बालसुधार गृहका बालकलाई औषधी सहयोग

बालसुधार गृहका रहेका छाला रोग संक्रमित बालकहरुलाई अधिकारकर्मीको समन्वयमा औषधी ब्यवशायी संघ बाँकेका महासचिव जिवन शर्माले औषधी सहयोग गरेका छन् ।

यस अघि पनि ३० हजार बरावरको औषधी सहयोग गरेका शर्माले सुक्रवार १६ जना बालकका लागी आठ हजार बरावरको औषधी सहयोग गरेको अधिकारकर्मी वसन्त गौतमले जानकारी दिए । अनुगमनका क्रममा बालसुधार गृहमा रहेका बालकहरुको छाला सम्बन्धी रोगबाट पीडित भएको पाए पछि अघिकारकर्मीले बालकहरुको औषधी उपचार र बालसुधार गृहमा देखिएका अन्य समस्या समाधानको पहल थालेका थिए ।

यस क्रममा प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङ्ग सहित प्रहरी प्रशासनका प्रमुखहरुको एक टोली बिहिवार सुधार गृह पुगेका थिए । समस्या बुझे लगत्तै प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङ्गले सुधार गृहबाटै तत्काल समाधानको पहल थालेका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया