नेपालगन्ज : निषेधित क्षेत्रको समय बढाउने/नबढाउने प्रशासनमा घामासान

आज बिहीबार नेपालगन्जमा लगाइएको निषेधित क्षेत्र सकिंदैछ । निषेधित क्षेत्र बढाउने वा नबढाउने भन्ने बारे अहिले जिल्ला प्रशासन कार्यालय बाँकेमा सर्वदलीय/सर्वपक्षीय बैठक चलिरहेको छ ।


बैठकमा प्रशासनले लकडाउन कडाईका लागि निषेधित क्षेत्रको समयसीमा बढाउनु पर्ने धारणा राखिरहेको छ । तर, दलका प्रतिनिधि, जनप्रतिनिधिले यसलाई खुकुलो बनाएर जानुपर्ने धारणा राखिरहेका छन् । यसैमा दुई पक्ष बीच घमासान चलिरहेको छ ।

प्रशासनले लगाएको निषेधित क्षेत्रको समय सीमा आज राती १२ बजे सकिंदैछ । बाँकेमा कारोना संक्रमित ह्वात्तै बढेको र लकडाउनमात्रै घोषणाले उल्लंघन बढेकाले प्रशासनले निषेधित क्षेत्र नेपालगन्जलाई कायम राख्ने धारणा राखिरहेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया