मृत्युपछि कोरोना पुष्टिले झन् तनाव

रिपोर्ट नआउँदै अन्त्येष्टी, एक सय भन्दा धेरै कन्ट्रयाक्ट ट्रेसिङमा, क्वारेन्टाइनमा मलामी
भावुक योगी
बर्दियाको मधुवन नगरपालिका ९ का ७८ वर्षीय एक पुरुषको मृत्यु भएर अन्त्येष्टी गरिसकेपछि कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आएको छ । सम्बद्धका अनुसार, त्यसले तनाव बनाएका छ ।
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मंगलबार निधन भएका उनको घर ल्याएर दाहसंस्कार गरिसकेपछि कोरोना रिपोर्ट पोजेटिभ आएको बर्दियाका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले जानकारी दिए । ‘कोरोना रिपोर्ट नआउँदै शवको दाहसंस्कार भएको छ । मलामी गएका झण्डै ३०, ३५ जना सबैलाई क्वारेन्टाइनमा राख्ने तयारी भइरहेको र दुई वटा बस्ती पनि सिल गर्दैछौं’ कृयापुत्रीलाई पनि अलग्गै क्वारेन्टाइनमा बस्न भनेका छौँ, प्रजिअ अधिकारीले दैनिक नेपालगन्जसँग भने ।
कोरोना मधुवन ९ का ७८ वर्षीय पुरुष बबई नदीको कुसुम्बा घाटमा शव दाहसंस्कारमा गएका झण्डै ३५ भन्दा धेरै व्यक्तिलाई क्वारेन्टाइनमा राख्ने तयारी भइरहेको र कन्ट्रयाक्ट ट्रेसिङमा परेका एक सय जना भन्दा बढिको स्वाब परिक्षण गरिने मधुवन नगरपालिकाका नगरप्रमुख गणेश बहादुर क्षेत्रीले जानकारी दिएका छन् ।
प्रजिअ अधिकारीका अनुसार, कन्ट्रयाक्ट ट्रेसिङमा परेका घरपरिवार र छिमेकी एक सय १३ जना छन् । कोरोना रिपोर्ट नआउँदै मेडिकल कलेजले कसरी शव हस्तान्तरण गर्यो ? त्यसबारे पनि स्पष्टीकरण माग्ने प्रजिअ अधिकारीको भनाइ छ । मधुमेहको समस्या रहेका वृद्धलाई निमोनिया भएपछि सोमबार अस्पतालमा भर्ना गरिएको र मंगलबार बिहान उनको निधन भएको थियो ।
कोरोना परिक्षणको रिपोर्ट नआउँदै अस्पातालले मृतकको शव मंगलवार विहान दिएपछि आफन्तले बुझेर लगेका थिए । दाहसंस्कार सकिए लगत्तै दिउँसो करिब ४ बजेतिर कोरोना रिपोर्ट पोजेटिभ आएको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया