आपूर्ति सहज बनाउन समितिले गर्यो व्यवसायीसँग छलफल

लकडाउनका बेला बजारमा अत्यावश्यकिय खाद्य बस्तुहरुको सहज आपुर्ति र अनुचित ब्यापारिक क्रियाकलाप रोक्न नेपालगञ्ज उप–महानगरपालिकाका अन्तरतको उपभोक्ता हित संरक्षण समिति सक्रिय देखाएको छ ।

लकडाउन सुरुवात संगै बजार अनुगमनको कार्यलाई तिब्रता दिएको समितिले सुक्रवार उद्योगी, ब्यवशायीहरु लगायत सम्बद्ध निकायसंग अन्तरक्रिया कार्यक्रम गरि बजारमा अत्यावश्यकिय बस्तुहरुको माग र आपुर्ति अवस्थाका छलफल गरेको छ । समितिका संयोजक तथा नेपालगञ्ज उप–महानगरपालिकाका उपप्रमुख उमा थापा मगरले उद्योगी ब्यवशायीलाई सम्बोधन गर्दै सकेसम्म मुल्य बृद्धि नगर्न आग्रह गरिन । लामो समयको लकडाउनका कारण बजारमा कालोबजारी हुन नदिन स्थानीय सरकार, स्थानीय प्रशासन र सम्वद्ध ब्यवसायीबीच सहकार्य र समन्वय हुनुपर्नेमा जोड दिईन । आपुर्तीमा सहज ब्यवस्थापन गरि सहजरुपमा ब्यापार ब्यवसाय संचालनका लागि स्थानीय सरकार लागि परेको थापाले बताईन ।

बजारमा कालोबजारी हुन नदिन सम्वद्ध सबै पक्ष सचेत र जिम्मेवार बन्नुपर्नेमा थापाले जोड दिईन । जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले पेशागत इमान्दारिता सबैमा आवश्यक पर्ने बताए । बर्तमान संकटका बेला कालो बजारी नगरि सबै सेवा भावले पेशा ब्यवशाय गर्नु पर्नेमा उपाध्यायले जोड दिए । कार्यक्रमको सहजिकरण गर्दै उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रिय सदस्य बसन्त गौतमले बर्तमान संकटपुर्ण अवस्थामा बढी मुनाफा लिई उपभोक्ता ठगि गर्ने कार्य नगर्न र उपभोक्ता अधिकारको संरक्षण गर्न सबै लाग्नु पर्नेमा जोड दिए । कार्यक्रममा केएल दुगड ग्रुपका प्रबन्धक प्रदिप कुमार छाछेडले बजारमा अत्यावश्यिक बस्तुहरुको अभाव नरहेकाले आत्तीनु पर्ने अवस्था नरहेको तर दाल, तेल लगायतका खाद्य बस्तुको केहि मुल्य बृद्धि भएको बताएका थिए ।

बैठकमा पानी संघ बाँकेका अध्यक्ष विनय श्रेष्ठ, नेपालगञ्ज किराना तथा खाद्य ब्यवसायी संघका अध्यक्ष फणाधर भण्डारी, मासु ब्यवसायी संघका अध्यक्ष दिपेन्द्रराज श्रेष्ठ, चेम्बर अफ कमर्सका अध्यक्ष सतिशकुमार अग्रवाल, रानीतलाउ तरकारी बजार समितिका अध्यक्ष मोतिसरा थाापा लगायतले असहज अवस्थामा काम गरिरहेको भन्दै बजारमा दैनिक उपभोग्य वस्तुको अभाव हुने अवस्था नभएको बताउनुभयो । समितिका सदस्य सचिव तथा उपमहानगरपालिकाका अधिकृत विमल गुरुङले बजारमा मुल्यवृद्धि हुन नदिन, आपुर्तीमा सहज ब्यवस्थापनका लागि बैठकमा महत्वपूर्ण छलफल भएको बताए । बजारमा ग्यास, पानी, तरकारीको प्रर्याप्त आपुर्ति भैरहेको र मुत्य बृद्धि नभएको ब्यवशायीले बताएका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया