आफ्ना जनप्रीय नेता स्व.मदन भण्डारीको साताव्यापी जन्म जयन्ती घोषणा गरेको नेकपा खजुराले पहिलो दिन आइतवार एक हजारबढी विरुवा रोपेर अभियानको थालनी गरेको हो ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खजुराले जननेता स्व. मदन भण्डारीको जन्म जयन्तीलाई साताव्यापी रुपमा बनाउने भएको छ । त्यसक्रममा पहिलो दिन आइतवार वृक्षरोपण कार्यक्रम शुभारम्भ गरिएको हो ।
स्थानीय सरकारले खजुरालाई ग्रीन सिटीको घोषणा गरि त्यसका लागि अभियान चलाइरहेका बेला नेकपा खजुरा गाउँपालिका कमिटीले ६९ आंै मदन जयन्तीमा बृक्षरोपण कार्यक्रमलाई प्राथमिकतामा राखेको पार्टी इन्चार्ज भीम ओलीको भनाइ छ । खजुरा गाउँपालिकाको सहकार्यमा आयोजना गरिएको मदन जयन्तीको पहिलो दिन खजुरा ६ उढरापुर गिजरामा २१ बिगाहमा निर्माणााधिन खजुरा औद्योगिक ग्राम परिसरमा वृक्षरोपण गरिएको हो ।
पार्टीका खजुरा कमिटी अध्यक्ष राजकुमार बिकको अध्यक्षतामा भएको अभियानको शुभारम्भमा १ हजार बिरुवा रोपिएको इचार्ज ओलीले जानकारी दिए । पार्टी अध्यक्ष विकका अनुसार, बृक्षरोपण कार्यक्रम साता ब्यापी रहने छ । औद्योगिक ग्रामबाट शुरु भएको बृक्षरोपण असार २० गते खजुरा २ सितापुरमा निर्माणाधिन खजुरा खेलकुद ग्राममा बृक्षरोपण गरेर समापन गरिने छ, पार्टी अध्यक्ष बिकले भने ।
स्व. मदन जयन्तीसँगै गाउँपालिकाको ग्रीन सिटी अभियानलाई सघाउँदै नेकपाले आज सोमवारदेखि प्रत्येक वडामा बृक्षरोपण गर्ने पार्टी इन्चार्ज ओलीले जानकारी दिए । यो अभियान स्थानीय सरकारले ग्रीन सिटीका रुपमा खजुरालाई विकास गर्ने घोषणालाई सघाउने गरि ल्याइएको हो, पालिकाका राजनीतिक सल्लाहकार समेत रहेका ओलीले दैनिक नेपालगन्जसँग भने ।
आइतवार मदन जयन्ती कार्यक्रममा अभियानको उद्घाटनमा गर्दै नेकपाका प्रदेश सदस्य तथा निर्बाचन क्षेत्रमा न ३ सह इन्चार्ज डम्बर बिक तुफान, प्रदेश सदस्य तथा निर्बाचन क्षेत्र न ३ प्रदेश ख इन्चार्ज बेदनिधी प्याकुरेल, निर्बाचन क्षेत्र न ३ सचिब तथा खजुरा गाउँपालिका प्रमुख किस्मत कुमार कक्षपति लगायतले खजुरामा पार्टी सक्रियताको प्रशंसा गरेका थिए । खजुरास्थित विभिन्न वडाका पार्टी अध्यक्ष, सचिव र नेकपा खजुरा कमिटीका सदस्यहरुको उल्लेख्य उपस्थितिमा गरिएको कार्यक्रमको सहजीकरण पार्टी सचिव यम बहादुर महतराले गरेका थिए ।