा भन्नाले कुनै व्यक्तिले घरेलु सम्बन्ध भएको अर्को कुनै व्यक्तिलाई दिएको शारीरिक, मानसिक, यौनजन्य वा आर्थिक यातना सम्झनुपर्छ र सो शब्दले गाली गर्ने तथा भावनात्मक चोट पु¥याउने अन्य कुनै कार्यलाई समेत जनाउँदछ । घरेलु हिंशामा शारीरिक, मानसिक, यौनजन्य र आर्थिक यातना जस्ता घटनाहरु पर्दछन् ।
अपहेलना पनि वालहिंशाको स्वरुप हो । अनाथ तथा परित्यक्त बालबालिकाहरु बढीमात्रामा हिंसामा पर्ने गरेको बिभिन्न अध्ययनहरुले देखाएका छन् । बालबालिका भएकै कारण गरिने फरक व्यवहार, वेवास्ता नै अपहेलना वा हेपाइ हो । हेपाइले बालबालिकाको मनोबल कमजोर गराउने, आफु बालबालिका भएकै कारण केही गर्न नसक्ने शक्ति विहीनताको महसुस गराउदछ ।
वालवालिकाहरु उपर हुने हिंशाको अर्को रुप बिद्यालयमा दिईने शारिरीक दण्ड सजाय हो । अनुशासन कायम राख्ने नाममा होस वा पढाईमा लगनशिल नभएको भन्ने वहाना बिद्यालयमा शारिरीक दण्ड दिने गरेका घटनाहरु सार्वजनिक भैरहेका छन् । यहि बहानामा कसैका आँखा फुटेका छन् त कसैको कानको जाली । कसैले एकसय चार डिग्रीको ज्वरो आउने गरि थला पर्नु परेको छ त कसैको शरिरभरि निलडाम ।
शारिरीक दण्ड मात्र होईन बिद्यालयमा वालवालिकाहरु अनेकौ हिंशाको मारमा पर्ने गर्दछन् । कसैले यौनजन्य हिंसा सहनु परेको छ त कसैले दुब्र्यवहारको शिकार हुनु परेको छ । यस्ता हिंसाजन्य कार्यले बालबालिकाको ब्यक्तिगत विकासमा हानी मात्र गर्दैन सामाजिक सामञ्जस्यता र समग्र विकासमा समेत असर पु¥याउने गर्दछ ।
बढ्दो बाल हिंशा रोकथाममा अव सबै सरोकारवाला निकाय गम्भीर भएर लाग्न जरुरी छ । भबिश्यका कर्णधार अनि राष्ट्रलाई अग्रगति दिने बालबालिकाको सर्वोत्तम हितलाई ध्यानमा राखेर सबैले काम गर्नु पर्ने बेला आइसकेको छ । तसर्थ “बालबालिका माथि हुने हिंसाको अन्त्यका लागि, हामी सबैले हातेमालो गरौ, बालबालिका उपर हुने हिंशाका बिरुद्धमा आवाज उठाऔ, लुकेका बालहिंसाका घटनालाई उजागर गरौ” । बालअधिकार उल्ल्घंनका घटनालाई बाहिर ल्याई उनीहरुलाई हिंसाबाट मुक्त गरि पीडित बालबालिकाको न्यायको लागी सकारात्मक भुमिका खेलौ । वालअधिकार संरक्षण र सम्बद्र्धनको पक्षमा वकालत गरौ ।
वालअधिकारको मुद्दा अधिकारकर्मीले मात्र उठाउने बिषय होइन । यो त सबैको साझा बिषयबस्तु हो । वालहिंशाका मुद्धा मानव अधिकारकर्मी एक्लैले उठाउदैमा रोकथाम हुन सक्दैन । बरु यो सबैको सरोकारको बिषय बनाइनु पर्दछ । यसो गरेको खण्डमा मात्रै बालहिंसाका घटना न्यूनीकरण गर्नमा मद्दत पुग्न सक्दछ । वालहिंशा रोकथामका लागी सरोकारवाला पक्षहरु बिच वादबिवाद, आरोप, प्रत्यारोप गर्नु भन्दा पनि आपसमा समन्वय र सहकार्य गरि लुकेका वालहिंसाका घटनालाई उजागर गर्ने र पीडित बालबालिकाहरुको बालअधिकार संरक्षणका लागी लाग्नु नै आजको आवश्यकता हो ।
नेपालमा स्थानीय तहको निकायको निर्वाचन हुँदैछ । निर्वाचनका वेला बालबालिकाहरुको प्रयोग गरि उनीहरुको बालअधिकार हनन गर्ने कार्य बिगतमा राजनैतिक दलहरुले गर्ने गरेको परिप्रेक्ष्यमा यस पटक यस्तो कार्यको अन्त्यका लागी जिल्ला बाल कल्याण समितिको अग्रसरतामा राजनैतिक दलहरुले निर्वाचनमा बालबालिकाहरुको प्रयोग नगर्ने भनी सार्वजनिक प्रतिवद्धता समेत ब्यक्त गर्नु निश्चय नै सकारात्मक कुरा हो । तर उनीहरुको कुरा ब्यवहारमा कति कार्यान्वयन हुन्छ भन्ने कुरा भावी दिनमा उनीहरुको कार्यले देखाउने छ ।
अतः बालबालिकालाई कुनै पनि वहानामा प्रयोग गर्नु कानूनी अपराध हो । यस्तो कार्य कसैले कुनै बहानामा नगरौ । बालअधिकारको संरक्षण र सम्बद्र्धनमा लागि परौ ।