नेपालगन्जमा रहेको वडा प्रहरी कार्यालय आज मंगलबार सिल गरिएको छ । वडामा कार्यरत ६ प्रहरी कोरोना पोजेटिभ भेटिएपछि वडा प्रहरी कार्यालयलाई सिल गरिएको हो ।
वडाका ७ प्रहरीको स्याम्पल कारागार कार्यालय नेपालगन्जमा संकलन गरिएको थियो । जसमध्ये ६ जना पोजेटिभ भेटिएका हुन् ।