प्रजिअलाई अधिकारकर्मीको ध्यानाकर्षण, ‘ज्ञापन पत्रलाई गाईड लाईन मानेर अगाडी बढ्ने बढ्छु’ : प्रजिअ कुरुवाङ्ग

बाँकेका अधिकारकर्मीले कोरोना नियन्त्रण र मानव अधिकारका बिभिन्न सवाल बारे बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुवाङ्गलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । कुरुवाङ्ग २ दिन अघि मात्र बाँकेको प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा भई आएका हुन । कोरोना संक्रमण फैलिन नदिन प्रर्याप्त पुर्व तयारी नपनाईएकाले भन्दै अधिकारकर्मीले मापदण्ड अनुसारको क्वारेन्टाईन निर्माणका साथै आम नागरिकको आधारभुत मानव अधिकारको सवाल सम्बोधनका लागी ध्यानाकर्षण पत्र बुझाईएको अधिकारकर्मी वसन्त गौतमले जानकारी दिए ।

नरैनापुर क्षेत्रमा कोरोनाको संक्रमण पैmलिदै गएको सन्दर्भमा यसको असर आम नागरिकसम्म पुग्नबाट बचाउन क्वारेन्टिनको उचित ब्यवस्थापन र चेकजाँचको तत्काल दायरा बढाउन अधिकारकर्मीले माग गरेका छन् । अदालतको आदेश भएर पनि प्राथमिक स्वास्थ्य केन्द्र नरैनापुरमा बिगत १५ महिना देखि डाक्टरको दरबन्दी खाली रहेकोले, सरकारले उपलब्ध गराउने सबै किसिमका औषधीहरुको उपलब्धता नभएकाले तत्काल यसको ब्यवस्थापन मिलाउन, कोरोना संक्रमण फैलिदो अवस्थामा रहेको नरैनापुर क्षेत्रमा अहिले पनि बिजुली नरहेकोले आम नागरिक लगायत क्वारेन्टाईनमा बस्ने नागरिकहरुको चर्को गर्भिमा असहज जिवन ब्यतित गर्नु परेकाले तत्काल बिद्युत जडान कार्य गरि बिजुली बत्तिको सेनुवा उपलब्ध गराउने ब्यवस्था मिलाउन अधिकारकर्मीले माग गरेका छन् ।

संयुक्त ज्ञापनपत्र बुझाउनेमा अधिकारर्कीहरुमा अधिवक्ता वसन्त गौतम, फियान नेपालगंजका प्रमुख सुरेश कुमार गौतम नेपाल वार एशोसिएसनका उपाध्यक्ष सुनील कुमार श्रेष्ठ, गैसस महासंघ बाँके शाखा अध्यक्ष नमस्कार शाह, मानव अधिकार एलाइन्सका प्रभात कुमार ठकुरी, द्धन्द्ध पीडित तथा एकल महिला संजालकी शोभा बिसी र जयन्ती केसी, नेपालगञ्ज उच्च अदालत बार एसोसिएसनका अध्यक्ष विकास आचार्य, नेपाल मानव अधिकार संगठन बाँके शाखाका सभापति प्रहलाद बहादु कार्की, सूचना तथा मानव अधिकार अनुसन्धान केन्द्रका अध्यक्ष बिश्वजित तिवारी लगायत छन । अधिकारकर्मीले बुझाएको ध्यानाकर्षण पत्रमा कारोनाका सम्बन्धमा उच्च अदालतबाट भएको आदेश प्रभावकारी कार्यान्वयनमा समेत जोड दिएका छन् । उच्च अदालतले रिट निवेदक सुनिल कुमार श्रेष्ठ समेत भएको परमादेश मुद्धामा ११ बुदे र अधिवक्ता राम कुमार दिक्षित निवेदक भएको मुद्धामा ४ बुदे आदेश गरेको थियो । उच्च अदालत तुल्सीपुर नेपालगंज इजलासले कोरोना रोकथाममा प्रयाप्त सावधानी, मापदण्ड अनुसारको क्यारेन्टिन र आईसोलेन संचालन, बृद्ध बृद्धाका लागी घर दैलोमा सामाजिक सुरक्षाभत्ता, सुतिजन्य पदार्थ बिक्रि बितरणमा रोक, सिमा नाकामा प्रभावकारी सुरक्षा ब्यवस्था, नेपाल आउनेहरुको लागी अनिवार्य क्वारेन्टाईनको ब्यवस्थापन गर्न सरोकारवालाका नाममा अन्तरिम आदेश गरेको थियो ।

