देशभर कोरोना संक्रमितको संख्या २१ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, देशभर कुल संक्रमितको संख्या २१ हजार ९ पुगेको छ ।
२४ घण्टामा २५९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ७ हजार ६८७ नमुना परीक्षण गर्दा काठमाडौंका उपत्यकामा मात्र ६२ जनामा संक्रमण पुष्टि भएको स्वास्थय मन्त्रालयले जानकारी िदएकाे छ ।
हालसम्म काेराेनाका कारण ५८ जनाको मृत्यु भएको छ भने १५ हजार २० जना निको भएका छन् ।