न्यायाधीश राजेश कुमार काफ्लेको इजलासले लक्षित बर्गलाइ मापदण्ड अनुसारको मात्रा र गुणस्तरिय राहत बितरण गर्न, सरोकारवालासंगको परामर्शमा कोरोना महामारी रोकथाम न्युनीकरण निति निर्देशिका तत्काल बनाई कार्यान्वयनमा ल्याउन बिपक्षीका नाममा अन्तरिम आदेश दिएको हो । यसै गरि उच्च अदालत तुल्सीपुर नेपालगंज इजलासका वरिष्ठत न्यायाधीश पवन कुमार शर्मा न्यौपाने र न्यायाधीश बिमल सुवेदीको इजलासद्धारा सरोकारवालाको नाममा दिइएको ४ बुदे आदेशमा नेपाल सरकारबाट गठित कोरोना नियन्त्रण उच्च स्तरिय समन्वय समितिसंग समन्वय गरि सरकारद्धारा घोषित नीति र मापदण्ड अनुसार माहामारी द्धारा सृजित संक्रमित क्षेत्रको समग्र ब्यवस्थापन गर्न भनीएको छ ।

क्वारेन्टाईन ब्यवस्थापनका लागी डब्लुएच ओ को मापदण्ड कोभिड १९ सम्बन्धी क्वारेन्टाईन संचालन र ब्यवस्थापन गर्न बनेको मापदण्ड २०७६ बमोजिमको न्यूनतम सुबिधा सम्बन्धीतहरुलाई उपलब्ध गराउन, कोभिड १९ सम्बन्धी क्वारेन्टाईन संचालन र ब्यवस्थापन गर्न बनेको मापदण्ड २०७६ ले कोभिड १९ को संक्रमणको रोकथाम र ब्यवस्थापनमा रहेका निकायहरुको काम कारवाहीहरुको अनुगमन, निरिक्षण गरि ब्यवस्थापनलाई जिम्मेवारीपुर्ण बनाई ब्यवस्थित गर्न ब्यवस्था गरेको बिभिन्न समितिहरु नै हालसम्म गठन नहुनु लज्जास्पद देखिएको हुँदा ति समितिहरुको यथासक्य चाडो गठन गरि मापदण्ड बमोजिम तोकिएका जनसक्तिलाई जिम्मेवार बनाउनु पर्ने प्रमुख दायित्व बिपद ब्यवस्थापन समन्वयकारी ब्यवस्था निर्भाह गर्ने प्रमुख कर्तब्य र दायित्व जिल्ला प्रशासन कार्यालय बाँकेको भएको हुदा सो कार्य गरि मापदण्ड अनुसारको जिम्मेवारी प्रदान गर्नु भन्ने समेत आदेश भएको छ ।

यसै गरि आदेशमा महामारीले के कस्तो अवस्थाको रुप लिन्छ भन्ने यकिन नभएको हँुदा उल्लेखित आदेशहरु कार्यान्वयन भए गरेका सम्बन्धमा लिखित जवाफ पेश गर्दा स्पष्ट खुलाई उच्च सरकारी वकिल कार्यालय मार्फत छुटटै जानकारी समेत जिल्ला प्रशासन कार्यालय बाँकेबाट लिनु भनिएको छ । ज्ञापन पत्र ग्रहण गर्दै बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुवाङ्गले ध्यानाकर्षण मार्फत बाँकेको बस्तुस्थिति जानकारी गराउदा खुसी लागेको कताउदै सबैको सामुहित सहयोग र सहकार्यबाट बर्तमान बिषम परिस्थितिको सामना गर्न सकिने बताए । ज्ञापन पत्रलाई गाईड लाईन मानेर अगाडी बढ्ने बढ्छु प्रजिअ कुरुवाङ्गले भने ।

प्रतिक्रिया

प्रतिक्रिया